ईतिहास को जिउँदो किताब:स्यानु पाईजा
हाम्रो पाला मा यस्तो थियो उस्तो थियो
एउटा सिङ्गो ईतिहास को जिउँदो किताब
मोटो पावर चस्माले नियाल्न खोज्छ बर्तमान
सुकिला पहिरनमा सजिएका धमिला मन भित्र
हिजो र आजको बिचको फरक कति छ ?
सम्झना त्यो पलको दन्तेकथा स्वयंमलाई लाग्छ रे
नाङ्गो पाईला हिँउका गोरेटो भरि
शित बोकेका पात हल्लाउदै भेडा सँगै दगुरेको
कालोपातीमा मसो दलि दलि खरी ले
साउ अक्षर छोरा सँग सँगै लेख्न सिकेको
समाय कति फेरिएछ, छोरा को पनि नाति जन्मेछ
हिजो नै जस्तै लाग्ने ति दिनहरु
उस्ले दिएको धडी अझै चल्दैछ नाडीमा
फरक यति हो हिजो मलाई समाय अरुले सोध्थे
आज समाय म अरुलाई हेराएर सोध्छु
बाउँले खाईनखाई भेडागोठ हालेको रे
मैले दु:ख नपाओस भनेर
मैले जलजलाको खेत किनेको थोमा बेचेर
छोराले भात खाओस भनेर
छोराले काठमाडौमा घर किन्यो
नातीले अङ्ग्रेजीमा दु:ख नपाओस भनेर
नातिले बेलायत जोत्दैछ रे
अङ्ग्रेजी फालीले नेपाली बल लगाएर
पनातीलाई मुबाईलमा टम एन्ड जेरी
युटुयुव भिडियो हेर्न पुगोस भनेर
मान्छे र मान्छेको मन
आफ्नो र आफन्तको मन
पनातीले रिल्याक्स हुन्छ भनेर
नखाने कुरा नखाईदिए हुन्थ्यो
पनातीले पनि खनातीलाई दुख नहोस भनेर
यो देशकै बाटो खने हुन्थ्यो
एउटा जिउँदो ईतिहासको मन
हाम्रो पाला मा यस्तो थियो उस्तो थियो
एउटा सिङ्गो ईतिहास को जिउँदो किताब
मोटो पावर चस्माले नियाल्न खोज्छ बर्तमान
No comments yet.











