Mleadbeni's Weblog

स्यानो झ्याल : मलाई-आफुलाई-अरुलाई चियाउनुस

बेईमानी मन

यो रातले मलाई बेईमानी बनाउँछ
नसोधि तिमीलाई सुटुक्कै सम्झेर
यो रातले मलाई अनिदो जगाउँछ
सम्झना त्यो पलको आलो बनाएर
लुकाएका सबै रहरहरु एकाएक
कल्पनाको झ्यालको पर्दा बाट
तिमीलाई चियाउन पुग्छ
बिहानीको शीत जस्तै रहरहरु
तिमीलाई छैन मेरो गुनासो
मेरो मन नै बेईमानी हो
चोरी चोरी सम्झन खोज्छ
तिमीलाई दाग लाग्ने गरी
लुकी छिपि भेट्न खोज्छ
झ्यालखाना छैन रे यो मनलाई राख्ने
साहेद जानेरै होला सधै यो मन
सिमाना नाँधेर तिमीलाई भेट्न खोज्छ
लुकाउदा लुकाउदै रहरहरु
सुनसान रात मा छल्किनु खोज्छ
लुकाएका सबै रहरहरु एकाएक
कल्पनाको झ्यालको पर्दा बाट
तिमीलाई चियाउन पुग्छ
यो रातले मलाई बेईमानी बनाउँछ
नसोधि तिमीलाई सुटुक्कै सम्झेर
यो रातले मलाई अनिदो जगाउँछ

स्यानु पाईजा, पात्लेखेत-७, म्याग्दी

July 25, 2009 Posted by | कबिता | Leave a Comment

Til & Narayan Roka : Photos

Til  P. Paija & Narayan Roka

Til P. Paija & Narayan Roka

til-2

Narayan Roka

Til & me

Til & me

til-3

Berry Causeway

Berry Causeway

०००अरू भित्र

July 23, 2009 Posted by | Photo | Leave a Comment

सालैजो: भिडियो कलेक्सन

शिरफुले मायाँ

July 21, 2009 Posted by | कबिता | Leave a Comment

भिडियो : सालैजो

सालैजो के हो ?

सालैजो यहि हो भनेर ब्याख्या गर्नु मेरो लागी निक्कै कठिन कुरा बनेको छ ।किन कि सालैजो को बारे मा जति ब्याख्या गरे पनि कम पर्दछ । यो धेरै पहिले नै चलन चल्टी मा रहेको रोमान्टीका भाका मा गाईने गित हो । यो समुह मा बसेर गाईन्छ । केटा र केटीको समुह मा सबै उमेर का समुहले मनोरञ्जन लिन सकिने गीत नै सालैजो हो ? सालैजो कसरी उत्पती भयो यो त लामै खोजीको बिषय हुन सक्छ । कसैले अन्दाज लगाउछन साली ज्यु बाट अपभ्रश भएर सालैजो भयो । तर भित्र गहिरो अध्यान गर्ने हो भने यस्को उत्पत्तिको अरु अर्थ पनि होलान

खास गरेर सालैजो को उदगम स्थल म्याग्दी हो भन्दा पनि फरक नपर्ला तर गीत र सँगीत को कुनै सिमा हुदैन यो अचेल नेपाल कै मौलिक सँस्कृतिको रूपमा कर्ण प्रिय छ । गाउने लाई मात्र होईन सुन्ने र हेर्ने लाई पनि रमाईलो लाग्ने सालैजो गीत गाउदा खेरी सबैको लाई नाँचु नाँचु लाग्दछ ।

केटा -नगाँसको टुङ्गोले, नबासको टुङ्गो बनैको चरीलाई
केटी समुह -बनैको चरीलाई
केटा-आ..हो टुङ्गो नबासको टुङ्गो (केटा-केटी कोरस- बनैको चरीलाई)
केटी समुह -बनैको चरीलाई
केटा- हा….। पिपलु छायाँले लाउ चोखो माया जिन्दगी भरिलाई
केटी समुह- जिन्दगी भरिलाई
केटा- आ… हो.. छाया लाउ चोखो माया (केटा-केटी कोरस-जिन्दगी भरिलाई)
केटी समुह- जिन्दगी भरिलाई
चुट्का (टुङ्का)………..
केटा- घर कहाँ हो ? मायालु
केटी – हिमालको काखैमा
(चार पटक सम्म पालै पालो लयमा दोहराईन्छ )


