Mleadbeni's Weblog

स्यानो झ्याल : मलाई-आफुलाई-अरुलाई चियाउनुस

समायका अनेक कथा

समायका अनेक कथा              – स्यानु पाईजा

माने भन्ज्याङबाट ओरालो वाटो

गन्तब्यको क्षितिज धमिलो देखिन्थ्यो

तोक्माले अडाएका भारिहरु भित्र

खोई के छन ? के थाहा

उ त भरिया न हो

निस्तो सपनालाई रंगिन आकार

बजार पसेको बेला रंगिन मेला

हिजो मैले भन्ने गर्दथे

म मेरो कुरा सनेर कान्छी फुपु

यो केटाले गरि खान्न भन्नु हुथ्यो

लाहुरेले गाउँ बन्ने भए

मेरो गाउँमा पुरै एक गोर्खा पल्टन छ

गाउँ बन्नु पर्ने नि ?

किन गाउँ झन रित्तो छ ?

पैसाले गाउँ,देश बन्ने भएर

हरेक दिन कति पैसा नेपाल भित्रिन्छ

यस्तो गाँउ के हरेर बस्नु

पैसा बोकेर गाँउनै बसाई सर्यो

यहि बसौ भन्दा……………

स्वास्नी छोरा-छोरी ले दु:ख पाउछ भन्थिन

क्रान्ती गर्नु भन्दा गाह्रो हुन्छ

आफु भित्रको शान्ती चिन्नु

शान्ती कहाँ ? छ ?

अचेल उनिलाई

एक किलो आलुको भाउले तर्साउछ

चार मुन्टो रायोले रायो बारी सम्झाउछ

महिनै पछि खस्ने बम

घरको किराया र स्कुलको फि ले सताउछ

केटाकेटी के सिक्दैछन चिन्ताले सताउछ

म कान्छी फुपुले भने जस्तै गरि खान थालेको छु

June 24, 2010 Posted by | कबिता | Leave a Comment

नेपाल बाट आएको स्कुल को आधिकारिक डकुमेन्ट

बिधोद्वय प्रा० बि० लाई  २०६७ साल देखि स्थानिय स्रोत बाट नि०मा०बि० तह  सन्चालन गर्ने निर्णय अनुसार यो साल देखि ६ कक्षाको पठन पाठन सरु गरि सकिएको र स्यानिय स्रोत बाट सन्चालन गर्नु पर्ने भएको ले बिधालय सन्चालन समितिले बैदेशिक रोजगारमा वाखेत/पातल्खेत हुनुहुने सबै लाई आफुले सक्ने सहयोग गर्नको लागी अपिल सहित निम्न डकुमेन्टसहरु पठाउनु भएको छ।
  1. निम्न माध्यमिक बिधालय कक्षा सञ्चालन सम्बन्धी अपिल
  2. आर्थिक सहयोग गरिदिने बारे अनुरोध
  3. स्कुल सन्चालन समिति को बैक खाता को फोटो कपि
  4. सन्चालन समिति का पदाधिकारिहरु र सम्पर्क नम्बर
  5. बिधालय सन्चालन समिति को भेला ले निर्णय गरेका बुदा हरु
स्क्यान गरिएका डकुमेन्टहरु यस्तो छ।

बिधालयलाई सहयोग गर्ने बारे मा राम पाईजा ले छलफलको लागी तैयार गरेको डकुमेन्टहरु यस्तो छ । सबैले छलफल को लागी अुनरोध गरिन्छ। छोटो समाय मा डकुमेन्टहरु तयार गर्नु परेको र सवै सम्भाबित दाताहरु को नाम शुद्व रुपमा उतार्न नसकेको मा क्षेमा माग्दछु। छुटेका नाम हरु सबैले लिस्टमा सामले गरेर सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।
डकुमेन्टहरु यसप्रकार छ

June 12, 2010 Posted by | परिचय | Leave a Comment

Link: World Cup 2010 Live

Link: World Cup 2010 Live

June 11, 2010 Posted by | बेला मौका मा | Leave a Comment

गुगलमा छिरेको मेरो गाउँ देख्दा

Mero Gaun- Wakhet-7, Pathlekhet Myagdi

गुगलमा छिरेको मेरो गाउँ देख्दा

भर्खरै गुगल अर्थमा मेरो गाउँ छिरेछ

गुगलमा छिरेको मेरो गाउँ

पहिलो पल्ट भेटर मलाई

माईलोबा को आँगनमा उभिन मन लाग्यो

गोजी भरि मकै भट्टा भरेर

उनको बाटो कुर्न मन लाग्यो।

देउराली मा सुस्ताएर केहि छिन

ओराली झर्न मनलाग्यो

सम्झना हरु को तरेलीमा

ति दिनहरु तरंगिए

त्यो चिप्लेटी ढुंगा

त्यो हेरालो बस्ने ढुंगा

फँलाटे को डांडा

गफला टिपेर खाएको

साँच्चै आज मलाई

पुर्जीनी बजै को घरमा

नुनको चिया थपि थपि खान मनलाग्यो

टर्च बालेर हरेलो मेला हेर्न जान मन लाग्यो

मैनटोल को उज्यालो मा

गर्खलो ढुंगामाथी बसेर

सालैजो मा नाँचेको हेर्न मन लाग्यो

दौतरी साथीहरु लाई चौतारी मा

कहिले भेट्ने सल्ला गर्न मन लाग्यो।

देउराली को मुनि दुम्सी खेद्नु जानु मनलाग्यो

थाकेर फर्केदा तिन कुवे को पानी पिउन मन लाग्यो

साँच्चै आज एकान्त मा रुनु मन लाग्यो।

June 8, 2010 Posted by | कबिता | Leave a Comment

Google दाई को क्यामरा मा स्कुलहरु को फोटो

वाखेत को स्कुल: बिधोद्वय प्र० नि०मा०बि०

June 5, 2010 Posted by | बेला मौका मा | Leave a Comment

   

Follow

Get every new post delivered to your Inbox.