Mleadbeni's Weblog

स्यानो झ्याल : मलाई-आफुलाई-अरुलाई चियाउनुस

धागो

धागो

एक तन्याद्रो धागो
कति महत्व बोक्थ्यो कुनै बेला
यहि धागो नबन्दै सम्म मान्छे नाङ्गै धुम्थे
बिस्तारै धागो कपडा बन्यो
मान्छे पहिरिएर ठाटिन थाले
धेरै धागो हुने ले घाँटी देखि छडके धुमाएर जनै भन्न थाले
थोरै हुने ले कम्मर मै भए पनि बाधेर कन्दानी भन्न थाले
हात मा फनफनी बेरेर रक्षा बन्धन भन्न थालियो
साँच्चै कति महत्व बोक्थ्यो धागो
धागो नबाधिएका सन्तानहरु बाउँ नखुलेको ठहरिन्थे
धागो नै नभएको मान्छेहरु सानो जात ठहरिन्थे
समायन्तर सँगै धागो को प्रयोग हरेक ठाउँ मा हुन्छ
हामी लासलाई पनि कात्रो उपहार दिने भैसक्यौ उ जमना मै
अचेल हामी यो रँग र त्यो रँगमा कपडा बनाएर
जातिय पोशाक बनाउदैछौ ति धागो का अबोध तन्यान्ड्रो हरुलाई
धागो तिमीलाई लाग्दैन तिम्रो कति गलत प्रयोग हुदैछ ?
आबेगमा या गरिबिमा हिजो आज कति जना
त्यहि धागो को डोरिमा झुन्डिएर आत्महत्या गर्छन
कति को हत्या आत्महत्यामा दर्ता हुन्छन
एउटा चङ्गा एकसरो धागो ले नै आकास मा नाचिरहेको हुन्छ
त्यहि केहि सरो धागो को बिस्वासमा कति सम्बन्ध बाँचिहरेको हुन्छ
यहाँ तिमीलाई धागो ले न्याय गरेको छ कि अन्याय
तिमी बाउ बन्नको लागी तिम्रो सन्तानलाई केहि सरो धागो बाध्नै पर्छ
सायद यो धागो न बन्दो हो त सन्सार अझै पनि आदिम युगमा हुदो हो।

June 5, 2011 Posted by | कबिता | Leave a Comment

   

Follow

Get every new post delivered to your Inbox.