Mleadbeni's Weblog

स्यानो झ्याल : मलाई-आफुलाई-अरुलाई चियाउनुस

अर्थ – स्यानु पाईजा

अर्थ

म हराउनु को अर्थ
तिमी भेटिनु को अर्थ
म मेटिनु र तिंमी फस्टाउनु होईन
जीवन त रियल रिल हो
यस्लाई सम्पादन गर्नु मिल्दैन
सम्पादन गर्नु मिल्ने भए
सिसाकलम को जस्तै टाउकोमा ईरेजर हुने थियो
म तिमी देखेर हाँस्ने थिए
तिमी मलाई देखेर हाँस्ने थियौ
किन कि मेरो टाउको मा मात्र होईन
ईरेजर तिम्रो टाउको मा पनि
खुईलेको टालु जस्तै देखिन्थ्यो होला ईरेजर
मेटाउनु पर्ने गरि कति गल्टी गरिएछ
ईरेजर को खिईयाईले थाहा हुन्थ्यो होला
म हाँस्नु को अर्थ यहाँ
तिमीलाई दुखी पार्नु होईन
तिंमी हाँस्नु को अर्थ यहाँ
म दुखी हुनु पनि होईन
तर जीवन को अर्थ
मैले र तिमीले ब्याख्या गरे भन्दा फरक छ
मान्छे को चित्त भुसुना को पित्त
बु्ढा बाजेको खारिएको भनाई
जमना न बाँचि बाजेले यो सिकेको भए
हाम्रो चित्त दुख्नुको कारण पत्ता लाग्दथ्यो होला
तिम्रो र मेरो अधोसित लडाईमा
तिम्रो र मेरो बैशालु रातहरु शहिद भएका छन
हामी भित्रका का रायो सागहरु गुन्द्रुक बनेका छन
थाहा छ तिमीले हरेक टालुखुईले लाई देखेर
अर्थ कबिता को लाईन याद गर्ने छौ
एक छिन भए पनि मन रोक्न नसकि हाँस्ने छौ
तिंमी हाँस सक्यौ भने मेरो कबिता काम लाग्ने छ
जीवन सम्पादन गर्न मिल्ने रिल भन्नु को अर्थ
कपि प्रोटेक्ट कन्टेन्ट जीबन भनेको होईन
तिंमीलाई मन परेको जीवन शैली
तिमीले जस्को र जति बेला पनि अपनाउन सक्छौ
तिंमीले सार्थक जिबन बाँच्नु
तिंमी अरुको फोटो कपी होईन
तर तिंमी ले बाँचेको जिबन निरर्थक जीवन हो भनेको होईन
तिंमीले बाँचेको जिबनको तिम्रो अर्थ छ
मैले बाँचेको जिबनको मेरो अर्थ छ
सबैले आफ्नै अर्थ लगाउनु मिल्ने
महा अर्थ नै जीवन हो।
जीबनको अर्थ बुझ्दा काल लिन आउछ रे
मर्ने बेला मात्र जीवन को अर्थ थाहा हुन्छ रे
म जीवन को अर्थ बुझेर बाँच्न चाहान्छु।
बाँच्नु को अर्थ बुझेर हाँस्न चाहान्छु
तिंमीलाई हेराएर होईन
तिमीलाई रुवाएर होईन
म हराउनु को अर्थ
तिमी भेटिनु को अर्थ
म मेटिनु र तिंमी फस्टाउनु होईन
जीवन त रियल रिल हो
यस्लाई सम्पादन गर्नु मिल्दैन
सम्पादन गर्नु मिल्ने भए
सिसाकलम को जस्तै टाउकोमा ईरेजर हुने थियो
म तिमी देखेर हाँस्ने थिए
म तिमी म देखेर हाँस्ने थियौ
किन कि मेरो टाउको मा मात्र होईन
ईरेजर तिम्रो टाउको मा पनि
खुईलेको टालु जस्तै देखिन्थ्यो होला ईरेजर
मेटाउनु पर्ने गरि कति गल्टी गरिएछ
ईरेजर को खिईयाईले थाहा हुन्थ्यो होला
मेरो टाउको मा ईरेजर भए हुन्थ्यो होईन
मेट्नु पर्ने कुरा नगर्नु परे हुन्थ्यो
भन्नु नै मेरो भनाईको अर्थ हो ।

