Mleadbeni's Weblog

स्यानो झ्याल : मलाई-आफुलाई-अरुलाई चियाउनुस

गाउँ सम्झाउने फोटोहरु

सेल रोटी बनाउने पिठो कुटदै

September 13, 2010 Posted by | Photo | Leave a Comment

वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान को क्रम मा बिदेशवाट “चिनो” कोष र काठमाडौ वाट “उपहार” कोषको निर्माण क्रम मा भएका र हुने कार्य बिबरण : सुरु देखि आज सम्म

वाखेत-बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ अभियान को क्रम मा बिदेशवाट “चिनो” कोष र काठमाडौ वाट “उपहार” कोषको निर्माण क्रम मा भएका र हुने कार्य बिबरण : सुरु देखि आज सम्म

सम्पुर्ण आदरनिय बुद्वीजिविहरु,अभिभाबक, वाखेत प्रेमी सहयोगी मित्रहरु

मेरो हृदय देखिको श्रद्वासम्मान अनि सहकार्यको लागी बिनम्र अनुरोध

एउटा साझा सपना देख्यौ हामीले बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ सम्म लैजाने र साझा सपनाको लागी हामीले साझा प्रतिज्ञा पनि गर्यौ । यो नै हाम्रो ठुलो साहस र सफलता हुने मा पूर्णबिश्वास गरौ। ढिलो नै सहि राम्रो कार्यको राम्रो शुरुवाट भएको छ। हाम्रो सहकार्य र सहयोगलाई हामीले निरन्तरता दियौ भने एक दिन हामी गर्वका साथ भन्ने छौ। हामीले हाम्रो काम आफै गर्यौ। हामीले समाजिक,राजनितिक, जाती र धर्म भन्दा माथी  उठेर साझा धर्म बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ सम्म लैजाने अभियान मा साझा आवाज र उत्साह जन्मायौ। भबिस्यमा पनि यो एकताको निरन्तरताको कामना गर्दछु। हाम्रो एकताले हाम्रो अप्ठ्यारो दिनहरुलाई सहज बनाउने छ। धन्यवाद को पात्र उहाँ अभिभावकहरु हुनुहुन्छ जस्ले गाँस काटेर भए पनि बिधालय सन्चालन गर्ने साहस गर्नु भयो। धन्यवादको पात्र उहाँहरु हुनु हुन्छ जस्ले अभिभावकहरुको साहसलाई समर्थन गर्दै अनेक अप्ठ्यारोको बाबजुद पनि आर्थिक सहयोगमा तत्परता देखाउनु भयो। धन्टा र महिना लगाएर बगाएको श्रमको कमाईलाई निसंकोच स्कुलको लागी सहयोग र स्कुलको भबिस्यको निरन्तरताको आधार “चिनो” कोषलाई सफल पार्नु तत्पर हुनुभयो। यो २०६७ साल वाखेतको ईतिहासमा सुनौलो साल हुनेछ। जहाँ हामीले हाम्रो सुन्दरसमाज र सुन्दर भबिस्यको सुनौलो जग थाप्यौ।

यो कोषलाई “चिनो” किन नामकरण गर्यौ ? यो हामी सबैको साझा चिनो हो। यो यस्तो चिनो जस्ले हाम्रो साझा सपना बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ लाई हाम्रो रोजगार समाप्ती पछि पनि र हाम्रो मृत्य प्रयन्त पनि सहयोग गरि रहनेछ। हाम्रो “चिनो” बनेर सधै सबै बिधार्थीलाई असलबाटो मा हिड्न र सुन्दर भबिस्य चिन्नकोलागी प्रेरित गर्ने छ। सयौ-हजारौ यस्ता योग्य जनशक्ति उत्पादन गर्ने छ जस्ले हाम्रो स्कुल, समाज र देशलाई नै सबल सफल बनाउनेछन उनिहरु नै हामीले स्कुल, समाज र देशलाई उपहार दिएको सुन्दर चिनो हुनेछन।

कोष बनाउनु मात्र उपलब्धी होईन यस्को मर्मलाई बुझेर सहि परिचालन हुन सके मात्र यस्ले राम्रो प्रतिफल दिनेछ। यो कोष उठाउने बेलामा यो कोष “चिनो”कोष हुने र यो कोषको रकम फिक्स खातामा जम्मा भई बार्षिक  आउने ब्याजले स्कुल सन्चालनमा सहयोग गर्ने र मुलधन दिर्धकाल सम्म रहिरहने बाँचा, बचनको साथ अनुरोध गरिएको हुनाले यो कोषको सन्चालन पक्षले पनि ईमन्दारिता देखाई यो कोषको ब्याजमात्र स्कुलको बिकास र सन्चालनको लागी उपयोग गरेर चिनो कोष लाई चिनो को रुप मै सम्मान दिनु होला भन्ने आशा र बिश्वास छ । यो किन पनि जरुरी छ भने हामीले स्कुल सन्चालनको लागी अनुमान र आशा गरेका स्रोतहरु कुनै पनि स्थायी स्रोत होईनन। तर हामीले यो चिनो कोषलाई निरन्तर आउने रकम को रुपमा कल्पना गरेका छौ । किन कि हरेक बर्ष फिक्स सम्झौतामा बैक मा रकम जम्मा हुनेछ र निस्चित रकम को निरन्तरताको ग्यारेन्टी हुनेछ।

हामीले बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ सम्म लैजाने अभियान को अर्को बलियो आर्थिक सहयोग को स्रोत काठमाडौ मा बसोवास गर्नु हुने वाखेते आदरनिय बुद्वीजिविहरु,अभिभाबक, वाखेत प्रेमी सहयोगी मित्रहरु लिएका छौ। काठमाडौ बासी वाखेते भनेको वाखेत को शान हो। हरेक चोटी को हाम्रो सुख: दुख मा काठमाडौ को गुण तिर्न र भुल्न नसकिने छ। हामीले यसपटक पनि काठमाडौ बाट ठुलो आशा राखेका छौ। हामीले बिदेशको “चिनो” कोष जस्तै काठमाडौको सहयोग लाई पनि “उपहार” कोष को नामकरण गरि एककृत काठमाडौ- वाखेत स्कुल “उपहार कोष” निर्माण गर्ने पहल मा छौ। यो कोषबाट पनि स्कुल सन्चालन समितिले बिदेश बाट जम्मा भएको चिनो कोष वाट जस्तै स्कुल ब्यवस्थापन समितिले कोष को ब्याज मात्र उपयोग गर्ने छ र मुलधन चाहि स्कुलको स्थायी नहुदै सम्म र ‌+2 सम्म नपुग्दै सम्म निरन्तर आर्थिक सहयोग को आधार बन्ने छ। चिनो कोष र उपहार कोष को लाभाँशले स्कुललाई सरकारी स्तर बाट स्थायी स्वकृति भए पछि पनि निरन्तर सहयोग रहि रहने छ। सरकारी स्विकृति भए पछि यो रकम बाट आउने लाभाँश बाट स्कुल को शैक्षिक स्तर मा बिकास ल्याउने कार्यक्रम मा खर्च हुनेछ । जस्तै हामीले स्कुललाई आधुनिक कम्प्यूटर शिक्षा दिन कम्प्युटर हरु किन्ने छौ। हरेक बर्ष यो क्रम मा निरन्तरता दिएर एक दिन पुरै एक बिधार्थी बराबर एक कम्युटर सम्म पुराउने छौ । हाम्रो यो प्रायस लाई अन्य गैह्र सरकारी सँस्थाहरुले पनि साथ दिने छन।

काठमाडौ को कोष लाई उपहार कोष भन्नुको कारण ? यो कोष लाई उपहार यो अर्थमा भनिएको छ कि काठमाडौ बासी वाखेते काठमाडौ बाट वाखेत आउने बेलामा उहाँले गाउँलाई र आफन्तलाई कुनै न कुनै उपहार लिएर आउनु हुन्छ। यो उहाँहरुको आर्थिक सहयोग हामीले “उपहार कोष” मार्फत सँस्थागत गरेर त्यो कोष लाई फिक्स खातामा राखी त्यो कोष बाट आउने ब्याजलाई स्कुल सन्चालन मा उपयोग गरिने छ जुन हरेक बिधार्थीलाई, स्कुललाई, पुरै समाजलाई सुन्दर उपहार हुनेछ। यो कोष को मुलधन दिर्धकालको लागी हुने भएकोले यो स्कुल सन्चालनको लाई सहयोगी मात्र होईन सहयोगी दाताहरुलाई पनि भबिस्य सम्म गर्वको उपहार बन्नेछ

बिदेशको चिनो कोष र काठमाडौको उपहार कोष को कुरा उठ्दै गर्दा थु्प्रै साथीहरु बाट उठेको कुरा भनेको यो कोष को पार्दर्शिता को बिषय हो । पैसा को बिषय मा यस्तो शंका हुनु स्वभाबिक पनि हो। त्यसैको लागी यो चोटी को कोष को सहयोग सँकलन कार्य बैक खाता मार्फत हुनेछ र बेला बेला मा सबै दाताहरुलाई सहयोग को लागी बैकमा जम्मा भएको कोष को बैक स्टेटमेन्ट बिभिन्न माध्यम बाट उपलव्ध गराईने छ। यो कोष मा जम्मा गराउन को लागी बिदेशबाट हरेक दाता ले नेपालमा हुनु हुने आफ्ने आफन्त मार्फत स्कुल को सन्चालन प्रतिनिधिहरुलाई सम्पर्क गरि दाताको नाम बाट नै स्कुल को खातामा डिपोजित गराउने ब्यबस्था मिलाईएको छ।

बैक को डिपोजित स्लीपमा ——–

बिदेशबाट सहयोग गर्नेको नाम—- काम गर्ने देशको नाम ——–VIA—- नेपालमा रकम बुझाउने को नाम——- प्राप्त सहयोग रकम यसरी उल्लेख हुने छ।

उदाहरण

१.        Ram B. Paija — Saudi Arab– VIA–Dal Bhakta Paija — Rs.- 15,000।

२.        वा Ram B. Paija/Saudi Arab/VIA/Dal Bhakta Paija/Rs.-15,000।

यसरी लेख्नु बैकको सिस्टम मा मिलेन भने यो स्कुलले दिने चन्दा रिसिप्टमा पुरा बिबरण लेखिने छ र बैकको कम्प्युटर सिस्टम मा मिल्ने गरी सके सम्म पुरै बिबरण उदाहरण मा जस्तै उतार्ने कोशिस गरिने छ।

यो कोषको लागी १ जुन २०१० देखी- जुलाई- अगस्ट सम्म स्कुलको कार्यक्रमलाई सबै बिदेशमा काम गर्ने हरुलाई सुचना र स्कुलको अपिल र स्कुल सन्चालनको अनुमानित खाकालाई पुराउने काम भयो यो क्रम मा १६ देशमा १०६ जना सम्भाबित दाताहरुलाई सम्पर्क गर्ने प्रायस भयो र लगभग ७०%लाई सम्पर्क भयो बाँकी सम्पर्क हुन नसकेका दाताहरुलाई बिस्तारै उहाँहरुको परिवार मार्फत सुचना पुराउने छौ।

यो कोष १ सेप्टेम्वर २०१० देखी सँकलन सुरु गरिने छ र यो कोषमा पहिल चरण को कोष निर्माण को लागी -१ सेप्टेम्वर २०१० देखी- अगष्ट-नभेम्वर- ३१ दिसेम्वर २०१० सम्म खुल्लाहुने छ र ३१ दिसेम्वर २०१० मा पहिलो चरण को “चिनो कोष” लाई क्लोस गरिने छ। र जनवरीको २ हप्ता सम्ममा बिदेशबाट चिनो कोष को लागि जम्मा भएको अन्तिम क्लोसिङ ब्यालेन्सलाई भरपर्दो बैकमा बार्षिक कति प्रतिसत ब्याज आउने हो ब्याज प्रतिशत र हुने नेट रकम अश्ररमा खुल्ने गरी र सर्वसाधारणले प्रष्ट बुझ्ने गरी लेखिएको सम्झौता पत्र सबै बिदेसमा सम्पर्क सदस्य मार्फत सबैलाई पुराईने छ। र यो प्रकृया हरेक बर्ष यसरी नै दोहरिनेछ। र प्राप्त सहयोगलाई स्कुल ब्यबस्थापन समितिले स्कुललाई आबस्यक परेको ठाउँमा उपयोग गर्नेछ। यो प्रकृया हरेक बर्ष यसरी नै दोहरिनेछ

