Mleadbeni's Weblog

स्यानो झ्याल : मलाई-आफुलाई-अरुलाई चियाउनुस

वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान को क्रम मा बिदेशवाट “चिनो” कोष फिक्स खाता मा जम्मा भयो

ईमेल जस्ता तस्तै- जस्ले ईमेल मार्फत प्राप्त गर्नु सक्नु भएको छैन उहाँहरुको लागी

वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान को क्रम मा बिदेशवाट “चिनो” कोष निलगिरी बिकास बैक को स्कुल खातामा  १ सेप्टेम्वर देखि- ३१ दिसेम्वर सम्म जम्मा भएको Rs. 604,367.41 ( छ लाख चार हजार तिन सय छैसट्ठी रुपैया। एकचालिस पैसा ) मध्ये ६००,०००। छ लाख रुपैया .। फिक्स खाता मा जम्मा भयो ।बिबरण तल हेर्नुस

नोट-
रकम जम्मा गरिएको सँस्था:- पश्चिमाञ्चल फाईनान्स कम्पनी लिमिटेड बेनी शाखा
खाताको प्रकार- मुद्दती १ बर्षे फिक्स
प्रमाण पत्र न० – 8983
ब्याज दर- १३.५०% त्रैमाशिक ब्याज ( ३-३ महिना मा ब्याज बुझ्ने गरि) (13.50/100=0.135×600,000= 81,000 बर्षको( हरेक ३ महिना मा २०२५० रुपैया )
खाता न०- 52-03816-7, I.Ac No – 90-00019-4
जम्मा रकम- 600,000 ( छ लाख रुपैया)
अबधि- १ बर्ष ( २०६७।१०।११ देखि- २०६८।१०।११ मा सम्म ( पुन आकर्षक ब्याज आउने बैक मा फिक्स गर्ने र यसरी नै डकुमेन्ट सबैलाई ईमेल गर्ने )
—————————————————————————————————————————————————————————
१ जनवरी २०११ देखि – ३१ दिसेम्वर -२०११ सम्ममा निलगिरि बैक कै साबिक को खाता मा जम्मा हुने रकम लाई १ जनवरी २०१२ मा पुन २०१० ‍+ २०११ को मिलाएर सँयुक्त रुप मा फिक्स खाता मा जम्मा गरिने छ।
— यो माथी को डिटेल डाउनलोड नगरि कन पनि जानाकारी होस भन्न को लागी मात्र हो। पुरा डिटेल(सक्कल) फाईल डाउनलोड गरेर हेर्नु होला
हाम्रो फिक्स खाता को उद्देश्य भने को वाखेत स्कुल को स्तर उन्नती को लागी निरन्तर आर्थिक स्रोत को सुनिस्चितता गर्ने हो। यो ६ लाख को  खाता बाट हामिले बर्ष मा ८१,००० रुपैया स्कुल को लागी निस्चित गरेका छौ र मुलधन हरेक बर्ष यसरी नै बैक मा फिक्स हुने छ मात्र ब्याज स्कुल ले टिचर टलव मा खर्च गर्ने छ।
कृपया हरेक ले हूदय देखि नै आफुले दिन चाहे को सहयोग रकम भरपर्दो माध्यम बाट स्कुल को निलगिरी बैक खाता मा जम्मा हुने गरी उपलब्ध गराई दिन हुन हार्दिक बिनम्र अनुरोध छ। हजुर हरु को सहयोग र सहभागिता बिना यो अभियान  निरअर्थक हुन्छ। सबै को हातेमालो र सहभागिता नै हाम्रो सफलता र दिगो  गुणस्तरिय शिक्षा हामी सबैको सबलता।
स्कुल का सबै कागजात र तैयारी यहा हेर्नुस -

वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान: बिशेष – Ram Paija (Saudi Arab now)

सुझाब सल्लाह- education_sansar@yahoo.com ( school ko emai)