केटा-हा……. हेर्दामा राम्रोले ढुङ्गाको छानो राणाको दरबार
केटी- राणाको दरबार
केटा-आ…हो छाना ढुङ्गाको छाना (केटा-केटी कोरस-राणाको दरबार)
केटी- राणाको दरबार
केटा- हा.. तीन वटा गोरूले हल पक्का भन्छ दुईटीले घरबार
केटीहरु-दुईटीले घरबार
केटा-आ… हो। भन्छन घर पक्का भन्छन (केटा-केटी कोरस- दुईटीले घरबार)
केटीहरु-दुईटीले घरबार
चुट्का ………..
केटा- घर कहाँ हो ? मायालु
केटी – हिमालको काखैमा
(चार पटक सम्म पालै पालो लयमा दोहराईन्छ )

नोट: खास गरि सालैजो गीत रचनालाई पाँच सेगमेन्टमा बिभाजन गर्न सकिन्छ । तल हेर्नु होला

(क)

१.१ हा….। केटा -नगाँसको टुङ्गोले, नबासको टुङ्गो बनैको चरीलाई
केटी समुह -बनैको चरीलाई

१.२आ..हो टुङ्गो नबासको टुङ्गो (केटा-केटी कोरस- बनैको चरीलाई)
केटी समुह -बनैको चरीलाई

२-२.१ हा….। पिपलु छायाँले लाउ चोखो माया जिन्दगी भरिलाई
केटी समुह- जिन्दगी भरिलाई

२-२.२ आ… हो.. छाया लाउ चोखो माया (केटा-केटी कोरस-जिन्दगी भरिलाई)
केटी समुह- जिन्दगी भरिलाई

चुट्का (टुङ्का)………..
केटा- घर कहाँ हो ? मायालु
केटी – हिमालको काखैमा
(चार पटक सम्म पालै पालो लयमा दोहराईन्छ )

(ख)

१.१ हा….. । हेर्दामा राम्रोले ढुङ्गाको छानो राणाको दरबार
केटी- राणाको दरबार

१.२ आ…हो छाना ढुङ्गाको छाना (केटा-केटी कोरस-राणाको दरबार)
केटी- राणाको दरबार

२.२.१ हा.. तीन वटा गोरूले हल पक्का भन्छ दुईटीले घरबार
केटीहरु-दुईटीले घरबार

२-२.२आ… हो। भन्छन घर पक्का भन्छन (केटा-केटी कोरस- दुईटीले घरबार)
केटीहरु-दुईटीले घरबार

चुट्का ………..
केटा- घर कहाँ हो ? मायालु
केटी – हिमालको काखैमा
(चार पटक सम्म पालै पालो लयमा दोहराईन्छ )

समुहमा गाईने यो सालैजो को आफ्नै मौलिकता छ । यस सालैजो गीत र गायनकला साच्चैकै त्यो समायको आत्याधुनिक सृजना हो । यस्को प्रमाण भनेको सय बर्ष पुरानो टेप नगरिएका भाका हरु बर्तमान समाय मा जस्ताको तस्तै सुन्दा पनि नबिनता लाग्नु नै यसको ठोस प्रमाण हुन । मादलु को ताल गीतको भाका यति सुन्दर छन कि अझै जुन सुकै पुस्तालाई यो गीत –सँगीतले भित्रै देखि नाँचु नाँचु बनाउछ ।
सालैजो गीत ले कुनै न कुनै तरिका ले स्थान , समाय र माया प्रितिलाई रोमान्चक तरिकाले लय मा बाँधेको हुन्छ । मादल, दम्फु को तालको सुन्दर सँयोजन ले यसलाई जति सुने पनि सुनु सुनु लाग्ने बनाएको हुन्छ । गाउने र नाच्नेहरु ले कहिल्यै नथाक्ने गीत सालैजो हो । किन कि हरेक सालैजो को पहिलो सेगमेन्टमा एउटा थिम हुन्छ र यस्को पुछारमा टुक्का जोडिन्छ । दोस्रो सेगमेन्टको सहायक थिम पछि टुक्का मा कोरेस हुन्छ
यसैगरी तेस्र र चौथो सेगमेन्ट मा पनि यहि क्रम दोहरिन्छ र त्यसपछि नाँच्न मिल्ने तालमा पाँचौ सेगमेन्ट गाईन्छ
टुक्का टुक्का को जोडले बनेको गीत या टुक्का टुक्का मिलाएर गाईने गीत भएको ले नै कतै त सालेजो गीतलाई टुक्के (टुङ्के) भाषी पनि भनिन्छ ।