चिनोकोष-B यो चिनो कोष –B भनेको को पहिले चरण मा कारण बिषेशले सहयोग गर्न छुट्नु भएका सहयोग दाताहरु र १ जनवरी २०११ देखि उता बैदेशिक मुलुकमा नया रोजगारको लागी जानु भएका सहयोगी दाताहरु को लागी चिनो फन्ड कै निरन्तरताको खाता हो। पहिलो चरणमा जस्तै यो पटक पनि उस्सै गरी जम्मा गरिने छ र ३१ दिसेम्वर २०११ (१ बर्ष भरिमा जम्मा भएको रकम) मा पुन चिनो कोषको फिक्स खातामा नै थप गरेर कोष लाई निरन्तरता दिईने छ। यो प्रकृया ३१ दिसेम्वर १०१५ सम्म दोहरिने छ। स्मरण रहोस पहिलो चरण को “चिनो”कोषमा या उपहार कोष दुवै कोष मा  १ सेप्टेम्वर २०१० देखी ३१ दिसेम्वर २०१५ सम्ममा एकपटक सहयोग गर्नु भएको दाताले पुन सहयोग गर्नु जरुरी छैन एच्छेकि सहयोग बेग्लै कुरा हो। यानी यो चोटी चिनो कोष या उपहार कोषमा सहयोग गर्नु हुने दातालाई स्कुल को तर्फ बाट ५ बर्ष सम्मको लागी कुनै पनि खालको सहयोग मागिने छैन।

१ जनवरी २०१६ मा स्कुल ब्यवस्थापनको पहलमा स्कुल को आबस्यक भबनको लागि चिनो कोष-२ को लागी अनुरोध गरिने छ। त्यस पटकको चिनो कोष-२ को सहयोग रकम स्कुलको भवन निर्माणमा उपयोग हुने छ।

वाखेत स्कुलको लागी निरन्तर सहयोग “ चिनो कोष” निर्माणको अनुरोध क्रममा फोन मार्फत भएका हरेक कुरालाई सुझावको रुपमा लिदै उठेका आवाजहरुलाई बुदागत गरिएको छ। यि सुझावहरुमा तपाईको सुझाव छुटेको छ भने तपाईको सुझावलाई जस्ताको तस्तै बिधालय सन्चालन समिति मा पुराउन को लागी education_sansar@yahoo.com ईमेल ठेगाना उपलव्ध छ। मनमा लागेका कुराहरु सोझै स्कुल समितिलाई पुराउन अनुरोध छ ।

बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ सम्म लैजान को लागी “ चिनो कोष” निर्माण पहल को क्रम मा भए गरिएका छलफल र तैयारी बारे सुरु देखी आज सम्म का तैयारी यस्तो  रहेको छ।

बिधोद्वय प्रा०बि०लाई नि०मा०बि० – मा०बि० हुदै +2 सम्म पुराउन अभियानमा बिदेशमा छलफलको क्रममा भएका प्रयास -शुरु देखी आजसम्म

पात्लेखेत गा०बि०स० मा माध्यमिक बिधालय एक आवस्यकता भै सकेको थियो। हामी अरु छिमेकी गा०बि०स०को तुलनामा पछाडि परि सकेको थियौ। पात्लेखेत गा०बि०स० मा गा०बि०स० कै साझा माध्यमिक बिधालय बनाउने र यो माध्यमिक बिधालयलाई छिटै +2 को रुपमा बिकास गर्ने बारेमा हामीले कयौ पटक पात्लेखेत गा०बि०स० मा छलफल हुनु पर्छ भनेर २ बर्ष पहिले देखी नै झकझकाएका हौ। गाँउमा कस्तो किसिमको छलफल भयो, कसरी बार्ताहरु भए त्यो बार्ता समितिलाई  नै थाहा होला। हाम्रो सल्लाह भनेको सबैको पायक पर्ने ठाउँमा गा०बि०स० को नै माध्यमिक बिधालय हुनु पर्छ भन्ने थियो। २०६७ साल जेष्ट महिना को पहिलो हप्ता तिर पात्लेखेत गा०बि०स०मा माध्यमिक स्कुल बनाउने बारे सहमति बन्न सकेन र हाम्रो वाखेत को स्कुललाई नै नि०मा०बि० को रुपमा लैजाने गाउँले को बैठकले निर्णय गरेको र सोही निर्णय अनुसार यहि बर्ष देखी ६ कक्षाको पढाई पनि सुरु भैसकेको जनाकारी हंकङ्ग वाट केशव पुनले जानकारी गराउनु भयो। यो बिषयमा पहिले त मलाई मन परेको थिएन। किन कि हामीले पहिले देखि नै चाहेको यो थिएन। हाम्रो चाहाना छिटो-भन्दा छिटो पात्लेखेत गा०बि०स० मा मा०बि० र +2 शुरु होस भन्ने थियो। दिपक नि०मा०बि चलाउनु , ओखलेले पनि आफ्नो स्कुललाई नि०मा०बि० बनाउने ईच्चा देखाउनु, र हामीले पनि बिधोद्वय प्रा०बि०लाई स्थानिय स्रोत बाट नि०मा०बि० चलाउनु सजिलो कार्य थिएन र कसैको हितमा पनि थिएन। साझा हित भनेको गा०बि०स० मा सबैको सहमतिमा पायक पर्ने ठाउँमा मा०बि चलाउनु र ४ बर्ष भित्रै +2 मा लैजानु नै सबै को हितमा थियो। गा०बि०स० कै लागी साझा उपलव्धी हुने थियो। हाम्रो सहमति हुन सकेको भए सोहि खर्च ले हामीले साबिक का प्रा०बि० स्कुलहरुलाई प्रा०बि० सम्म को स्कुल मै सिमित गर्ने र सबैको पायक पर्ने ठाउमा ६ देखि माथी को कलास सन्चालन गर्ने र आउदो ४ बर्षमा +2 को पढाई सुरु गर्ने भन्ने थियो। सहमति हुन नसके पछि वाखेत मा नै नि०मा०बि० सन्चालन गर्ने साहस देखाउनु  नै ठुलो कुराको हो। हिम्मत राखे पछि र सबैले हातेमालो गरेपछि नि०मा०बि० सन्चालन गर्न सकिन्छ र बिस्तारै बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ सम्म भन्ने कुरा मा दुईमत छैन।

सम्भाबित आर्थिक स्रोतहरु को पहिचान गर्ने क्रममा छलफलको लागी समान्य खाका हरु निर्माण गर्यो । सबै स्रोतहरुको जम्मा गर्दापनि मुस्किलले पुग नपुग रकममात्र जम्मा हुने देखिन्थ्यो। बिधालय ब्याबस्थापन समितिले देखाएको खर्च अनुसार त गाउँलेहरुले यो खर्च बहन गर्न सक्दैनन र सुरु गरेको केहि बर्ष मै स्कुल चल्न नसक्ने हुन सक्थ्यो। जुन साहस ले स्कुल सन्चालन गर्नु पर्छ भन्ने गाउँलेहरुमा छ खर्च देखेर हिम्मत गर्न नसक्ने हुन सक्थ्यो। यस्को लागी दिर्धकाल सम्म निरन्तर आर्थिक स्रोतको बाटो पहिल्याउनु जरुरी थियो।

हामीले अनुमान गरेका आर्थिक स्रोतका आधारहरु-

1.        तिहार मा देउसी भैलो कार्यक्रम

2.        भु०पु० पेन्शनर हरुको सहयोग

3.        घरधुरी चन्दा कार्यक्रम

4.        शिक्षक अभिभावकहरुको सहयोग

5.        काठमाडौमा बस्नुहुने वाखेते हरुको सहयोग

6.        बैदेशिक रोजगारमा जानु भएकाहरुको सहयोग

बिदेशमा सहयोग कसरी उठाउने वारे मा शुरुका दिनमा निकै अलमल भयो। थुप्रै किसिमका छलफलहरु भए। चन्दाको बिषयलाई लिएर थुप्रै कुरा हरु उठे कहि पारदर्शिता को कुराहरु उठे । कतिपयले चन्दाको बिगत सम्म पनि जोडेर हेरे। सबैले आफ्नो आफ्नो बिचारहरुको राखे। जस्को जस्तो बिचार भए पनि सबैको बिधालय चाहि हुनु राम्रो कुरा हो भन्ने साझा बिचार बुझियो। यो हाम्रो गाउँले ले स्कुल चलाउने निर्णय गर्नु राम्रो हो हामीलाई स्कुल चाहिन्छ भन्ने बिचार मा सबैको सहमति देखे पछि चन्दा सँकलन को बारे मा सबैलाई बिचारहरु सँकलन को लागी ईमेल गरियो। ईमेल सम्भव नभएको ठाउँमा फोन बाट सम्पर्कको प्रयास भयो। चन्दा प्रकृयालाई कसरी लैजान भन्ने बारेमा छलफलको लागी सानो खाका तैयार पारियो। यो खाका तैयार पार्ने बेलामा पटक पटक भाबुक हुनु परेको थियो। बुढाबुढी भैसकेका पेन्सनर आमाबाबाहरु सँग हाम्रो स्कुल सन्चालन गर्नको लागी बर्षको यति सहयोग गर्नु पर्छ भन्नु, परिवारीक, सामाजिक दायित्व पुरा गर्नुलाई हरेक खर्चमा कटौटी गर्नु पर्ने गाउँलेलाई बर्षको यसरी थप रकमको बोझ थप्नु पर्दाको नरमाईलो लागेको थियो। त्यतिकै अपठ्यारो लागेको थियो रिणमा बिदेश पुगेकाहरु सँग अनुमानित यति रकम सहयोग पाईयो भने हाम्रीले हाम्रो स्कुललाई निरन्तर रुपमा सँञ्चालन गर्न सक्छौ भन्नु। स्यवमलाई थाहा छ गल्फमा कामदारले महिना मा कति कमाउछन र गल्फको हावापानी काम कस्तो छ। हावापानी कस्तो छ ? यहाँको हावापानी को कुरा गर्ने हो भने 45° को तातो घाममा पसिना बगाउनु पर्छ कपडामा पसिना ले सेतै नुन को छाप बस्छ, काम गर्दा लगाएको कपडामा। म गल्फको कामदार भएको ले अरु देशको काम बारे मा थाहा छैन। तै पनि धन्टा धन्टा को तलव जम्मा परेको रकम यसरी सहयोग माग्नु एउटा कठिन कार्य थियो। तै पनि स्कुल सन्चालन गर्न को लागी यो अति आवश्यक थियो।

छलफल को लागी तैयार पारेको खाका लाई सम्भव भए सम्म सबैलाई ईमेल मार्फत र ईमेल ठेगाना नहुनेहरुलाई फेशबुक म्यासेज मार्फत पुराउने प्रयास भयो र यो सम्भव नहुने ठाउँ मा फोन मार्फत सम्पर्क गर्ने तथा आफ्नो आफ्नो नजिक पर्ने साथीलाई सुनाउ सुनाउ गर्ने सल्लाह भयो । स्कुल सन्चालन गर्ने काम एक दुई बर्ष चलाएर नहुने र हरेक बर्ष चन्दा संकलन गर्नु पार्दर्शिताको हिसावले पनि र बिभिन्न देशमा छरिर रहेका बैदेशिक रोजगारमा हुनु हुने सबैलाई सम्पर्क गर्न पनि सहज नहुने तथा आफुले गरेको सहयोग निस्चित बिन्दुमा पुग्यो कि पुगेन भन्ने सधै दातालाई अन्योल रहुने हुनाले यो पटकको चन्दा संकलनलाई बिदेशको फण्डको रुपमा सँकलन गर्ने भन्ने बिषयमा सहमति हुने प्रयास भयो। र फण्ड निर्माण प्रकृया अगाडी बढ्यो।  जुन-जुलाई महिना फण्ड निर्माण बारे सुनाउने र छलफल गर्ने, अगस्ट महिनामा कुन देशमा कति दाता ले कति सम्म सहयोग गर्न सक्छन डाटा लिने बिदेश बाट  सम्पर्के हुन नसकेका ब्याक्तीहरुलाई नेपाल मा उहाँको परिबार मार्फत यो कोष अभियानमा सहकार्य गर्ने खबर पठाउने र सेप्टेम्वर को १ तारिक-अन्त सम्म सहयोग रकम नेपाल पठाउनु मोटामोटी निर्णय भयो।

हाम्रो दाताहरुसँगको सम्पर्क र छलफलको हुन नसकेका बिदेशमा रोजगार दाताहरु सँग स्थानिय स्तरका समितिले घर घरमा पत्र र छलफलको लागी तैयार पारेको खाका सम्वन्धित दाता सम्म पुराउनको लागी पहल गर्ने।

छलफलको लागी तैयार पारेको खाका यस्तो छ  ( बिदेशमा छलफलको लागी)

प्रश्न- हाम्रो लक्ष्य के छ ?

