वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान को क्रम मा बिदेशवाट “चिनो” कोष को बैक स्टेटमेन्टस
वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान को क्रम मा बिदेशवाट “चिनो” कोष र काठमाडौ वाट “उपहार” कोषको निर्माण क्रम मा भएका र हुने कार्य बिबरण : सुरु देखि आज सम्म—– पुरा बिबरण हेर्न यहाँ (किल्क गर्नुस)
आज मिति – पौष-८ गते- २०६७ सम्ममा वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान को क्रम मा बिदेशवाट “चिनो” कोष मा जम्मा नेपाली रुपैया
Rs. 604,367.41 ( छ लाख चार हजार तिन सय छैसट्ठी रुपैया। एकचालिस पैसा ) जम्मा भएको छ।
सबै सहयोगी दाताहरु लाई हृदय देखी को हार्दिक धन्यवाद।
तपाई हरुको सहयोग “चिनो” कोष मार्फत तपाईहरु कै चिनो ” वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान को क्रम मा बिदेशवाट “चिनो” कोष” मा जम्मा रहने छ र ३१-दिसेम्वर -२०१० मा फिक्स खाता मा जम्मा भै सो खाता बाट आउने ब्याजले निरन्तर रुप मा वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान लाई आर्थिक सहयोग गर्ने छ। कोष को मुलधन यथावत हरेक बर्ष फिक्स खाता मा नै सुरक्षित रहने छ।
हामीले १-जनबरी-२०१० देखी- ३१ दिसेम्वर २०१५ सम्मलाई चिनो कोष को पहिलो चरण को रुप मा यो अबधी मा स्कुल को “चिनो” कोष मा आर्थिक सहयोग गर्नु हुने दाता ले मात्र १ पटक सहयोग गरे पुग्ने छ।
वाखेत-बिधोद्वय प्रा०बि० – हाल को निलगिरि बिकास बैक को साबिक खाता न० यसरी नै सहयोग रकम जम्मा को लागी खुल्ला रहने छ। सबै दाताहरु लाई आफुलाई सजिलो पर्ने र भरपर्दो लाग्ने माध्यम बाट यो कोष मा आफुले दिन चाहेको सहयोग रकम जम्मा गराई दिनु हुन हार्दिक बिनम्र अनुरोध छ ।
हामी सबै को सहकार्य बिना यो अभियान पूर्ण हुन सक्दैन। कृपया सबैले आफुले सक्ने योगदान गरौ।
आजको मिति सम्म को कोष को बैक स्टेटमेन्टस हेर्नु होस। (सहयोग रकम थोरै-धेरै जति पनि हुन सक्छ सबै को सहभागिता र योगदान नै हामी सबै को सफलता हो )
आफुलाई सहज लागेको समाय मा ऐच्छिक सहयोग गरि दिनु हुन सबै वाखेतबासी र वाखेत प्रेमी दाताहरु लाई बिनम्र अनुरोध छ।
अभियुक्त हेल्थपोष्ट-श्रवण मुकारुङ
द्वन्द्वकालमा-
शहर पसेका जमिनदार
फर्किए गाउँ
र गरे- जग्गादान
अरब गएका युवाले
खोले संस्था
र पठाए- आर्थिक सहयोग
ढुङ्गा, माटो, काठ, पानी
जुटायो गाउँले
गाउँलेले
गरे- श्रमदान
एनजीले
हालिदियो- टिनको चम्किलो छाना
कर्तव्यबोधले युरोपबाट
फर्किए- डा. सूर्यनाथ
गाउँको मायाले शहरबाट
फर्किन्- सिस्टर चन्द्रकुमारी
हार्नै नसकेर अनुरोध
झाक्री ताराबहादुर
भए- स्वास्थ्य सहायक
स्कूल
पिसि
र प्रहरी चौकीसँगै
उभियो- अभियुक्त हेल्थपोष्ट
हर्षले
रोए- बूढापाका
उफ्रिए युवक-युवती
नाचे- बालबालिका
तर सदरमुकाममा
क्रूद्ध भए- प्रजिअ
अवाक् भए- गाविस सचिव
उत्तेजित भए- पुराना ठेकेदार
र, प्रमुख पार्टीका भ्रातृ सङ्गठन
- के त्यो गाउँ अर्कै राज्य हो?
- के त्यो गाउँलाई सरकार चाहिँदैन?
केन्द्रमा-
टेन्सन छ दुई सभासद्बीच
किनकि-
बनाउन बाँकी छ- संविधान
व्याख्या गर्न बाँकी छ- समाजवाद
पुग्न बाँकी छ- साम्यवाद।















