युद्व आफ्नै मन सँग
युद्व आफ्नै मन सँग – स्यानु पाईजा
के युद्व जरुरी थियो ??
युद्व जरुरी छ ?
युद्वका दामहरु
बेसाहारा आमाबाबा
बिधुवा पत्नी हरु
पुरै सपना नदेखेका प्रेमी-प्रेमिकाहरु
पुरै परिवार नदेखेका बालबालिकाहरु
युद्वको फाईदा गिद्व हरुलाई मात्र थियो
छानी छानी लासहरु लुछ्न पाउथे
स्यालहरुलाई मात्र सजिलो थियो
चियान नखनि मुर्दाहरु भेटाउथे
एउटा जीवनको दुखदायक अन्त
राईफल पुछेर हुन्थ्यो
आफु जस्तै अर्को मान्छे निशानामा
र उ अर्को को निशानामा
खै कस्को सपना टाल्न
खै कस्को लागी
रगतले माटो मुछ्नु नियति बन्दथ्यो
युद्व जारी थियो, जारी छ
हरेक गल्ली र मनमा
हरेक झुपडी र महलमा
कोहि लँकाको लडाई लडिरहेका छन
कोहि शँकाको लडाई
कोहि बढाई चढाई को लडाई
युद्व भुमिमा जस्तै रगत नदेखिने लडाई
गृहयुद्व भन्दा भयानक युद्व
शीतयुद्व भन्दा भयानक युद्व
अन्तहीन मन को युद्व
कति पिडादायक छ यो मनको युद्व
कति पिडादायक छ उस्ले देखेको सपना
परम्परा जोगाउँदा जोगाउँदै
परिवार सम्हाल्दा सम्हाल्दै
युद्व भुमिको अनुभुबी कमाण्डर
दुस्मन को एउटै गोलीले मरेको हुन्छ
उस्को जीवन को भयानक अन्त
यो मनको कुनामा लुकेको एउटा आवाज
मलाई चिच्चाएर भन्छ
हरेक मान्छे आफ्नै मन सँग युद्व रत छ
सिंगो लडाई जारी छ ,आफ्नै मन सँग
No comments yet.











