स्यानु कान्छाको रहर
स्यानु कान्छाको रहर
मात्र केहि पल
कानमा हेडफोन थोसेर
हातमा रिमोट बोकेर
किताब कापी कलम छेउ मा राखेर
टिभी मा बिज्ञापन बज्दा होमओर्क गर्ने बस्ने
बाँकी समाय सिरियल हेर्ने
आजको बिधार्थी बन्न मन लाग्छ
मन नपरेको खाना
जान मन नलागेको बाटो
लेख्न नसकिएको चिठी
बोल्न नसकिएको बोली
टिउसन गएर पनि सिक्न मन लाग्छ
टिउसन जाने ग्रेड वन का नानीहरु
पार्लर खोल्ने आधुनिक ममीहरु
बच्चालाई बोटलको दुध कसरी खुवाउने
सिकाउने आधुनिक नर्सहरु
बोनबिटाको स्वाद कस्तो हुन्छ चाख्न मन लाग्छ
जिजुले गोठ पालेर दुख पाए
बाजेले खेती गरेर दुख पाए
बाउ ले गाउँमा बसेर दुख पाए
काका ले लाहुरे भएर दुख पाए
मैले चाउरे भएर दुख पाए ??
पल भर मै जिबन को अर्थ
तिनसय पैसठ्ठी दिन मा
नौ सय साठी पल्ट सलाम ठोकेर
फाँटेको एक जोर जुता बन्छ
दिन को आठसय पचासी प्लेट
तिन सय मिटर टाईल चम्काएर
एटिम मा भरिएको तनखा बन्छ
कन्ट्राक्टमा भारी खेप्ने भरिया बन्छ
आफन्तहरु एकाएक कार्डले खोल्ने गेट बन्छन
मन एकाएक त्यहि बुढो लाहुरे बन्छ
जो सुन्दर घर को तल्ला गनेर मख्ख पर्छ
परिवारको किचकिच सुनेर दिक्क पर्छ
चट्ट परेको घर भित्र ठुस्स परेको परिवार
आफ्नो ठानेको घरभित्र एक निद्रा मिठो निदाउन सक्दैन
सबै देखावटी र सापटी मागेको सँस्कार
मन त्यहि उकालो बाटो दौडिन्छ
रेडियो मा सुनेका झ्याउरे गीतहरु
तालामा माईला को आँगन
पुर्जीनी बजैको नुनको चिया
आमालाई धेरै राह्रो (दुख) नगर माईली
मरि लानु के छर भन्ने – कान्टिन बजै
के सारै जारु भाको भन्दै आगो ताप्ने फुपु
घुमाउरे घरको आँगनमा बसेर
मन मनले भन्छ एउटा होल्डिङ बोर्ड लेख्नु पर्यो
पैसाले सुख मिल्ने भए धनि किन दुखी छन?
लाहुरेले गाँउ धनी बन्ने भए गाउले किन गरिब छन ?
भाउजुले परै बाट कराउनु हुन्छ
ओ कान्छा चिया सेलायो
एटै लेम कि भितरा आउचौउ
मलाई रुन मनलाग्छ
तर मैले रुनु हुदैन
रहर भित्र मिसिएको जहर पिउने मान्छे
यति कम्जोर हुनु हुदैन
यस्तै छ स्यानु कान्छा को रहर
म मर्दा यो गाउँले मलामी जाओस
No comments yet.