On Thu, 1/27/11, season roka <seasonroka@gmail.com> wrote: 

From: season roka <seasonroka@gmail.com>
Subject: bankstatement of school
To: “rjip_myagdi” <rjip_myagdi@yahoo.com>
Cc: “season_roka” <season_roka@yahoo.com>
Date: Thursday, January 27, 2011, 11:20 PM


Thanks & regards
Yam Roka
Beni, Myagdi
( 9847642585 ) 

 

Fixed Account: Cash Deposit Slip

Fixed Deposit- Bank Certificate

Letter to All Donnar: from School Head master

थप जानकारी यहाँ छ

वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान: बिशेष

January 28, 2011 Posted by | सकरात्मक सन्देश | Leave a Comment

वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान: बिशेष

स्थान- वाखेत-८, पात्लेखेत गा०बि०स०, म्याग्दी

लक्ष्य- वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान

उद्देस्य- वाखेत बडानं- ५,६,७,८,९ का बिधार्थीलाई आफ्नै स्थानमा सहज र गुणस्तर शिक्षामा पहुच गराउने

वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान जारी छ

वाखेत को गाउँ र स्कुल

School Location

नोट:-

  1. पहिलो घेरा भित्र स्कुल को अहिले को भवन र ग्राउण्ड छ।
  2. रातो घेरा स्कुल लाई स्तर उन्नती गर्दा आबस्यक पर्ने स्थान हो।
  3. हरियो घेरा स्कुल को ग्राउण्ड को लागि आबस्यक पर्ने छ।
  4. माथिल्लो रातो घेराले निजि जग्गामा पर्ने भएको ले बिशेष अनुरोध स्कुलको लागी दान या अन्य माध्यम बाट स्कुललाई उपलब्ध गराउन सक्यो भने भौतिक सँरचना मा कुनै असुबिधा हुने छैन। (निजी जग्गा भएको ले फोटोमा  अन्यथा नलिनु होला )यो छलफल को लागी मात्र स्केच गरिएको हो।

स्कुललाई आफुले दिन चाहेको सहयोग रकम कसरी उपलब्ध गराउन सकिन्छ ?

स्कुलको बैक खाता मा सोझै पठाउनुहोस-

Nilgiri Bikas Bank

New Road,Beni

Ac No. CD1-01-10023

स्कुल सन्चालन समिति का पदाधिकारीहरु मार्फत बैक मा जम्मा गराउन पनि सक्नु हुन्छ

अध्यक्ष – ईन ब० पुन                                      मुवाईल  00977-9847723770

उप० अध्यक्ष- भिम ब० राम्जाली                    मुवाईल  009779847732095

सचिव- मन बिर किसान                                 मुवाईल  009779847639229

सह सचिव- चित्रा थापा                                     मुवाईल  009779804180663

कोष अध्यक्ष- याम ब० बुढाथोकी                      मुवाईल

सह कोष अध्यक्ष- प्रेम रोका                              मुवाईल   009779806124053

बैदेशिक रोजगार मा हुनु हुने सबै सहयोग दाता को सहयोग एकिकृत खाता “चिनो कोष” मा जम्मा हुने छ। सबै दाता को सहयोग स्कुलको “चिनो कोष” मा जम्मा हुने र  सो कोष को ब्याजमा मात्र स्कुल समिति ले स्कुलको स्तर उन्नती मा उपयोग गर्ने छ। मुलधन स्कुलको कोषमा युगौ सम्म चिनो को रुपमा निरन्तर आर्थिक सहयोगको स्रोत बन्ने छ।

 

