पुरानो झोला
पुरानो झोला
मुलढोका छेउमा दंकाबार
यो दंकाबार मात्र होईन
पुरानो घरको बैठक र भान्छा घर
अछुतहरु त्यो भन्दा भित्र पस्दैनन
बाहिरी हरु त्यो भन्दा भित्र हेर्दैनन
अघोषित समाजका निर्णयहरु भित्र
मान्छेहरु तुलो-तराजु र तुलसी सित डराउथे
सुनपानीले जुठो पबित्र हुन सक्थे
मन्तरेको चामल-तिते पाटी
धनुमान मा बिर चलाउने
आखत हेर्न, भाकल गर्ने
के लाई भनिन्थ्यो जुठो?
केलाई भनिन्थ्यो अपबित्र ?
रित बनेका चलनहरु
संस्कारको गाँठो मा कस्कियो
बाजेले सिकाएका कुरा
साईनो भित्रको अछुटो हरु-
जेठाजु- बुहारी छोईनु हुदैन
दिदी सासु- ज्वाँई छोईनु हुदैन
सम्धी- सम्धीनी छोईनु हुदैन
आखिर किन हुदैन ?छोईनु कसैले सोधेनौ
साईनो भित्र को दंकाबार
घर भित्र को दंकाबार जस्तै लाग्छ मलाई
समाय फेरिन्छ, जमनाका कुराहरु भित्र हराए
दंकाबारहरु भत्तकिए, साईनो भित्र का
दंकाबारहरु भत्किए घर भित्रका
दंकाबारहरु भत्किए सँस्कार भित्रका
मंगलवार पिडालु वारी नपस्नु-खुम्ला लाग्छ
काँर्क्रो फर्सीलाई औलाले न देखाउनु-कुहिन्छ
शनिवार आगो पैचो नदिनु- सुख्ख सर्छ
कोरल्ने कुखरी को खोलेस मा सास पार्नु हुदैन
नयाँ कुखुरीलाई अगेनाको आगोमा पोलेर ३ फन्का धुमाउनु
जाँतोको ओईरो झिकेर खाना खुवाउनु
मान्छे मर्दा नुनु बार्नु
मान्छे मरेको दिन माटो नजोत्नु
मान्छे मरेको दिन सबै पानी फेर्नु र भाँडा माझ्नु
डाबिलो फाल्नु
जुन लाग्ने सिजन मा बिरुवा नरोप्नु
जुन लाग्ने रात डार नकात्नु
घर मा ओखर र पाङग्रो नमिसाउनु
गुन्द्रुकमा मासु नमिसाउनु
सिस्नु मा मसला न हाल्नु
चर्पि जादा नाक नछुनु-गलेनो जान्छ
गलेनो जादा सिगान लगाउनु
ढोका मा नउभिनु
घाम दुबे पछि ओखर नखानु
रात मा ऐना न हेर्नु
नयाँ घर मा बसाई सरे
जेठा माहिला, साईला काहिला दाईहरु
मुली घर पर्यो कान्छा को भाग मा
अँश बन्दा भयो परिवार टुक्रिए
जग्गा टुक्रिए, सँस्कार टुक्रिए
मुली घर कान्छो छोरालाई पर्छ
थाम मा झन्डाईको पुरानो झोला
पुरानो झोला भित्र-
सियो, धागो, बटनहरु
फिटकिरि,बिरेनुन, हिङ, मर्चा
चिन्डो भित्र को बेसार
ठोक्रो भित्र को नुन
बेडा माथि राखिएको माटो को ध्याम्पाहरु
चिम्खोला देवीलाई भाकलेको अंखरा
त्यहि पुरा गर्ने बोको दोहोराएर म पुग्छ
सम्झौ त धेरै कुरा छन यो पुरानो झोला भित्र
बुझौ त धेरै कुरा छन यो दंकाबार भित्र
-स्यानु पाईजा, पात्लेखेत-७, म्याग्दी
No comments yet.