बिधोद्वय प्रा०बि० लाई स्थानिय स्रोतबाट नि०मा०बि० स्तरको स्कुल बनाउने। समाय सहुाउदो आधुनिक शिक्षा दिने बिधालयको रुपमा बिकास गर्ने। बिस्तारै स्तरबृढि गर्दै माध्यमिक स्तरको शिक्षा दिने बिधालयको रुपमा बिकास गर्ने। र माध्यमिक शिक्षाको लागी छिमेकी गा०बि०स०हरुको स्कुलमा पुग्नु पर्ने दुरी र बाध्यातालाई पार लगाउने। गुणस्तर शिक्षाको नाममा हुने बसाई सराई र निजि बिधालयहरुमा भर्ना गर्ने क्रमलाई रोक्नको लागी अंग्रजी माध्यममा कक्षा सन्चालन गर्ने। समग्रमा गाउँको शैक्षिक बिकास मा योगदान गर्ने।

प्रश्न- नि०मा०बिधालय सन्चालनको आबस्यकता किन ?

Ü  हाम्रो बिधोद्वय प्रा०बि० को ईतिहास हेर्ने हो भने २०१७ साल देखि सन्चालनमा मा आएर २०२२ सालमा प्राथामिक बिधालयको रुपमा दर्ता भएको पाईन्छ। हरेक गा०बि०स०मा माध्यमिक स्तरको स्कुल सन्चालन गरि सकेको र प्राय गा०बि०स० का स्कुलहरु ‌+२ बन्ने तरखरमा छन। केहि गाबिसहरु ले सन्चालन गरि सके का पनि छन। तर हाम्रो गाबिस मा चाहि माध्यमिक स्तर को स्कुल निर्माणको लागी पात्लेखेत गाबिसको सामुहिक बैठकमा सबैको पायक पर्ने ठाउँमा माध्यमिक बिधालय सन्चालन गर्ने र +2 सम्म लैजाने कुरामा सहमति बन्न नसकेन। समहति बन्नु नसक्नुको कारण पात्लेखेतले साबिक कै दिपक नि०मा०बि० मै मा०बि० बनाउने शर्त राख्नु हो। सो ठाउँ मा०बि०को लागी सागुरो भएकोले सबैको पायक पर्ने ठाउँमा बिधालय सन्चालन गर्ने सहमति असफल बने पछि २०२२ साल देखि प्रा०बि०को रुपमा सन्चालित स्कुललाई नै निमाबि को रुपमा स्थानिय स्रोत बाट सन्चलन गर्न निर्णय समुहिक बैठकमा सहभागी सदस्यहरुले निर्णय गरेको ले अहिले सोहि निर्णय अनुरुप ६ कक्षा को पठन पाठन सुरु हुन पुगेको हो।

प्रश्न- नि०मा०बि० सन्चालन गर्दा कति खर्च हुन्छ ?

Ü नि०मा०बि० सन्चालन को लागी थुप्रै खर्च हुन भए पनि अहिले हामीले थप शिक्षकको तलवलाई मात्र समाबेश गरेका छौ अहिल २ बटा भबन गरेर ८ कोठाहरु भएको ले तुरुन्तै कोठा थप्नु नपर्ने देखिन्छ तर अर्को साल देखि भबन को पनि अपुग हुन्छ र २ कोठा थप्न जरुरी छ। अहिले थप शिक्षकको अनुमानित तलवलाई मात्र तत्काल खर्च मानेर यसरी अनुमानित खर्चे प्रतुत गरिएको छ

सरकारी स्केल (शिक्षक तलव) अनुसार थप कक्षा सन्चालन गर्नु को लागी सम्भाबित/अनुमानित खर्च
क्र. सं. बर्ष/शस्त्र थप कक्षा सन्चालन चाहिने शिक्षक संख्या मार्षिक तलव बार्षिक तलव
२०६७ बि.स. ६ सन्चालन सुरु….. 12,000.00 144,000.00
२०६८ बि.स. ७ सन्चालन गर्ने 12,000.00 288,000.00
२०६८ बि.स. ८ सन्चालन गर्ने 12,000.00 576,000.00
निजि स्रोतबाट सन्चालित हुनाले सहमतिय स्केलमा (शिक्षक तलव) थप कक्षा सन्चालन गर्नु को लागी सम्भाबित/अनुमानित खर्च
क्र. सं. बर्ष/शस्त्र थप कक्षा सन्चालन चाहिने शिक्षक संख्या मार्षिक तलव बार्षिक तलव
२०६७ बि.स. ६ सन्चालन सुरु….. 9,000.00 108,000.00
२०६८ बि.स. ७ सन्चालन गर्ने 9,000.00 216,000.00
२०६९ बि.स. ८ सन्चालन गर्ने 9,000.00 432,000.00
प्रश्न नि०मा०बि० स्थानिय स्रोत बाट सन्चालन को लागी आर्थिक स्रोत के हो ?
सबै भन्दा जतिल पक्ष भनेको नै सन्चालनको आर्थिक स्रोत हो। यसको लागी सबै को हातेमालो, सल्लाह
सहयोग,सुझाबको खाँचो छ। निस्चित र भरपर्दो आर्थिक स्रोत नभए पनि अनुमानित/सम्भाबित आर्थिक स्रोत
निम्न अनुसार अनुमान गरिएको छ।
सम्भाबित/ अनुमानित फण्ड स्रोतहरु:-
क्र. सं. सम्भाबित/ अनुमानित फण्ड स्रोतहरुका शिर्षकहरु सम्भाबित रकम
तिहारमा देउसी भैलो कार्यक्रम बाट 70,000.00
भु. पु. पेन्सनरहरुबाट ( संख्या- ३१ x१५०० बार्षिक) मंगसिरमा १०००, बैसाखमा ५००) 46,500.00
शिक्षक र शिक्षका बाट सहयोग ( संख्या ८ x १००० बार्षिक) 8,000.00
घर-घर बाट चन्दा संकलन गरेर ( घर संख्या १५१  x ६००) बार्षिक 90,600.00
हरेलो मेला मा सहयोग प्रबेश शुल्क उठाएर (१५० जना दैनिक x २०रू. ‍‍)  x ५ दिन 15,000.00
आमा समुह को सहयोग (आमा समुह ४  x १०००) बार्षिक 4,000.00
बन समितिका ले झर्ना,पुरानो रुख बिक्रि बाट (५००० बार्षिक) 5,000.00
बिदेशबाट छुट्टीमा आउनेहरुको ऐच्छिक सहयोगबाट (१० जना x २०००) 20,000.00
फिक्स खातामा जम्मा रकमबाट आउने ब्याजबाट (25लाख x१०००) बार्षिक 250,000.00
(* फिक्स खाताको लागी बिदेशबाट 25 लाख जम्मा गर्ने लक्ष्य) अनुमानित जम्मा- 509,100.00
नोट- भु०पु० पेन्सनर , शिक्षक र शिक्षकाहरुलाई पनि घर-घर चन्दा पनि लाग्नेछ निर्धारण गरे अनुरुप नै।
नेपाल मै पनि पुरानो चलन अनुसार नै बोल कबोल प्रथा बाट रकम जम्म गराउन सकिन्छ।
प्रथा बाट सहयोग सँकलन गर्ने र यस्लाई पनि अलग फिक्स खातामा जम्मा गर्ने अनि ब्याज मार्फत आउने
रकम मा अरु नपुग अन्य स्रोत जस्तै देउसी भैलो कार्यक्रम बाट अनि घर-धुरी चन्दा बाट पुरा गर्ने
सो बोल कबोल प्रथाबाट जे जति सहयोग भए पनि सुचिकृत गर्ने र योगदान स्वरुप बिशेष सम्मान का साथ
उचित स्थानमा लिपिबद्व गर्ने।****
प्रश्न फिक्स खाता के हो ?   स्रोत ९ भने को के हो ?
फिक्स खाता यो अनुमानित बिदेशमा काम गर्ने/बस्ने दाताहरुको सहयोग को आसा/अनुमानित खाता हो।
बिदेश रहेका पातल्लेखेत गा०बि०स० वाखेत वडान-५,६,७,८,९ बाट बिदेश काम गर्ने/बस्ने दाजुभाई, दिदिबहिनी
ले गर्ने सहयोग को अनुमानित आर्थिक सँकलनको अनुमानित खाता हो। यसलाई नै स्कुल सन्चालन समितिले
मुख्य मेरुडण्डको रुपमा हेरेको छ।
प्रश्न के फिक्स खातामा 25 लाख रुपैया जम्मा गर्न सकिन्छ त ?
यो हरेक को मनमा बिधालयलाई सन्चालन गर्नु पर्छ भन्ने भावना जाग्यो भने सम्भव छ। यसको लागी छल- 

फल र सरसल्लाहको खाँचो छ। यो खाता भने को दि्र्धकाल सम्म काम दिने खाता हो तसर्थ सबै ले मेरो

अलि कति सहयोगले गाउँको प्राथामिक बिधालय नि०मा०बि० बन्छ भने मैले सहयोग गर्नु पर्छ भन्ने भावना

हरेको मनमा पलायो भने यो सम्भव छ। जस्को लागी अनुमानित/सम्भाबित दाताहरु को अनुमान यसरी

