आधा स्यान्डुईच -स्यानु पाईजा
आधा स्यान्डुईच
यो मौषम, यो ॠतु बद्लिरहन्छ
मनको के कुरा मन पनि बद्लिरहन्छ
कहिले बादलुको धुम्टोले ढाकेको बेला
कहिले सिरेटोले सेकेको बेला
यो मनलाई बहकिन मन लाग्छ
जिन्दगीको आधा बाटो फर्केर हेर्दा
खै केहि पनि त देख्दिन अपथ्यारो हरु
के थियो मेलै दुखि हुनु पर्ने कारणहरु ?
किन बुझ्नु पर्छ मैले जिउनुको अर्थ ?
किन खोज्नु पर्छ मैले जन्मनु को कारण ?
मुक्ती ? के मुक्ती चाहिएको छ मलाई ?
के फरक छ सन्सार ? देश र मान्छेहरु ?
यो हरेक देश ब्रमाहण्डको सुन्य मा अल्झेको छ
जसरी जिन्दगी सास मा अल्झेको छ
मैले किन दाँज्नु पर्छ जीन्दगीलाई आधा स्यान्डुईच सँग ?
तिमीले हाँस्नु पर्छ फगतका केहिपल रुनु बाहेक
तिमीले बाँच्नु पर्छ शरमका केहि पल मर्नु बाहेक
धेरै बर्ष पछिको अधुरो कबिता आज पुरा गरे जस्तै
चपाउनु छ आधा स्यान्डुईच जस्तै जिन्दगी
पहिले र अहिले को भाव फरक पर्न सक्छ
पहिले र अहिले को स्वाद अलग हुन सक्छ
माया त माया हो यो मन भित्र बाँच्न सक्छ
माया त माया हो यो फेरी हाँस्न सक्छ
तर मैले हाँस्नु को अर्थ स्वार्थ हुन पनि सक्छ
मैले हाँस्नु को अर्थ ब्यर्थ हुन पनि सक्छ
मैले पाउनु अर्थ तिमीले गुमाउनु पनि हुन सक्छ
मैले जीवन आधा स्यान्डुईच सम्झे भने
जीवनको अर्थ अनर्थ पनि हुन सक्छ
जीवनको अर्थ ब्यर्थ पनि हुन सक्छ
यो अधुरो छाडेको कबिता पुरा गर्नु को अर्थ
फगत पाना भर्नु पनि हुन सक्छ
तिमी पुरा जीन्दगी बाँचेर म सँग सोध
मैले बाँच्नु आधा स्यान्डुईच चपाउनु थियो ?
तिमी जसरी हेर जिन्दगीलाई तिम्रो सोचाई
मात्र कल्पना पनि हुन सक्छ
त्यसैले जीवन आधा स्यान्डुईच जसरी खेर फाल्दिन
जीवन छ र सुख छ, मुटु चल्छ र दुख्छ
म तिमीलाई आधा स्यान्डुईच कहिल्यै मान्दिन ।
No comments yet.