January 27, 2012 Posted by | कबिता | Leave a Comment

सपना मध्ये बाट – स्यानु पाईजा

सपना मध्ये बाट

सपना मध्ये वाट एउटा सपना मैले अलग गरे
उभिएर म एकान्तमा म माथीको आकाश देखे
बादलहरु आकार बदल्दथे,तारा हरु चम्कन खोज्दथे
मन भन्थ्यो एउटा तारा खसोस म बरदान माग्छु
यो पहिलो पटक होईन र अन्तिम पटक पनि होईन
कयौ पटक सतह सम्म आई पुग्ने छाल जस्तै
कयौ पटक आशाहरु मनको भित्तामा ठोकिन्छन
रँगिन्छन मन रँगिन लेयरहरुले,लेयर भित्र को मन
मनले भन्छ म उनको मन जित्न सक्छु
मनले भन्छ म उनि भित्र भिज्न सक्छु
फेरि एउटा गलत ब्याख्या हुन्छ मेरो मनको
फेरि अर्को मजाक बन्छ मेरो मन जीवनको
कयौ भाकल फुकाएर आमा बनेकी आमा
सन्तान बाटै बलत्कार छुन्छे
यो कस्तो कथा हो तिम्रो००००००००००००
शब्दहरु सित म अन्यासै रिसाउछु
तिमी किन लेख्छौ यसरी घाँउहरु चिरेर
धाँउहरुलाई धोचेर नुन चुक छरेर
म तिमी सित बद्ला लिन आएको छैन
तिमीले जस्तै शब्दहरु तिखारेर
समाजका मान्यताहरु बिगाररेर
म तिम्रो आमा सित सहबास को सपना देख्दिन
सहवास को कथा पनि लेख्दिन
एकाएक एउटा कलम ले बोलेको बिद्रोह
रित्ता भित्ताहरु मा गुन्जिन्छन प्रतिध्वनिहरु
यो भित्ताको अलग कथा, यो भित्ता को अलग कोप्चा
अन्कन्टार घोप्टे भिर ढेडु बाँदरको बासस्थान बन्छ
ओर्लिनु तल कति उक्लिनु माथी अल्छि बाँदर ओछ्यान मै मुत्छ
एक जिवन भरि मुतेर बाँदरले भीरमा शिलाजीत बनाएछ
मान्छेहरुले आङ दुखेको बेला के के मिसाएर खाए
मान्छेहरुले मन दुखेको बेला के के बिर्सिएर खाए
धन्यको तिम्रो अल्छी पनि ओखती बनेछ
त्यहि ओखतीले कति को ज्यान बलवान बनेछ।
युग बोकेको कथा पिडा बनेर उभिन्छ मेरो सामु
खरानी हालेर पकाएका गिठाहरुले चुर्ना मार्दथे रे
मलाई त्यहि युग सात्न मनलाग्छ एक पल तिमी सित
फेसबुक को फोटोमा तिमीलाई चिनेर
त्यहि लाईन तिम्रो म्यासेज मा लेख्न मनलाग्छ
सपना मध्ये वाट एउटा सपना मैले अलग गरे
उभिएर म एकान्तमा म माथीको आकाश देखे
बादलहरु आकार बदल्दथे,तारा हरु चम्कन खोज्दथे
मन भन्थ्यो एउटा तारा खसोस म बरदान माग्छु
यो पहिलो पटक होईन र अन्तिम पटक पनि होईन
कयौ पटक सतह सम्म आई पुग्ने छाल जस्तै
कयौ पटक आशाहरु मनको भित्तामा ठोकिन्छन

January 6, 2012 Posted by | कबिता | Leave a Comment

   

Follow

Get every new post delivered to your Inbox.