गरिएको छ।

सम्भाबित चन्दादाता बिदेशमा काम गर्र्ने देश र सँख्या-
क्र. सं. देशको नाम सम्भाबित दाता सँख्या सम्पर्क सहयोगी अनुमानित सहयोग कुल सहयोग
यु. के. किशोर रोका 60,000.00 480,000.00
अमेरिका नबिन राम्जाली 60,000.00 240,000.00
कोरिया पु्र्ण रोका,भबिन्द्र 50,000.00 300,000.00
हङकङ केशब पुन 50,000.00 250,000.00
ईराक १६ दिलिप गर्वुजा,गजेन्द्र 40,000.00 640,000.00
जापान रमेश पाईजा 60,000.00 60,000.00
अस्ट्रेलिया तेजिन्द्र थापा 40,000.00 40,000.00
कन्गो छबिलाल पुन 40,000.00 40,000.00
मलेसिया तुल ब पाईजा 15,000.00 45,000.00
१० दुबाई खिम ब० पाईजा 15,000.00 90,000.00
११ कतार १५ अम्मर थापा,चन्द्रमान 15,000.00 225,000.00
१२ साउदी २० राम पाईजा,बस्ते रोका 15,000.00 300,000.00
१३ सिंगापुर बिनोद रोका 40,000.00 40,000.00
१४ भारत प्रकाश पुन 15,000.00 105,000.00
१५ बहरायन बल ब० रोका 15,000.00 105,000.00
१६ पोल्याण्ड पोस्ट पाईजा 15,000.00 15,000.00
१०५ अनुमानित जम्मा ३०९५,000.00
सम्पर्क ब्याक्तीको सम्पर्क ठेगना-माध्यमको लागी डकुमेन्ट न-    मा हेर्नु होला
नोट:-
* माथिको सहयोग अनुमानित दाता मात्रै हुन । टोकिएको रेट होईनन। 25 लाख जम्मा को लागी अनुमान
मात्र गरिएको हो कसरी र कति गर्ने भन्ने बारे सबै सम्पर्क सदस्यले सो ठाउको दाताहरु लाई सल्लाह गर्ने
अनि सबै सम्पर्क सदस्यहरु बिच को छलफल बाट मात्र सो-ऐच्छिक सहयोग माग्ने कि के गर्ने निर्णय हुनेछ।
*कृपया बिदेशमा हुने हरुको देश र नामाबलीमा छुटेका तर तपाईहरुले सम्झनु भएका नामहरु लाई लिस्ट गर्न
सहयोग गर्नु होला। बिदेशमा काम गर्ने हरु नामाबली हेर्नको लागी डकुमेन्ट न-  मा जानु होला
*सम्पर्क सहयोगीहरु सम्भाबित सहयोगी दाताहरुलाई जानाकारी गराउने सदस्यहरु मात्र हुन। रकम कसरी -
सकभर सबै दाताको सल्लाहमा नेपाल रहने आफ्नो-आफ्नो घरका सदस्य मार्फत नै बिधालय सन्चालन
समितिका सदस्य सहित खाता भएको बैकमा नगद जम्मा गराउने र रकम बुझाएको भौचर सहयोग दाता
कै नाम मा दिपोजित भौचर लिने। बिधालय ब्यबस्थापन समितिले डिपोजित भौचरको कपी रेकर्डमा राख्ने।
प्रश्न- फिक्स खाता अबधारणा किन ?
बिदेशबाट स्व-ऐच्छिक रुप मा सहयोग पठाउदा रकम को पार्दर्शिता नहुने र जम्मा भएको रकम पनि कुन
शिर्षकमा कहिले कसरी खर्च भयो भन्ने रेकर्ड सबै दाताहरुलाई पुराउन पनि सजिलो तरिका नहुने हुनाले,
जम्मा भएको रकम खर्च भए पछि फेरि जम्मा गर्नु गाह्रो र झन्झटिलो हुनको साथै स्कुल को निरन्तरतामा
पनि ग्यारेन्टी नहुने हुनाले नै पछि सम्म को लागी भनेर फिक्स खाता फण्ड को अबधारणा प्रस्तुत गरिएको
हो । यो खाता को आफ्नै फाईदाहरु छन। सँकलित रकम को पार्दर्शिता तथा पछि सम्म स्कुल चलाउनमा
आर्थिक सहयोग को निरन्तरता,  मानौ हामीले नि.मा.बि तहलाई सरकारी मान्यता दिलायौ भने यहि खाताले
यस्तै प्रकारले मा.बि. तह पनि सन्चालन गर्न सक्छौ। मा.बि. तहलाई पनि सरकारी मान्यता दिलायौ भने
प्लस टु लेवल पनि सन्चालन गर्न सक्छौ यहि कोषको सहयोग को निरन्तरता को भरमा।
प्रश्न- चन्दा सँकलनको सजिलो र भरपर्दो तरिका के होला ?
चन्दा सँकलन सदैब बिबादित हुने गर्दछ। प्रादर्शिताको जहिले पनि आभाव देखिन्छ। आफुले गरेको सहयोग
सहि बिन्दुमा पुगेको नपुगेको सदैव दाताहरुलाई जानकारी अपुर्ण रहन्छ। यसो नहोस भन्नको लागी यसपाली
हरेक दाता चन्दा आह्वान कर्ता (अपिल कर्ता) र हरेक दाता स‍ंकलक को ढाँचा अपनाईने छ। सम्पर्क सहयोगीले
कुन देशमा कति दाता छन अन्तिम बिबरण सँकलन गरे पछि। हरेक देशका सम्पर्क सहयोगीले आफ्नो आफ्नो
कार्यक्षेत्रमा पर्ने दाताहरु सँग चन्दा सँकलनको उद्देश्य बारे का जानाकारी गराउने छन र सम्पर्क बढाउने छन।
यसरी सम्पुर्ण दाताहरु सँग पुगी सके पछि दाताहरुले नेपालमा रहने आफन्तको नाम मा आफुले सहयोग गर्ने
रकम पठाउने छन र सहयोग पठाउने ब्याक्ती कै नाम बाट नि०मा०बि सन्चालनको खातामा डिपोजिट गर्नेछन।
र डिपोजिट गरेको भोचर लिनछन। सबै डोनर को सहमतिमा कुन महिना मा पठाउने भन्ने निस्चित गरिने छ।
अनि सबैले आफ्नो आफनो ठाँउ बाट आफन्त मार्फत पठाउने छन र सम्पर्क सहयोगीलाई आफुले पठाएको
रकम बारे जानकारी गराउने छन। महिना को अन्तमा बैक मार्फत कति जम्मा भयो बैक स्टेटमेन्ट मागिने
छ र सम्पर्क सहयोगीहरुले आफुले पाएको रिपोर्ट अनुसार आफ्नो एरियाको डोनरको नाम र बैकमा जम्मा
भएको रकम ट्याली गर्ने छन। सबै तिर को दाताहरुले सहयोग रकम बैकमा जम्मा भै सके पछि फाईनल
रिपोर्ट बैक बाट मागिने छ र बार्षिक कति % दरले ब्याज पाउने हो सम्झौता गरि फिक्स खातामा फिक्स
डिपोजिट गरिने छ । यो रकम राम्रो योगदानको लागी सँकलन भएको ले सबै बिदेश बाट फिक्स खातामा
रकम सहयोग गर्नेहरुको नामवली बिशेष सुचीमा समाबेस गरिने छ। सुरक्षित रहनेछ। उपयुक्त समायमा
बिधालयलाई गरेको योगदानको सम्मान स्वरुप उचित स्थानमा सुचिकृत गरिने छ। नाम- रकम- देश (कुन देश)
 

 

बाट सहयोग गरेको हो।
प्रश्न- फिक्स खाता कत्तिको उपयोगी र किन ?
यो खाताले कयौ सपनाहरु लाई बिपना बनाउन सहयोग गर्ने छ । पहिलो त दाताहरुलाई हामीले सहयोग गरेको
रकम कता गयो या कसरी खर्च भयो भन्ने चिन्ता बाट मुक्त गर्ने छ। किन कि स्कुल सन्चालक समितिले
यो खाता बाट केवल बार्षिक ब्याज मात्र उपयोग गर्न पाउने छन। मुलधन बैक खाता मा सुरक्षित रहि रहनेछ।
यो नै हाम्रो नि०मा०बि० स्कुललाई निरन्तरताको आधार बन्ने छ। यस्को उपयोगीतालाई बुदागत रुपले यसरी
प्रस्तुत गर्न सकिन्छ:-
  • सहयोग रकम को पार्दर्शिता
  • बिधालय सन्चालनमा निरन्तरता को ग्यारेन्टी
  • नि०मा०बि० लाइ सरकारी स्विकृति मिले  पछि मा०बि० निरन्तरतामा सहयोग
  • मा०बि० लाई पनि सरकारी स्विकृति मिले पछि सोहि खाता बाट आउने ब्याजले कम्प्युटर शिक्षा तथा
पुस्तकालय स्थापना मा सहयोग
  • भौतिक संरचनाहरु को बिस्तार र संभार मा सहयोग
  • अतिरिक्त क्रियाकलाप हरु तथा उच्च अंकमा एस०एल०सि पास गर्ने बिधार्थीहरुको सम्मान एबम पुरुस्कार
अन्त त चन्दा सहयोगिहरुलाई आत्मसन्तुष्टि उहाँहरुको योगदान दिर्धकाल सम्म रहि रहनेछ। सबैलाई
गर्व लाग्नेछ कुनै बेला गरेको सहयोगले धेरै राम्रो काम भएको मा। पछिका पुस्ताले पनि यो क्रमलाई
निरन्तरता दिने प्रेरणा मिल्ने छ। अनि यो भन्दा पनि प्रभावकारी योजनाहरु सन्चालन हुन सक्नेछ।
अन्तमा हाम्रो अपिल
आदरणिय देश बिदेशमा रहुनु हुने दाजुभाई दिदी बैनीहरु,
जति सक्नु हुन्छ सक्ने सहयोग गर्नुस। हाम्रो गाउँ सुशिक्षित,सबल, सम्पन भयो भने मात्र हाम्रो सम्पन्नता
को गर्व हामी सबैलाई हुनेछ। बिधोद्वय पा०बि०लाई नि०मा०बि० बनाउने कार्यमा सबैले सहकार्य गरिदिनु हुन
बिनम्र अनुरोध गरिन्छ।
हामीले हातमा हात मिलायौ भने अवको पुस्तालाई स्कुल खोज्दै बसाई सर्ने बाध्यता बाट मुक्त गर्ने छ।
उत्कृष्ट शिक्षा आफ्नै आँगनमा दिन सक्ने सफल बिधालयको निर्माण गरौ। आऔ सबैले साझा प्रण गरौ
थोपा थोपा मिलेर समुन्द्र बन्छ। सक्ने को सहयोग गरौ।

हामीले बिधोद्वय प्रा०बि०,वाखेतलाई नि०मा०बि- मा०बि० हुदै +२ सम्म लैजान योजनाको लागि तैयार गरिएको अनुमानित आर्थिक स्रोतको लागी घरधुरि सहयोग सहकार्य, पेन्सनहरुको सहयोग सहकार्य र बैदेशिक रोजगारमा हुनु हुने हरु को अनुमानित नामावली यसरी अनुमान गरिएको छ। यो सुचीकाम नामहरुलाई स्कुलब्यबस्थापन-सन्चालन समितिले पुर्णरुपमा शु्द्वरुपमा तैयार गर्ने छ। यो अनुमानको लागी छोटो समयामा तैयार पारिएको ले छुटेका नामहरु र अशुद्व (सांकेतिक) नामहरुको लागी क्षेमा माग्दछु तथा सबैलाई शुद्व नामवली तैयार पार्न को लागी सहकार्य गरिदिनु हुन तथा बिधोद्वय प्रा०बि० –वाखेतलाई नि०मा०बि- मा०बि० हुदै +२ सम्म लैजान योजनालाई सफल पार्न को लागी सल्लाह, सुझाव आर्थिक एबंम नैतिक सहयोगको लागी स्कुल सन्चालन समितिको को तर्फबाट बिनम्र अनुरोध गर्दछु।  स्कुललाई कसरी सफलरुप मा सन्चालन गर्न सकिन्छ सुझाव तथा स्कुल समितिको बारेमा पुर्ण जानकारीको लागी स्कुलको आधिकारिक email: education_sansar@yahoo.com मा ईमेल गर्नु होला।

बिदेश र काठमाडौ बाट हामीले फिक्स कोष, बिदेशको “चिनो” र काठमाडौ को “उपहार” को यो कारणले पनि फिक्स कोषको रुपमा परिकल्पना गरेका छौ कि- स्कुल स्तरउन्नती र सन्चालनको लागी हामीले गरेका सबै अनुमानित स्रोतहरु निरन्तर स्रोत होईनन। बैदेशिक रोजगारमा हुनेहरु को सँख्या आर्थिकमन्दी या अन्यकारण घटवढहुन सक्छ। पेन्सनवालाहरुको मृत्यु भएर कम हुन सक्छ गाउँका घरधुरीहरु सहयोग/काठमाडौ सहयोग बसाई सराई र पलायन ले प्रभाबित हुन सक्छन। तर एक पटक हामीले ईमन्दारिता पुर्वक हाम्रो गाउँ,समाज,स्कुललाई अबिश्वास,शंका र निराशाको चश्माले होईन बिश्वास, आशा र सम्भावना को आँखाले हेरौ र सबैले आफ्नो ठाउँ बाट आफुले गर्न सक्ने योगदान स्कुलको बिदेशको “चिनो” र काठमाडौ को कोष “उपहार” को लागी सक्ने आर्थिक स्रोत जम्मा गरेर फिक्स कोष ( स्कुलले मुलधन नमास्ने तर फिक्स खाताको ब्याजले स्कुल सन्चालन मा उपयोग गर्ने) बनाउन सक्यौ भने हामी हाम्रो लक्ष्यमा सजिलै पुग्न सक्छौ। तसर्थ सबैले बैदेशिक रोजगार बाट “चिनो”कोषलाई र काठमाडौ वाट “उपहार” कोषलाई आफ्नो ईच्छाले सहयोग गरौ । चिनो कोष मा हामीले अनुमानित २५ लाख जम्मा गर्ने लक्ष्य राखेका छौ र काठमाडौ बाट पनि “उपहार” कोष मा राम्रो रकम जम्मा हुने आशा राखेका छौ। काठमाडौको उपहार कोष १५ जनवरी २०११ बाट मात्रै शुरु हुने भएकोले र बिदेशमा जस्तो जतिल प्रकृया काठमाडौ मा नभएको ले काठमाडौ कोष को तैयारी स्कुल सन्चालन समितिले बिस्तारै गर्दैछ। खाता यो मुख्य गरेर बिदेशमा सहयोग मान्ने क्रम मा तैयार गरिएको हो।

नेपालमा अनुमानित घरधुरी सहयोग- बिदेशमा अनुमानित दाता- भु०पु० आर्मी पेन्सनरहरु निम्न छन। छुटेका थप्नुहोला सांकेतिकनामहरु सच्चाउनु होला।