( म्याग्दीमा सालैजो समुहका अन्य भाकाहरु पनि छन : जस्तै- शिरै फुलमायाँ, साईको अबिजाले मायाँ , साईलो भाका , यानीमाया ) कमश:

July 20, 2009 Posted by | परिचय | Comments Off

पुच्छर हराएको बहर:लधुकथा

असार को समाय किसान हरुको माना रोपेर मुरी फलाउने समाय, यति खेर सबैलाई चटारो छ । केटा केटी हरुको स्कुल पनि गर्मी को बिदा छ । बयस को रुख को बरिपरि स्कुले स-साना नानी हरु को डण्डी बियो खेल्दैछन । कोहि बागचाल कोहि गोट्टा खेल्दैछन । जँगल पनि जताततै हरियाली भएकोले एक किसिम को आन्नद आउने मौषम छ एक हुल केटा केटी पानी पोखरीमा पौडी खेलेर कपडा हातहातमा समाय र नाग्ङ्गै दगुर्दैछन । आमा-बाबा, दिदी- दाजुहरु सबै खेतिको काममा ब्यस्त भएकोले मात्तिएका केटा-केटीहरु कस्को आँरु, स्याउ चोर्ने सल्ला स-सानो स्वरमा सल्लाह गर्छन ।
आँरु बोटे बाजेलाई पनि रोपाई को चापचाप छ । घरका गोरूहरु बुढो भै सकेका र बहर पुरै नदाईएकोले बुढो गोरूलाई नै ढिडो खुवाई खुबाई जोत्नु परेको छ । उता बहर भने बथान को मुली गोरूहरु जोत्नु फाँटमा गएकोले मै हु भन्दै जता ततै सिगारी खेल्दै छ । सबैका बथान बाट मुली गोरू जती जोत्न गएको ले बथान मा सबै को मुली हुने हान थाप छ । बथान भित्रै लडेर बहरहरु तिखेको सिङ भुते भएको छ ।
आँरु बोटे बाजेको चम्रे बहर र ओखरबोट काका को माले बहर दिनकै चौर भरि लडेर बस्छन । घेरै दिन को लडाई पछि आँरुबोटे बाजेको चम्रे बहर ले जित्यो । अहिले चम्रे बहर ठाडो पुच्छर लगाएर चौर भरिका उग्राई रहेका बाच्छा बाछ्चीलाइ गुरर् यता र उता लखेट्दैछ । जुरो पलाएको छ । अचेल पोखरी मा पानी खान जादा पनि पानी मा आफ्नै छाँया लाई अर्के जुरो बाला बहर सम्झेर हो या आफैले आफैलाई देखेर दंग परेर हो पानी तन्न खाई सके पछि पोखरीको भित्तै पस्छ । र गर्मी मा चिसो पानी को मजा लिएर भैसीहरु नआउन्जेल सम्म पोखरीमै यता उती गर्छ । केटाकेटीहरु पनि बहर अहाल पसेको देखेर छक्कै परेर हेर्छन । कसै कसै ले असपगुन हुन्छ रे भनि पोखरी बाट लखेट्छन केटा केटी हरु । रोपाई गर्न काम सक्न गैरी गाउलेलाई एक महिना पुरै लाग्छ । त्यस पछि पनि कहा काम सकिन्छ र कोदो रोप्न नभ्याउदै धान सोर्ने समाय हुन्छ । धान सोर्ने नभ्याउदै मकै भाँच्ने समाय आउछ । गाउँ धरको काम यस्तै त हो नि मकै भाँच्न र दाँठ निकाले पछि फेरी कोदो पाक्न सुरू हुन्छ। गँहु, जौ लगाउने बाँझो जोत्ने बेला हुन्छ ।
कामको चपेटा ले किसान लाई कहिले फुर्सद हुन्न ।ओखरबोट बाजे ले यसपाली को बाँझो खेतमा चम्रे बहर दाउने बिचार गरेकै हो । झन यै पाली बजैलाई सन्चो नभएको ले यसपाली पनि जुरो फुल्लाएरै बस्यो चम्रे बहर । बेला बेला मा घरकै बुढो गोरुलाई पनि जोरी खोज्छ अचेल । बाजे ले बहर दाउनु त कता हो कता यसपाली पनि हली खोजेरै गँहु छर्नु पर्यो ।
चौतारीमा बसेका काईला बाजे, टंकीको बाजे, मास्टर बाजे, क्याप्टेन बाजे एक आपस मा कुरा गर्दै थिए । ओखरबोट दाई लाई चम्रे बहर घाँडो नै भयो नजोत्नु न बिक्नु । मल भन्दा मल मात्रै काम लाग्यो दाई लाई ।
उता चम्रे बहर चाही जूरो फुल्लाएर जँगलै थर्काउने गरी हुँक्का ….. हुँक्का… कराउदै दुल्दथ्यो । बिचरा को पुच्छरमा बलु बेरिएको रहेछ । बैशको उन्मात मा उस्लाई उस्को चम्रे पुछर कति खेर खस्यो थाहा नै भएन । अचेल चौतारी मा बस्ने मान्छेहरु ले चम्रे बहर लाई लिडे बहर भन्न थाली सकेका छन ।उस्को पनि गल्ती नै हो पोखरीमा पनी खाए पनि पोखरी भित्रै चाही नपस्नु पर्ने । पोखरी मा नपसेको भए उस्ले आफ्नो सुन्दर चम्रे पुछरमा बलु नै बेरिन पाउने थिएन अनि उस्को नाम चम्रे बाट लिडे हुने नै थिएन मान्छे उस्को पुछर हेरेर हाँस्ने त्यो अर्कै कुरा हो अचेल उस्को भिमकाय शरिरलाई झिंगाले पनि टेर्दैन। पुच्छर नभएको ले उस्लाई झिंगा धपाउन गाह्रो भै रहेको छ ।