स्कुल को बारे मा जानकारी को लागी तलको लिंक मा क्लिक गर्नहोस

  1. नेपाल बाट आएको स्कुल को आधिकारिक दकुमेन्ट – स्कुल ब्यवस्थापन समिति को सहयोग अपिल अनि छलफल खाका
  2. वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान को क्रम मा बिदेशवाट “चिनो” कोष र काठमाडौ वाट “उपहार” कोषको निर्माण क्रम मा भएका र हुने कार्य बिबरण : सुरु देखि आज सम्म
  3. पौष-८ गते- २०६७ सम्ममा -Rs. 604,367.41 ( छ लाख चार हजार तिन सय सैसट्ठी रुपैया। एकचालिस पैसा ) जम्मा भएको छ।वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान को क्रम मा बिदेशवाट “चिनो” कोष को बैक स्टेटमेन्टस हे्र्नुहोस

हामीलाई तपाईहरु सबै को सुझाव, सल्लाह र सहयोग को जरुरत छ।  यो काम सजिलो नभए पनि असम्भव पनि छैन। हरेक वाखेते र वाखेत प्रेमी सबैलाई सहयोग मागिएको छ। सहयोग आफ्नो ईच्छा अनुसार को जति पनि हुन सक्छ। यो बिदेश कोष “चिनो” बने पछि काठमाडौ कोष “उपहार” को पहल हुने छ।  दाता ले काठमाडौ “उपहार कोष” या बिदेश रोजगार मा हुने हरु को कोष ” चिनो कोष” मध्यै कुनै एउटा कोषलाई सहयोग गरे पुग्ने छ। यो कोष मा एक पटक रकम सहयोग गर्ने दातालाई ब्याक्तिगत ईच्छा बाहेक ५ बर्ष सम्म स्कुल को तर्फ बाट कुनै पनि सहयोग मागिने छैन।

कुनै पनि कोष लाई सहयोग गर्नु हुने दाताले बैक डिपोजिट स्लिप लिनु नभुल्नु होला र समाय समाय मा बैक स्टेटमेन्ट मा अपडेट हेर्न नभुल्नु होला। कुनै दाता को कुनै कारणबस सहयोग अपडेट हुन नसके मा तुरुन्तै माथीका सम्पर्क नम्वरहरु मा फोन गर्नु होला।

स्कुल को Email education_sansar@yahoo.com सोझै सुझाव सल्लाह दिनु न भुल्नु होला।

कुनै गुनासो भए लेख्नु होला email: rjip_myagdi@yahoo.com

Hongkong मा personal charity collection भै सकेको छ। क्रमश- कोरिया, युके, पर्चुगल, युसए, ईराक, दुवई, साउदी, कतार, कुवेत, मलेसिया, ईन्डिया लगायत वाखेते हरु ले रोजागर गर्ने मुलुकहरु मा सबै ठाउँमा स्कुल कोष को लागी पहल हुदै गरेको हुना ले हामी हाम्रो लक्ष्यमा पुग्ने मा आशावादी छौ।

मात्रै हाम्रो बिश्वास र सहकार्य ले मात्रै हाम्रो लक्ष्य सहज हुने छ। सबैलाई बिनम्र अनुरोध छ। यो अभियान हामी सबैको  साझा अभियान हो।  हाम्रो हातेमालो ले हामी सुन्दर समाज र भबिस्य दिन सक्छौ।

January 22, 2011 Posted by | कबिता | Leave a Comment

2011 First Day of Years & Nepal Tourism Year 2011

2011 First Day of Years & Nepal Tourism Year 2011

Visit Nepal: Naturally & Culturally Rich and Unique

365 दिन भने को होल सेल मा बेच्नु मिल्ने सेल्स प्याकेज होईन। हरेक दिन एक एक दिन गरेर मात्रै बित्छ। नयाँ बर्ष २०११ का हरेक दिन यादगार,शानदार,योगदान मुलक भएर रहोस। हरेक बर्ष यसरी नै नयाँ बर्ष आईपुगोस। सबै  साथी हरु लाई मेरो तर्फ बाट शुभकामना- जीवन सुन्दर छ। यसलाई सुन्दरता ले अझै सिगार्नुस।

January 1, 2011 Posted by | बेला मौका मा | Leave a Comment

   

Follow

Get every new post delivered to your Inbox.