क्र०स० अनुमानित घरधुरी सहयोगी सुची वडा नं० क्र०स० अनुमानित सहयोग दाताको नाम काम गर्ने देश
1 GOU NARAYAN PAIJA 6 1 TEJENDRA THAPA ASTARLIYA
2 HOM BDR PAIJA 6 2 LAXMI RAMJALI ASTARLIYA
3 RESHEM PAIJA 6 3 PIRTHIMAN RAMJALI ASTARLIYA
4 MAN BDR PAIJA 6 4 CHAKRA ROKA (Anaje) ASTARLIYA
5 GORE PURJA 6 5 CHAKRA ROKA (Taltole) BAHRAIN
6 KUSHE ROKA 6 6 TUL PARSAD ROKA BHARAIN
7 KHADKA BDR ROKA 6 7 KUSHE ROKA BHARAIN
8 MADHU ROKA 6 8 POK BDR PAIJA BHARAIN
9 BAL BDR ROKA 6 9 SANDIP THAPA (TILOK’S BHAI) BHARAIN
10 SHER BDR PUN 6 10 BAL BDR ROKA BHARAIN
11 KUM RAJ PURJA 6 11 DABILE KALA KO BABA BHARAIN
12 HARKA BDR ROKA 6 12 CHABI LAL PUN CONGO
13 KISHOR ROKA 6 13 KHIM BDR PAIJA DUBAI
14 GORE ROKA 6 14 LOK BDR BHAI MAILA DUBAI
15 HA. HARKA BDR ROKA 6 15 ANCHAL BK DUBAI
16 GOU BDR ROKA 6 16 DARJI MAILA KO BHAI (DAHA) DUBAI
17 BHIM BDR ROKA 6 17 KHADKA B. PAIJA EQADOR
18 BHAKTI2 6 18 KESHAB PUN HONGKONG
19 KALU ROKA 6 19 MAYA RAMJALI HONGKONG
20 HARI BUDHATHOKI 6 20 RAJ KUMARI THAPA HONGKONG
21 LAURE KO AMA 6 21 SILA RAMJALI HONGKONG
22 BHAKTI1 6 22 HIRA DEVI RAMJALI HONGKONG
23 MAILA KO BABA 6 23 KALU ROKA INDIA
क्र०स० अनुमानित घरधुरी सहयोगी सुची वडा नं० क्र०स० अनुमानित सहयोग दाताको नाम काम गर्ने देश
24 KASURE KO BABA 6 24 PARKASH PUN INDIA
25 KARKULE KO BABA 6 25 RAM BDR THAPA INDIA
26 KUM RAJ BK 6 26 RAM CHANDRA PUN INDIA
27 BIRKHA BDR B.K. 6 27 DAMAN SHING”KANCHO” INDIA
28 BAL KUMARI BK 6 28 DIL BDR BUDATHOKI INDIA
29 YAM BDR BK 6 29 GOBIN ROKA INDIA
30 GOPAL BK 6 30 INDRA PAIJA (SANU) INDIA
31 YAM BDR BK2 6 31 JHAPLE PAIJA INDIA
32 GANGE PAIJA 7 32 THIR BDR ROKA IRAQ
33 DANA MA DARJI2 6 33 KAMAL PUN ( NARMATI’S SON) IRAQ
34 DANA MA DARJI1 6 34 KAMAL PUN (PAKHA) IRAQ
46 JHAPLE PAIJA 7 35 TIL BDR RAMJALI IRAQ
47 PREM ROKA 7 36 YAM PARSAD GARBUJA IRAQ
48 NARAYAN ROKA 7 37 YOU KUMAR ROKA IRAQ
49 DANA MA DARJI3 6 38 KUMAR ROKA (GHARULE) IRAQ
50 DANA MA DARJI4 6 39 MAN PARSAD ROKA IRAQ
51 BABU RAM BK 6 40 NAR BDR PAIJA IRAQ
52 TUL BDR THAPA 7 41 NARE KO BHAI IRAQ
53 GHAGAWATI PAIJA 7 42 PURNA BDR PUN (PAKHA’S) IRAQ
54 RATNA BDR PAIJA 7 43 RAJU ROKA IRAQ
55 BHIM BDR PAIJA 7 44 RESHAM PAIJA IRAQ
56 KUMARAJ NEXT HOUSE 6 45 CHETRA BDR PUN IRAQ
57 KU-2 6 46 DILIP GARBUJA IRAQ
58 NARE BK 6 47 GAJENDRA PUN IRAQ
59 SUNAR-1 6 48 GUNU PURJA IRAQ
60 TEK BDR THAPA 7 49 RAMESH PAIJA JAPAN
61 TUL BDR PAIJA 7 50 KUMAR ROKA (ANAJE) KOREA
62 PURNA BDR PAIJA 7 51 KUMRAS PURJA KOREA
क्र०स० अनुमानित घरधुरी सहयोगी सुची वडा नं० क्र०स० अनुमानित सहयोग दाताको नाम काम गर्ने देश
63 THAM BDR THAPA 7 52 PURNA KUMAR ROKA KOREA
64 BHESH BDR THAPA 7 53 BHABINDRA PAIJA KOREA
65 HIRA THAPA 7 54 CHUNU PAIJA KOREA
66 HARI LAL PAIJA 7 55 HARK BDR ROKA KOREA
67 KHIM BDR THAPA 7 56 PREM ROKA (KUSE’S SON) KUWAIT
68 RAM BDR THAPA 7 57 SAYANU PUN KUWAIT
69 KUM RAJ RAMJALI KO BABA 7 58 TEK BDR PAIJA MALAYSIA
70 INA BDR PUN 7 59 TUL BDR PAIJA MALAYSIA
71 KUM RAJ RAMJALI 7 60 SHYAM PARSAD DARJI MALAYSIA
72 NAULI MAYA AMA 7 61 POST BDR PAIJA POLAND
73 BHABINDRA PAIJA 7 62 KUMAR RAMJALI PORTCUGAL
74 RAM PAIJA 7 63 KESH BDR ROKA QATAR
75 NAR BDR PUN 7 64 TILKO BK QATAR
76 GUNU PURJA 7 65 KHADKA ROKA QATAR
77 GAMBAR BDR PUN 7 66 KHIM BDR ROKA QATAR
78 SUKTA LALA ROKA 7 67 TULU THAPA QATAR
79 JOKHE ROKA 7 68 YOU KUMAR THAPA QATAR
80 TAK BDR PUN 7 69 KUMAR ROKA BATO MUNI QATAR
81 PAKHA MAYA KO BABA 7 70 MOTE QATAR
82 CHUNU PAIJA 7 71 AMAR THAPA QATAR
83 KALI PARSAD PAIJA 7 72 BABURAM BK QATAR
84 BEGAM PAIJA 7 73 CHAK BDR ROKA QATAR
85 THIR BDR PAIJA 7 74 DIPAK JAISHI (BHEDI KHARKA) QATAR
86 KARNA BDR THAPA 7 75 GOU BDR ROKA QATAR
87 KRISHNA BDR PAIJA 7 76 JANGA LAL PAIJA QATAR
88 POSTA PAIJA 7 77 JAY PARSAD PURJA QATAR
89 SINAR KALLE 8 78 TILAK THAPA SAUDI
90 KHIM BDR BUDHA THOKI 8 79 TUL B.PUN SAUDI
क्र०स० अनुमानित घरधुरी सहयोगी सुची वडा नं० क्र०स० अनुमानित सहयोग दाताको नाम काम गर्ने देश
91 RAJU ROKA 8 80 LAGU SAUDI
92 SETE KAMI 8 81 LAL BDR PUN SAUDI
93 MANBIR 8 82 LAL BDR. BUDATHOKI SAUDI
94 NEXT MANBIR-1 8 83 LOK BDR RAMJALI SAUDI
95 NEXT MANBIR-2 8 84 MAN BDR. BK SAUDI
96 NOULE 8 85 NAR BDR ROKA SAUDI
97 MURALA 8 86 NAULE SARKI SAUDI
98 BHANTE 8 87 PURNI MAYA KO BHAI SAUDI
99 SURYA 8 88 RAM PAIJA SAUDI
100 SURAI KO DAI1 8 89 RAMU DAI PAIJA SAUDI
101 SURYA KO DAI2 8 90 SHIVA ROKA SAUDI
102 SURYA KO DAI3 8 91 SUKTALAL RAMJALI SAUDI
103 GOFE ROKA 7 92 BAST ROKA SAUDI
104 FAKTI RAM ROKA 7 93 BIRENDRA PURJA SAUDI
105 BHESH BDR THAPA 7 94 Brindra Purja SAUDI
81 YAM BDR RAMJALI 8 95 CHAK BDR RAMJALI SAUDI
82 BHABI LALA RAMJALI 8 96 CHAKRA PUN SAUDI
83 PIRTHIMAN RAMJALI 8 97 DILIP KO BHAI SAILA SAUDI
84 LAL BDR PAIJA 8 98 GANGA DARJI “ SAUDI
85 MAN BDR ROKA 8 99 GORE THAPA SAUDI
86 KUMAR ROKA 8 100 INDRA DARJE (DADA MA KO ) SAUDI
87 BIRENDRA PURJA 8 101 BINOD ROKA SINGPURE
88 BHIM BDR RAMJALI 8 102 KALIA KO DAI UK
89 OME THAPA 8 103 KALUSHING ROKA UK
90 RESHAM BUDHATHOKI 8 104 TIKA RAMJALI UK
91 TILKO THAPA 8 105 TORAN RAMJALI UK
92 JAMA LAL THAPA 8 106 KISHOR ROKA UK
93 THAGU PAIJA 8 107 KUL BDR RAMJALI UK
क्र०स० अनुमानित घरधुरी सहयोगी सुची वडा नं० क्र०स० अनुमानित सहयोग दाताको नाम काम गर्ने देश
94 TIKA PAIJA 8 108 TAK BDR PAIJA UK
95 DHABINRA PURJA 8 109 APPIN ROKA UK
96 BASTE ROKA 8 110 BIR BDR THAPA UK
97 CHAKGE ROKA 8 111 HARI LAL ROKA UK
98 SUKTALAL RAMJALI 8 112 JEEBAN KO BABA UK
99 THAUGE THAPA 8 113 NAR BDR RAMJALI USA
100 AMAR THAPA 8 114 BIKAS RAMJALI USA
101 LALE PUN 8 115 BISHAL RAMJALI USA
102 CHAKRA PUN 8 116 CHET PUN USA
103 THAUGE THAPA 8 117 GOFI KO CHORA1(GOTTEKHOR)
104 MAN BDR PUN 9 118 KALA KO BHAI (DABILE)
105 DIL BDR PUN KO BABA 9
106 DAMAI DHULA 9
107 SHAYAM PARSAD DARJI 9 क्र०स० पेन्सन वालाहरु को नामाबली वडा नं०
108 GOPAL ROKA 9 1 GOU BDR ROKA 6
109 SER BDR PUN 9 2 HARK BDR ROKA 6
110 LOK BDR PUN 9 3 PREM BDR BUDATHOKI 6
111 KANCHO MAMA 9 4 DALL KO BABA 6
126 DIL BDR PUN 9 5 SER BDR PUN 6
127 LAL BDR PUN 9 6 SERE KO BABA 6
128 CHANDRE ROKA 9 7 SAYANU INDRA PAIJA’S AAMA 6
129 GAJENDRA ROKA 9 8 BHABINDRA KO AMA 7
130 PURNI MAYA KO BABA 9 9 BHIM BDR PAIJA 7
131 KUMAR ROKA 9 10 THIR BDR PAIJA 7
132 TEK BDR ROKA 9 11 CHAK BDR PAIJA (BANDAPARI) 7
133 TEK BDR KO BHA 9 12 DAL BHAKTA PAIJA 7
134 SAYANU PUN 9 13 GAMBER BDR PUN 7
135 LALA MAYA ROKA 9 14 GUNU AMA 7
क्र०स० अनुमानित घरधुरी सहयोगी सुची वडा नं० क्र०स० पेन्सन वालाहरु को नामाबली वडा नं०
136 SIVA KO KANCHAU 9 15 KALI PARSAD PAIJA 7
137 DILIP GARBUJA 9 16 IN BDR PUN 7
138 KOLO SHING ROKA 9 17 NARDEVI AMA (CHOUTARABOT) 7
139 LOK BDR RAMJALI 9 18 TEK BDR THAPA 7
140 PREM MAYA RAMJALI 9 19 DHAN MAYA BAJAI 7
141 BAIRAKI THULAU 9 20 THIR BDR PAIJA (DEMBERBOT) 7
142 HEME KO MAMA 9 21 MAJJA BAJE 8
143 TIL BDR RAMJALI 9 22 BATILA KO BA 8
144 GOBIND ROKA 9 23 BHIM BDR RAMJALI 8
145 BINDU ROKA 9 24 AMAR THAPA’S AAMA 8
146 KALA KO BABA 9 25 LAL BDR RAMJALI 8
147 DABILE KAILA 9 26 LOK BDR AMA 8
148 DAMAN SHING KETA 9 27 BIR BDR RAMJALI 8
149 DIL BDR BUDHATHOKI 9 28 RESHEM KO AMA (CHARABOT) 8
150 TEK BIR BUDHA THOKI 9 29 TEK BIR BUDATHOKI 8
30 CHANDR BDR ROKA 9
31 KALU SHING ROKA 9
32 TIKA ROKA’ BABA 9
33 TEK BDR ROKA’S BABA 9

कृपया छुटेका नामहरु लिस्टमा थप गर्नुहोस । भुल सुधार गर्न सहयोग  गर्नुहोस।

फण्ड निर्माण क्रम मा थुप्रै किसिमका कुराहरु उठे छलफलका क्रम मा उठेका कुराहरुलाई बुदागत रुपले प्रस्तुत गरिएको छ।                                                                                    .

