तिमीले छोएको मन – स्यानु पाईजा
तिंमीले छोएको मन
मुरचुङ्गा बाट साँरंङ्गी भयो
यो साँरंङ्गी बाट गितार भयो
गितार बने पछि यो मन
न तिम्रो भयो न मेरो रह्यो
कहिल्यै धुन बन्न नसक्ने
यो मन कस्तो सँगीत भयो
अचेल उपहास गर्दछन
मुरचुङ्गाका धुनहरुले
अचेल उपहास गर्दछन
साँरङ्गीका तारहरुले
सम्झना ति पलहरुका
दोहरी गाउने दौतरी छैनन
बिरह बिसाउने चौतारी छैनन
अब बिरहका गीत पनि मसँग छैनन
प्रीत भित्र निसासिए पछि
प्रीत हावाको झोका सँगै बतासिए पछि
बैमानी बन्न सिकेको मन
ईमान्दारीको आँसु रुन सक्दैन
यो मन किन तिमीले फेरि छुन सक्दैनौ
ति बगरमा खसेका शब्दहरुमा
मेरो पिडा किन मिसिन सक्दैन
सेती लुके जस्तै गरी
म भित्र म किन लुक्न सक्दिन
तिंमीले छोएको मन
मुरचुङ्गा बाट साँरंङ्गी भयो
यो साँरंङ्गी बाट गितार भयो
गितार बने पछि यो मन
न तिम्रो भयो न मेरो रह्यो
कहिल्यै धुन बन्न नसक्ने
यो मन कस्तो सँगीत भयो
No comments yet.