July 18, 2009 Posted by | कबिता | Leave a Comment

ईतिहास को जिउँदो किताब:स्यानु पाईजा

हाम्रो पाला मा यस्तो थियो उस्तो थियो
एउटा सिङ्गो ईतिहास को जिउँदो किताब
मोटो पावर चस्माले नियाल्न खोज्छ बर्तमान
सुकिला पहिरनमा सजिएका धमिला मन भित्र
हिजो र आजको बिचको फरक कति छ ?
सम्झना त्यो पलको दन्तेकथा स्वयंमलाई लाग्छ रे
नाङ्गो पाईला हिँउका गोरेटो भरि
शित बोकेका पात हल्लाउदै भेडा सँगै दगुरेको
कालोपातीमा मसो दलि दलि खरी ले
साउ अक्षर छोरा सँग सँगै लेख्न सिकेको
समाय कति फेरिएछ, छोरा को पनि नाति जन्मेछ
हिजो नै जस्तै लाग्ने ति दिनहरु
उस्ले दिएको धडी अझै चल्दैछ नाडीमा
फरक यति हो हिजो मलाई समाय अरुले सोध्थे
आज समाय म अरुलाई हेराएर सोध्छु
बाउँले खाईनखाई भेडागोठ हालेको रे
मैले दु:ख नपाओस भनेर
मैले जलजलाको खेत किनेको थोमा बेचेर
छोराले भात खाओस भनेर
छोराले काठमाडौमा घर किन्यो
नातीले अङ्ग्रेजीमा दु:ख नपाओस भनेर
नातिले बेलायत जोत्दैछ रे
अङ्ग्रेजी फालीले नेपाली बल लगाएर
पनातीलाई मुबाईलमा टम एन्ड जेरी
युटुयुव भिडियो हेर्न पुगोस भनेर
मान्छे र मान्छेको मन
आफ्नो र आफन्तको मन
पनातीले रिल्याक्स हुन्छ भनेर
नखाने कुरा नखाईदिए हुन्थ्यो
पनातीले पनि खनातीलाई दुख नहोस भनेर
यो देशकै बाटो खने हुन्थ्यो
एउटा जिउँदो ईतिहासको मन
हाम्रो पाला मा यस्तो थियो उस्तो थियो
एउटा सिङ्गो ईतिहास को जिउँदो किताब
मोटो पावर चस्माले नियाल्न खोज्छ बर्तमान