1.        सहयोग फन्ड “चिनो” स्कुल को भवन निर्माण लगायत अन्य प्रयोजनको लागी प्रयोग गर्न नपाउने।

2.        यो फन्डको खर्च शिक्षक- शिक्षकाको तलवको लागी मात्र प्रयोग हुनु पर्ने।

3.        बिदेश बाट जम्मा भएको फन्डको स्कुल सन्चालन समितिले बार्षिक ब्याज मात्रै उपयोग गर्ने र मुलधन मास्नु नपाउने

4.        यो फन्ड नि०मा०बि० लाई सरकारी मान्यता पाए पछि मा०बि० सन्चालनको लागी निरन्तर रहिरहने।

5.        अर्को बिषेश परिस्थितिमा बाहेक पुन: बिदेशमा चन्दा नमाग्ने, कोषको पार्दर्शितामा ध्यान दिने

6.        स्कुल व्यवस्थापन समिति वाहेक अभिभावकहरु को पनि अलग समिति बन्नु पर्ने।

7.        स्कुल ब्यवस्थापन समितिले हरेक महिना को लेखा अभिभावक समितिलाई बुझाउने। अभिभावक समितिले अनावश्यक खर्चहरुमा प्रश्न गर्न पाउनेछन। लेखालाई अडिट गर्नेछन।

8.        यो बिदेश बाट उठेको फन्डको नाम “चिनो” राख्नु पर्ने र चिनो जस्तै यो जुगौ सम्म रहि रहनु पर्ने । ( बिदेशको जागीर सबैको स्थायी होईन। त्यसकारण आफुले काम गरेको ठाउँको कमाईलाई स्कुलको लागी चिनो को रुपमा प्रदान गरेको ले )

9.        सहयोग योगदान गर्नेहरु को सुची यो कोषलाई सहयोग गर्नु हुने दाताले जम्मा गरेको मिति को क्रम मा नै सुचिकृत हुनु पर्ने।

10.     स्कुलको खातामा बिदेशवाट “चिनो” फन्डको लागी नगद जम्मा हुन थाले को दिन देखी नै बैक स्टेटमेन ईमेल मार्फत सम्पर्क सदस्यहरुले उपलव्ध गराएको ईमेलहरुमा दैनिक मेल गरिनु पर्ने।

11.     सम्पर्क सदस्यहरुले प्रगति बिबरण बिभिन्न माध्यम बाट दाताहरु सम्म पुराउने र सहयोग , सहकार्यको लागी धन्यवाद दिने।

12.     यसरी जम्मा भएको रकमलाई बैक सम्म सम्झौता गरेर बिश्वासिलो बैकमा राम्रो ब्याज दरमा बार्षिक ब्याज आउने गरी फिक्स गर्ने र यो प्रकृया हरेक बर्ष दोहराउने।

13.     यो फिक्स खातामा जम्मा गर्नु भन्दा पहिले अभिभावक र स्कुल व्यबस्थापन समिति को समुहिक बैठक गर्ने अनि एक मुस्ट राख्दा सुरक्षित हुन्छ कि दुई भागमा राख्दा सुरक्षित हुन्छ सल्लाह गर्ने र बिश्वासिलो बैकमा राख्ने।

14.     फिक्स खातामा राखेको खाताको कपि जहाँ बार्षिक ब्याजदर कति % र कुल ब्याज नगदमा कति हुन्छ प्रस्ट साधारणले बुझ्ने गरि  बिदेशमा चन्दा सँकलन गर्न सहयोग गर्ने सबै सम्पर्क सदस्यहरुलाई धन्यवाद सहित पठाउने।

15.     अनि स्कुल निरन्तरताको सबै समितिहरुले साझा प्रतिबद्वता गर्ने र स्कुललाई हाम्रो लक्ष्य सम्म पुराउने।

16.     फन्ड सँकलन कै क्रम मा गाउँ को मर्दा र पर्दा को अप्ठ्यारो टार्ने को लागी अपतकालिन सहयोग कोष जम्मा गरिनु पर्ने बिचार पनि आयो। यो बिचार राम्रो र ब्यावारिक छ। तर अहिले नै यस्को लागी जाँदा दाताहरु लाई थप आर्थिक भार पर्ने हुनाले यो बिचारको सम्मान स्बरुप हामी हाम्रो स्कुल सन्चालन कोष मा २५ लाख सँकलन लक्ष्य भन्दा माथी पुग्न सफल भयो भने यो रकम भन्दा माथी उठेको रकमलाई मर्दा र पर्दा कोष नामकरण गरि समिति निर्माण गरेर समाजको हितको लागी परिचालन गर्ने। मर्दा को बेलामा निस्चित महिना को लागी फिर्ता गर्ने गरि निस्चित रकम बिना ब्याज सहयोग गर्ने। पर्दा को लागी ( बिबहा, बर्तबन्ध, गुन्युचोली) मा फजुल खर्च नगर्ने गरी निस्चित रकम सहयोग चाहिने लाई परिचालन गर्ने र सेवा दस्तुर सहमति मा ५००, १००० बैठकको निर्णयले सहयोग फन्ड मा थपिने गरि परिचालन गर्ने। कारणबश हामी हाम्रो स्कुल सन्चालन कोष मा २५ लाख सँकलन लक्ष्य मा पुग्न सकेनौ भने मर्दा पर्दा कोषको लागी भबिस्यमा पहल गर्ने सल्लाह भयो।

17.     बिदेशमा यो फिक्स फन्डको कुरा चल्दा धेरै जसो साथीहरुले यो फन्ड दिर्धकालको लागी भएको र स्कुलको निरन्तरता र भबिस्य सुनिस्चितताको लागी भएको  ले खास गरी काठमाडौमा बसोबास गर्नु हुने वाखेतेहरु को पनि उहाँहरुले गाउँलाई गर्नु भएको योगदान स्वरुप यस्तै खालको फिक्स फन्डको लागी सहयोग माग्नु पर्ने धारणा अगाडी आयो। काठमान्डौ बाट जति पनि सहयोग हुन्छ यो हाम्रो बिधोद्वय प्रा०बि०लाई नि०मा०बि० – मा०बि० हुदै +2 सम्म लैजानको लागी उहाँहरुको योगदान को कदर स्वरुप फिक्स अवधारणा को फन्ड बन्नु पर्ने कुरा उठ्यो।

18.     बिदेशमा र काठमाडौ मा फिक्स फन्डको आवधारणा उठ्नु पर्ने कारण-

  • सहयोग रकम को पार्दर्शिताको लागी
  • हामीले हरेक कुरामा काठमाडौ, र बिदेशको सहयोग को आसा राख्दछौ। काठमाडौ बाट सोचे भन्दा बढि सहयोग पाउछौ तर प्रगति बिबरण र पार्दर्शिताको सवालमा कम्जोर देखिन्छौ हामी हरु यो चलन को अन्त गर्न को लागी
  • मन्च बनाउदा, स्कुल ग्राउण्ड सुधार गर्दा, स्कुल भवन निर्माण गर्दा हामीले जहिले पनि काठमाडौ मा गुहार मागेका छौ यो पटक को सहयोग स्कुलको निरन्तरताको लागी कोषको रुपमा एकिकृत रुपले हुनेछ। साँचो अर्थमा भन्ने हो भने हाम्रो भबिस्यको सपना बिधोद्वय प्रा०बि०लाई नि०मा०बि० – मा०बि० हुदै +2 सम्म पुराउन को लागि उहाँहरु को सहयोग को खाँचो छ र उहाँ हरुले गर्नु हुने सहयोग लाई सम्मान गर्न र दिर्धकाल सम्म यादगार बनाउन बिदेशमा रोजगार गर्ने हरु को सहयोग को फन्ड “चिनो” जस्तै काठमाडौ को उपहार सम्झी “उपहार फन्ड” निर्माण गर्नु जरुरी छ। चिनो फन्ड र उपहार फन्ड बाट आउने बार्षिक ब्याजमा स्थानिय स्रोत थप गर्यो भन्ने हाम्रो स्कुल निरन्तरता र लक्ष्य प्राप्त गर्न कुनै आर्थिक कठिनाई पर्ने छैन।
  • चिनो फन्ड र उपहार फन्ड सफलताको साथ निर्माण गर्न सक्यौ भने हाम्रो लक्ष्यमा पुग्ने ग्यारेन्टी छ।
  • पार्दर्शिता र प्रगति रिपोर्ट बुझाउनु, बिदेश, काठमाडौ को बिचमा भावनात्मक नजिकपनको लागी
  • समग्रमा हामीले गरेको कामको परिणाम दिर्धकाल सम्म फलदायी बनाउन को लागी

19.     स्कुललाई आवस्यक पर्ने भवन को सम्वन्धमा

सन्भव भए जिल्ला शिक्षा कार्यलय वाट पहल गर्ने, नभए भवनको लागी आर्थिक भार स्थानिय स्रोत बाट नै गर्नेहाम्रो परम्परागत हरेलो मेला को ग्राउण्ड र स्कुल एउटै स्थान मा भएकोले स्कुल मेला लाग्ने समायमा पठनपाठनमा हुने तथा निकट भविष्यमा स्कुल बिस्तारको लागी हरेलो मेला को बिकल्पिक ग्राउण्ड निर्माण गर्ने बारे छलफल गर्ने। जस्को लागी हरेलो ग्राउण्डको दक्षिण च्यानकाटे को खाली पाखा तिर कसरी ग्राउण्ड निर्माण गर्न सकिन्छ छलफल गर्ने। भबिष्यमा ८ कक्षा देखी माथी +2 सम्म पुराउने हिसावले दिर्धकालिन योजना अनुरुप स्थलको निर्माण मा ध्यान दिने।

20.     शिक्षक- शिक्षिका चयनमा सन्चालन समिति-अविभावकको बिचमा छलफल गर्ने र योग्य शिक्षक- शिक्षिका चयन गर्ने

21.     हरेक बर्ष १/१ कलास अंग्रेजी मिडियम मा बढाउदै लैजाने। १,२,३,४,५ का बिधार्थीलाई शुक्रवार शनिवार गाउँकै भोलेन्टियर +2 वाट टुयुसन (गणित, अंग्रजी) पठाउन मा प्रेरित गर्ने, यसो गर्दा केटा केटी लाई पनि वुझ्न सजिलो पर्ने र भविष्यमा टिचर बन्न चाहाने +2 हरुलाई पनि आफ्नो क्षमता सुधार गर्ने मौका मिल्ने

22.     कलास ५ देखीमाथि का बिधार्थीलाई (गणित, अंग्रजी)  अनिवार्य टिउसन को ब्यवस्था गर्ने । सके सम्म +2 भोलेन्टियरहरुको सहयोग लिने यो सम्भव भएन भने सहमतिय फि स्कुलले वहन गरेर भए पनि विधार्थीलाई नि:सुल्क टिउसन दिने।

23.     अन्त त हाम्रो स्कुलले हरेक स्तरमा प्रतिस्पर्धा गर्न सक्ने सक्ष‍म बिधार्थी तैयार गर्नु पर्ने।

24.     हाम्रो भबिस्यको सपना बिधोद्वय प्रा०बि०लाई नि०मा०बि० – मा०बि० हुदै +2 सम्म पुराउन को लागि सदैव एकजुत हुने जाति,धर्म र राजनिति भन्दा माथी उठेर हाम्रो एकतालाई निरन्तरकायम राख्ने । सवैको सहकार्य को उचित सम्मान गर्ने र खुल्ला मनले सवै दाताहरुलाई धन्यवाद दिने। समग्रमा हामीले देखेको सपना बिधोद्वय प्रा०बि०लाई नि०मा०बि० – मा०बि० हुदै +2 सम्म पुराउने सपना लाई साकार पार्ने

बैदेशिक रोजगारमा हुनु हुने सवै सहयोगी दाताहरु सँग कुराकानी र छलफलको साराँश

राम पाईजा साउदी अरव

धन्यवाद्

बैदेशिक रोजगारमा हुनु हुने सवै सहयोगी दाताहरुको बिचार संकलक

राम पाईजा – साउदी अरब

******************************************************************************************************************

चिनो कोषको लागी स्कुलको ब्यबस्थापन समितिले गर्नु पर्ने कार्य सुचिहरु

1.        १ सेप्टेम्वर २०१० बाट बिधिबत “चिनो” कोषको शुरुबाट हुने हुनाले सो अगाबै अभिभाबक र ब्यबस्थापन समितिको बैठक बोलाउने । कोष निर्माण र रकम हस्तान्तरणको प्रकृया बारे सबैलाई जानकारी गराउने —(चिनो कोष को लागी पहिलो बैठक)

2.        बैठकमा कुन कुन बार बैकम रकम डिपोजित गर्ने हो निर्धारण गर्ने र बिदेश बाट आएको सहयोग को रकमलाई स्कुलको सुरुबाटी खातामा जम्मा गर्ने जम्मा गर्दा बिबरणमा यसरी आउने बनाउने ( उदाहरण- Ram B. Paija — Saudi Arab– VIA–Dal Bhakta Paija — Rs.- 15,000। ) ( सहयोग दाताको नाम ——– दाताले काम गर्ने देश— नेपालमा बैकमा रकम को मार्फत पठाएको जम्मा गराउने को नाम————– रकम)

3.        बिदेशमा रोजगार गर्नु हुने रोजगारदाताको नाम घरपरिबार मार्फत शुद्वरुप मा नामाकंन गर्ने गरेर बिदेशमा सम्पर्क सहयोगीहरुलाई उपलब्ध गराउने सम्भव भए टेलिफोन नं सहित। यो सम्भव नभए घर परिबारको सदस्यलाई नै स्कुलको कार्यक्रमको बारेमा जानाकरी पठाउन र सहयोग को लागी अनुरोध गर्न लगाउने।

4.        सम्भव भए हरेक हप्ता अन्तमा कति जम्मा भयो बैक मार्फत नै बिदेश बाट सम्पर्क सहयोगीहरुको ईमेल मा मेल गर्न लगाउने या स्कुल ब्यबस्थापन समितिका कुनै सदस्यले ईमेल गर्ने।

5.        यो प्रकृया ३१ दिसेम्वर २०१० सम्म चल्छ दिसेम्वरको अन्तमा खाता यो बर्षको लागी बन्द गर्ने र जनवरी को पहिलो साता भित्र बिस्वासिलो बैकमा राम्रो ब्याजदर मा १ बर्षे फिक्स खातामा डिपोजित गर्ने र फाईनल बैक स्टेटमेन सहित बिदेशबाट यति रकम भयो र फलानो बैकमा यति ब्याजदर मा फिक्स भयो र ब्याज यति रकम हुन्छ साधारणले बुझ्ने गरि सबैलाई सुनाउने तथा बिदेसमा सम्पर्क सदस्यले उपलब्ध गराएको ईमेल मा ईमेल गर्ने।

6.        यो कोष सुरु भएको दिन देखी हरेक महिना को पहिलो हप्ता अभिभावक र ब्यबस्थापन समितिको बैठक बोलाउने र जम्मा भएको रकम सबैलाई सुनाउने र बिदेशबाट सम्पर्क हुन नसकेका सहयोगि दाताहरुलाई अभिभावक मार्फत सम्पर्क गर्न लगाउने

7.        चिनो कोष को ३१ दिसेम्वरमा २०१० मा पहिलो चरण वन्दहुने भए पनि कारण बस यो अबधिमा सहयोग गर्नु छुट्नु भएका तथा १ जनवरी २०११ देखि उता बैदेशिक रोजगारमा जानु भएका सहयोगीहरुले सहोग रकम जम्मा गर्न मिल्ने गरि “चिनो-बि” खाता खुल्ला भएको सबैलाई जनाकारी गराउने र हरेक बर्ष अन्तमा “चिनो-बि”मा जम्मा भएको रकमलाई चिनो कोषमा सार्ने र चिनोकोषको फिक्स रकम यति भयो भनेर बैकमा सुनाउने तथा ईमेल बिदेशमा पठाउने । यो प्रकृया हरेक बर्ष दोहोराउने।

8.        नोट************** यो चोटी चिनो कोष मा सहयोग गर्नु हुने सहयोगीले( बिदेशबाट)  आउदो ५ बर्ष सम्मलाई स्कुलको लागी सहयोग गर्नु पर्ने छैन। ब्याक्तिगत रुपमा बाहेक सँस्थागत रुपमा************ सबै अभिभावकलाई सुनाउने।

9.        १ जनवरी २०१६ लाई चिनो-२ स्कुल सहयोग कोष को रुपमा पुन सहोगको पहल गर्ने र यो चोटी को सहोग रकम स्कुलको भौतिक निर्माणमा उपयोग गरिने भिजन सबैलाइ सुनाउने।

10.     १ जनवरी २०११ को पहिलो हप्तामा “चिनो कोष” लाई फिक्स गरे पछि प्राप्त डकुमेन्ट, बिदेश बाट पठाएको सहयोगको अन्तिम बैक स्टेटमेन्ट, स्कुलको भिजन, तैयारीहरु को प्रतिलिपि सहित वाखेत-काठमाडौबासीलाई काठमाडौ-वाखेत स्कुल“उपहार कोष” निर्माण र प्रकृया बारेमा बिनम्र अनुरोध गर्ने। स्कुल ब्यबस्थापन समिति, शिक्षक र अभिभावक को सदस्यहरुले काठमाडौ जाने र छलफल गर्ने। र सबैको सहमति र सल्लाह मा २०११ भित्र मा काठमाडौ-वाखेत “ उपहार” कोष निर्माण गर्ने र बिदेशको “चिनो” कोष जस्तै काठमाडौ को “उपहार” कोषको मुलधनलाई पनि कहिल्यै नमासिने तथा स्कुलको निरन्तर आयस्रोतको माध्यम बनाउने र बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ सम्म पुराउने अभियानलाई सफल पार्ने ।

****************************************************************************************

माथी उल्लेख नभएका थप नयाँ आर्थिक स्रोत को सम्भावना र खोजी- सुझाव

१.        सबैको पायक पर्ने ठाउँमा साझा हातबजार ( शनिवार) खोल्ने । स्थलहरु उपयोग गरे बापत सानो सुल्क स्कुल सँन्चालन कोषमा जम्मा हुने गरी उठाउने। हात बजार मा मधिराजन्य तथा चाउँ चाउँ बिस्कुट, मिठाई बाहेक का दैनिक उपभोग्य कुराहरु को सहज उपलब्ध गराउने। ५ बटै बडाले पालो पालो गरेर साधारण हातबजार मा आउने ग्राहककोलाई खाजा चियाको बन्दोबस्तो मिलाउने सो को लागी निस्चित शुल्क लिएर सामान्य शर्त भित्र रहेर सन्चालन ब्यबस्था मिलाउने

२.        हामीले निर्धारण गरेको बडा बाहिर बाट हात बजार मा समाग्रि बेच्न आउने बिक्रेतालाई निस्चित सुल्क निर्धारण गर्ने, फेन्सीपसलहरुलाई,मुल्य टासेर (बिक्रि मुल्य प्रस्ट भएको) मात्र कारोबार गर्नु दिने। के बेच्न पाउने के नपाउने समितिले निर्धारण गर्ने सके सम्म खेलौना, बरफ, आईसक्रिम जस्ता बहिरा बाट आयतित खाने कुराको स्टल नराख्ने।

३.        स्कुलले नानीहरुको लागी सस्तो, सफा, गुणस्तरिय सेवामुलक क्यन्टिन सबै बडाले १,१ महिना पालो पालो सन्चालन गर्ने र स्थानीय उत्पादनमा आधारित सेलरोटी, भुजिया, नमकिन, पकौडा, समोसा जस्ता परिकार सस्तो मुल्यमा स्कुल समायमा माग अनुसार उपलव्ध गराउने र आउने लाभ स्कुल को सन्चालन कोषमा जम्मा गर्ने। मिठाई बिस्कुट,चाउचाउ जस्ता बासी खानेकुरा को प्रयोगमा न्यूनिकरण गर्ने।

४.        लोकल टुरिजम, हातबजार टुरिजमको रुपमा फैलाउने, स्थानीय लोक कुखुराको मासु,मकैको च्याख्ला, ढिडो, जुस जस्ता स्थानिय स्तरमा उत्पादन हुने बस्तुको बजारिकरण गर्ने। निस्चित दर टोकेर खानाहरु उपलब्ध गराउने होटेल ब्यबसाय लाई आगाडी बढाउने र सो बाट आउने लाभाँशले बिधालय तथा गाउँको बिकास मा योगदान गर्ने।

५.        मार्केटिङ प्रोमो को रुपमा हरेक धरधुरिले रायो खेती तथा तरकारी खेतीमा ध्यान दिने, नगदे बालीहरु लगाउन र हात बजारमा लगेर बेच्न प्रेरित गर्ने। सबै भन्दा सस्तो तरकारी रायो प्रतिकिलो १ रुपैया भएको हात बजार बनाउने। १ रुपैया १ किलो रायो किन्न र स्थानिय ताजा तरकारी किन्नको लागी बेनी बाग्लुङ लगायत को स्थान बाट गाउँले र ग्राहक भित्राउने। यस्ले दुरगामी प्रतिफल दिनेछ र उत्पादन गर्न प्रेरित गर्ने छ।

६.        रायोको गुन्ड्रक, ड्राइ भेजिटेवल, स्कुसको,मुलाको सोल, धजरा, चना, पिडालु,आलु, जस्ता नगदे बाली उत्पादन गर्ने मा प्रेरित गर्ने हातबजार को मुख्य आर्कषण बनाउने।

७.        केबुल टिभि अपरेटरहरु सँग वाखेतले केबल प्रयोग शुल्क तिरे बापत स्यानो अशको छुट माग्ने र स्कुलको बिकास कोष मा योगदान गर्ने।

८.        स्थानिय स्तरका नेता, केन्द्रिय स्तरको नेताहरुलाई बिकास बजेट निकास को लागी र ब्याक्तिगत सहयोग को लागी अनुरोध गर्ने।

९.        स्थानिय स्तरमा बृहत छलफल गर्ने, आयआर्जन र जिबिकाको बारेमा। आयआर्जन राम्रो भयो भने गाउँको बिकास मा सजिलो हुन्छ।

१०.     ब्याक्ती र परिबारको सम्पन्नताले भन्दा हामी र हाम्रो सम्पन्नताले गाउँलाई, समाजलाई र समग्र देशलाई नै सम्पन्न गराउनेछ।

११.     हरेलो मेलालाई पहुना,ईस्टमित्र भेटधाट, रमाईलो मा मात्र सिमित नराखी स्थानिय उत्पादनको बजारीकरणमा ध्यान दिने

१२.     हरेक बर्ष हुने हरेलो मेला मा आम्दानी का नयाँ तरिकाहरुको खोज गर्ने, गुन्द्रुक गिफ्ट, पूख्यौली (खेलीगीत) प्रतियोगीता,सालैजो प्रतियोगीता, नौमतिबाजा प्रतियोगीता, नाटक प्रतियोगिता हरेक बर्ष एउटा न एउटा आक्रर्षण थप्ने

१३.     जस्तै गुन्द्रुक गिफ्ट योजना—पाँच वटै बडाहरुलाई रायो रोप्नु लगाउने र घर घर मा १०० ग्राम को पोकाको १० को को हिसावले मेला आयोजक समिति ले नै निम्न मुल्य मा किन्ने या स्कुल को लागि सबैले नि:शुल्क उत्पादन गर्ने र स्कुल लाई स्यानो सहयोग माग्ने र उपहार मा गुन्द्रुक उपहार गर्ने। ( उदाहरण – वडा मा ४० घर मात्र मान्दा हरेक घरले १ किलो गुन्द्रुक स्कुल समिति लाई बुझाउने, निम्न मुल्यमा, ३५ x १० पोका ३५० पोका ४ वडाले मात्र सहभागी जनाए भने पनि ३५० x ४ ‍= १४०० पोका हुन्छ। हरेक आगन्तुक पाहुना लाई २५ रुपैया स्कुल सहयोग कोष लाई मागेर गुन्द्रुक गिफ्ट दिन सक्यो भने १४०० x २५ = ३५००० सजिलै जम्मा गर्न सक्छौ अहिले को जमना मा २५ रुपैया दिनु गाह्रो हुने छैन बद्लामा गुन्द्रुक पाउने छन यो राम्रो टेस्टको भयो भने वाखेत को गुन्द्रुक को मार्केटिङ पनि हुन सक्छ। अर्को साल देखी गुन्द्रुक बेच्ने पसल पनि चल्न सक्छ। हरेलो मेलामा।

१४.     हरेलोमा हाता भन्दा बाहिर पनि हरेक वडाँमा  ४/४ घरको दरले  हरेलो पहुना गृह सन्चालन गर्ने निस्चित नियम  लाभको या शुल्क निर्धारण गरि सन्चालनको लागी प्रेरित गर्ने। ५ वडाले मात्र सहभागि जनाए पनि २० घरमा गेस्टहाउस हुन्छ। ६ दिन सम्म मात्र भए पनि हरेक गेस्टहाउसले दिन को ६ जान को दरले सेबा दिनसके पनि २० x १० ‍‌= २०० जनाले सेवा पाउने र २२५ रुपैया को १ दिने प्याकेज बनाएर हरेलो मेला अबधि मा ६ दिन सम्म सेबा दिन सक्यो भने  २०० x ६ x २२५ ‍ =२७०००० रुपैया को कारोबार हुन सक्ने छ। साथै मेला मनाउन आउने पाहुनाहरुले पनि सुबिधाको उपयोग गर्ने पाउने छन। कहाँ बस्ने र के खाने भन्ने समस्या सुल्झने छ। र मेला,गाउँले तथा स्कुल ले थप आर्थिक आर्जन गर्न सफल हुनेछन। हरेक वडाँ को ४ गेस्टहाउस मध्ये १ लाई बिषेश सुबिधा सम्पन्न, रिजर्भ कोठा भएको र अरुलाई समान्य कम बेडरुम भएको गेस्टहाउसको अवधारणा मा चलाउन सक्यो भने अबको हरेलो गाऊँलेको लागी खर्च गराउने धाटाको मेला होईन पैसा कमाउने अबसर पनि हुन सक्छ। यस्को मार्केटिङ कसरी गर्ने भन्ने बारे बिषेश समितिमा ठुलो गृहकार्य गरेर काठमाडौ,पोखरा,बाग्लुङ, बेनी, मुस्ताङ मा जनजातीहरु माझ लोकप्रिय हुदै गएको खेल तारो खेल लाई हरेलो मेला मा समावेश गर्ने र उनिहरुलाई नै आवासको पहिलो पहुनाको रुपमा खेलको ईन्ट्री शुल्कमा नै अलिकति थप शु्ल्क समाबेश गरेर खाने र बस्ने ब्यबस्थाको जिम्मा मेला आयोजक समिति ले नै मिलाउने। यसो गर्न सकियो भने निस्चित पाहुनाको पक्का हुन्छ। बिस्तारै अर्को साल देखी अग्रिम बुकिक सुबिधा सहित सन्चालन गर्न सकिन्छ। शुरुको बर्ष नै नाफा हुन नसके पनि यस्ले दुरगामी फाईदा दिने छ र ग्रामिण पर्यटनको मार्केटिङ पनि गर्न सहयोग पुग्ने छ । गाउँका आमा समुहहरुले यो सजिलै सन्चालन गर्ने सक्छन। मानौ हरेक वडामा ४ घर गेस्टहाउस चलायो भने सबै गेस्टहाउस को खाना एउटै चुलो मा पकाउने  र सप्लाई गर्ने , एउटै समितिले चलाउने हरेक वडाले आफ्नो वडा मा। यसो भयो भने मेवपावर पनि थोरैले काम चल्छ। खर्च पनि कम निस्किन्छ। होटेल को सुबिधाहरु प्रिपेड खाले हुनु पर्ने – मानौ कुनै पाहुनाले कुनै पनि पेय, या मिनु आईटम अर्डर गर्छ भने तत्काल उस्ले बिल बनाउने र भुक्तानी मागरे खाना केन्द्र बाट फोन मार्फत खाना अर्डर गर्ने र उपलब्ध गराउने। खाना केन्द्रले आफुले सप्लाई गर्न सक्ने मिनु पहिल्यै उपलब्ध गराउने र तैयारी अवस्था मा राख्ने ।

यो पाहुना घर चलाउन लाई लाग्ने मेनपावर

खाना एकै ठाउँमा पकाउने प्लान अनुसार एउटा वडाको लागी

पाहुना घर ईन्चार्ज – १ होटेलमा १ जना (मानौ वडामा ४ होटेल) ४ जना

डेलिभरि सहयोगी-२ जना ( सबैको लागी पालै पालो)

कुक-२ जना ( सबैको लागी)

सहयोगी-२ जना (सबैको लागी)

किचन ईन्चार्ज वा अर्डर लिने मान्छे- १ जना ( सबैको लागी)

११ जना मेनपावरले ४ होटेल चल्नु भनेको खर्च को हिसावले एकदमै किफायती प्लान हो। यसरी नै हरेक (४) वडाले यो प्लान मा भाग लिए भने हरेलो मा कम्तिमा पनि ४४ जनाले रोजगार पाउछन।

कार्य विभाजन

पहुना घर ईन्चार्ज- पाहुनालाई जरुरी पर्ने सुबिधाहरु हेर्ने, खाना अर्डेर लिने र भुक्तानी मागेर खाना बोलाउने, रातको समायमा, बेडरुम, बेड बिलाउने, खाना खाई सकेका बर्तनहरु जम्मा गरेर एक ठाउँमा राख्ने

डेलिभरि सहयोगी- पाहुना घर बाट आएको अर्डर लिएर जाने र भुक्तानी बुझेर आउने, किचन ईन्चार्जलाई बुझाउने

कुक- उपलब्घ मिनु अनुसारको खाना तैयार गर्ने

सहयोगी- पाहुना घर बाट भाँडाकुडाँ संकलन गर्ने, किचन मा कुक लाइ सहयोग गर्ने

किचन ईन्चार्ज- कति खाना पकाउनु पर्ने को सामाग्री को ब्यबस्था गर्ने पहुना घर बाट आएको खानको लिने र अर्डर पठाउने डेलिभरि खाना को भुक्तानी बुझ्ने।

होटल को लागी चाहिने समाग्री र तैयारी

‍   बेड- १० बटा सम्म, सिरक-१० + बढि, तन्ना, सिरानी -१०/१० वा बढि

किचन टेवल-२ बटा- कुर्ची १० वटा

ट्वाईेट- १, बाथरुम-१ बाथरुम अनिवार्य छैन भए राम्रो

अर्डेर लनि काउन्टर-१ वटा

खाध्यबस्तु, अनुमानित ग्राहकलाई पुग्ने गरी बन्दोवस्तो गरि स्टोक गर्ने

कृपया सबैले आफ्नो बिचारहरु education_sansar@yahoo.com सोझै स्कुल ब्यबस्थापन समितिलाई ईमेल गर्नु नभुल्नुहोला । हामी एकजुट भयौ भने हामी समाज परिबर्तन गर्न सक्छौ। ब्यक्तिगत रुप ले भन्दा सामुहिकरुपले अगी बढ्यौ भने हामी सजिलै सबै समस्याको सजिलै समधान गर्न सक्छौ। बिधोद्वय प्रा०बि०लाई नि०मा०बि०- मा०बि० हुदै +२ पुराउने अभियान मा सबैले आफुले सक्ने सहयोग र सहकार्य गरौ। धन्यवाद

कदर पत्र/ सम्मान पत्र ( उचित लाग्ने नाम दिनुस होला र स्कुल को लोगो, स्टाम्प भएको लेटर हेड मा प्रिन्ट गरेर सबै सहयोग दाता को आफन्तलाई हस्तान्तरण गर्नु होला)  त्यस्तै किसिमले काठमाडौ कोष को सहयोगी लाई पनि गर्नु होला

कदर पत्र/ सम्मान पत्र

बिधोद्वय प्रा०बि० वाखेत नि०मा०बि० –मा०बि० हुदै +2 अभियानको लागी चिनो कोष बिदेशबाट

बिधोद्वय प्रा०बि० वाखेतलाई नि०मा०बि- मा०बि० हुदै +2 सम्म बिस्तार गर्ने अभियानको लागी निरन्तर आर्थिक स्रोतको निर्माणको लागी बैदेशिक रोजगारमा हुनु हुने वाखेतवासी/वाखेतप्रेमी हरु को साझा पहल मा निर्माण भएको “चिनो”कोष को लागी बैदेशिक रोजगारमा हुनु हुने श्री/सुश्री/ श्रीमती ..केशव पुन…………………………. ज्यूले ..हङकङ………….बाट.उहाँ को परिवारीक आफन्त (बाबा/आमा/ दाजु/भाई/दिदी/बैनी/श्रीमती) .इन ब० पुन…………………..ज्यू मार्फत रु० १,५००००/  (एक लाख पचास हजार ) चिनो कोष को बैक खाता मा हस्तान्तरण गर्नु भएको ले उहाँलाई हार्दिक धन्यवाद सहित यो कदर पत्र / सम्मान पत्र प्रदान गरिन्छ ।

अध्यक्ष

स्कुल सन्चालन समिति

(शव्द चयन र डिजाईन मा सम्पादन गर्नु होला  फर्मेट यस्तो हुनु पर्छ ) बैक स्टेटमेन्ट मा जस्तै यहाँ पनि सबै कुरा देखिनु पर्छ

उदाहरण- सहयोग पठाउने को नाम- उस्ले काम गर्ने देश- को मार्फत- सहयोग रकम

केशव पुन- हङकङवाट- बाबा ईन ब० पुन मार्फत रु ( सहयोग रकम)

अन्तमा

१ सेप्टेम्वर देखि- ३१ दिसेम्वर २०१० सम्म जति पनि “चिनो” कोष को लागी सहयोग जम्मा हुन्छ त्यो बैक स्टेटमेन्ट जस्ताको तस्तै राख्ने र त्यहि अनुसार सहयोग गर्नु हुने को नामाबली लेजर प्रिन्ट मा प्रिन्ट गरेर अफिस मा राख्ने र स्कुल को कुनै पनि कार्यक्रम  गर्दा अभिभाबक हरु को बैठक मा बैठक स्थलमा राख्ने।यस्ले गर्दा सबैलाई स्कुल को कोष को लागी सहयोग दिने भावना को बिकास हुन्छ र १ जनवरी २०११ देखि उता नयाँ रोजगारमा जाने हरुलाई पनि सहयोग अनुरोध गर्ने सहज बाटो हुन्छ । यसो भयो भने स्वयम रोजगार दाता र अभिभावकले नै स्कुलको कोष लाई दिनु पर्छ भन्ने भावना को बिकास गर्ने छन। जस्को लागी चिनो-बि कोष खुल्ला छ भन्ने जानकारी गराउने र उहाँ हरुलाई सहज लागेको समाय मा सहयोग स्कुल को चिनो –बि मा हस्तान्तरण गर्न अनुरोध गर्ने। यो कोष को रकम पनि साल को अन्त मा चिनो कोष को मुल कोष मै गाभिन्छ। ( लेजर प्रिन्ट निकालने बेला मा 2010-2011-2012 हुदै 1015 सम्म को सबै एकै साईजको र कलरको निकाल्ने र बर्ष वाईज तल सुचिकृत गर्ने।या नजिकै थप्दै जाने( हरेक बर्ष को सहयोग को फ्याक्स प्रिन्ट निकाल्ने । हरेक बर्ष कोष मा कति जम्मा थयो र “चिनो कोष को मुलधन कति पुग्यो र कति ब्याज पाउने गरी कुन बैकमा छ ? कागजात अभिभावक को बैठक मा सार्वजानिक गर्ने र एक कपि बिदेश मा पनि ईमेल गर्ने । बैक बाट उपलव्ध हुने ब्याज लाई स्कुल को सन्चालन खाता मा मात्र हस्तान्तरण गर्न पाउने । ब्याक्ति या अन्य खाता मा भुक्तान गर्न नमिल्ने बनाउने।सुरक्षा को लागी ।

काठमाडो कोष “उपहार” को तैयारी का कागजात हरु

1.        स्कुल को कागजात को कपि ( पहिले बिदेशमा पठाएको सेट)

2.        बिदेश बाट “चिनो”कोष मा जम्मा भएको बैक स्टेटमेन्टस

3.        बैक मा फिक्स खाता मा जम्मा गरेको कागजात- जहाँ यति ब्याज पाउने भन्ने % र अक्षर तथा अंकमा लेखेको कागजात

4.        बिदेश मा सहयोग गरेको सहयोग दाता लाई दिईएको कदर पत्र को एक कपि

5.        सबे काठमाडौ बासी लाई स्कुल को कोष को लागी बिनम्र अनुरोध गरेको छोटो मिठो अपिल पत्र

6.        दिल कुमार राम्जाली र शिब पुन लाई स्कुल लो ऐेजन्डा बारे पर्सनल चिठ्टी र अनुरोध। काठमाडौ पुराउने

**काठमाडौ कोष “उपहार बने पछि सहयोग दाताहरुलाई कदर पत्र गर्ने र सधन्यवाद सम्पुर्ण दस्तावेज को फोटोकपि हरेक दातालाई पुराउने, स्कुल सन्चालन सम्वन्धी सहज तरिका बारे सुझाव माग्ने। लगतार प्रगति बिबरण र सम्पर्क सहज बनाउने।

 

****अपडेट – अहिले सम्म स्कुल को कोष मा कति जम्मा भयो हेर्न को लागी यहाँ किल्क गर्नुस

September 1, 2010 Posted by | सकरात्मक सन्देश | Leave a Comment

   

Follow

Get every new post delivered to your Inbox.