July 14, 2009 Posted by | कबिता | Leave a Comment

पलास यस्तो छ : पलासको खोजी

पलास को बोट

पलास को बोट

पलासको पात

पलासको पात

पालुवा लागेको बेला पलास

पालुवा लागेको बेला पलास

कोपिला लागेको पलासको फूल

कोपिला लागेको पलासको फूल

पलासको फूल

पलासको फूल

पलासको फूल नजिक बाट १

पलासको फूल नजिक बाट १


पलासको फूल नजिक बाट 2

पलासको फूल नजिक बाट 2

——————————————————…<<<More>>>

July 9, 2009 Posted by | Photo | Comments Off

जीवन र बिम्ब-३(झुलुङ्गे पुल)

झुलुङ्गे पुल निर्माणको लागी लठा बोक्दै

झुलुङ्गे पुल निर्माणको लागी लठा बोक्दै

पहाडी नदी मा काठले बनेको पुल

पहाडी नदी मा काठले बनेको पुल


झुलुङ्गे पुल-1

झुलुङ्गे पुल-1

झुलुङ्गे पुल-2

झुलुङ्गे पुल-2

झुलुङ्गे पुल-3

झुलुङ्गे पुल-3

July 7, 2009 Posted by | Photo | Comments Off

भगवान अदृश्य नभएको भए:स्यानु पाईजा

भगवान अदृश्य नभएको भए
कस्ले कुन मन्दीर मा राख्ने
हारलुछ, खोसाखोस हुन्थ्यो
नेताहरु आफ्नो पार्टीको झण्डा
को लुगा पहिरन अनुरोध गर्दथे होला
नाना थरिका सुबिधा दिन्छौ
हाम्रो देशमा बस्नुहोस भनेर
महाभारत भन्दा लामो लिस्ट देखाउथे होला
गरिबहरु पनि किड्नी बेचेर दर्शन गर्न
महँगो टिकट किन्थे होला
या त नाम चलेका क्लबहरुले
खेलाडी स्तान्नतर गरे जस्तै
बोलकबुलमा स्तान्नतर हुन्थ्यो होला
या यस्तो पनि हुन सक्थ्यो
रात रातै क्लोन बनाएर
शक्तीशाली देशहरुले हतियार जस्तै
गरिब देशलाई आधा आधा देश मागेर बेच्थे होला
या सनकी बैज्ञानिकले अनुसन्धान गर्छु भनेर
कुन कुना को जुन जेलमा बन्दी बनाउथ्यो होला
सन्सारकै ठुला ठुला डनहरुले
अपहरण र फिरौतीको योजना बनाउथे होला
पत्रकार हरु एउटै प्रश्न सबैलाई सोध्थे होला
भगवान सँग तपाई आज के माग्नु हुन्छ ??
सन्सारका गाडी कम्पनीहरु ले
रोजेरै लिनुस भनेर गाडीको सोरूम नै वरिपरि ल्याउथे होला
महिलाहरु भगवान सँग बिबाहा गर्नु पाए
सन्सार कै सुखी हुन्थे सोच्थे होला
या भगवान को फर्मुला चोरेर
कहिल्यै पनि नमर्ने मान्छे जन्मिन्थे होला
दोस्रो तेस्रो चौथो लिङगीहरु पनि मरिमेट्थे होला
तर धन्य हो भगवान अदृश्य हुनु हुन्छ।

July 5, 2009 Posted by | कबिता | Leave a Comment

मन्द बिष : स्यानु पाईजा

राजनितिको च्यादर नओढी
मृत्य तिमीलाई लैजान्न रे
राजनितिको अलग अलग रँग
सबैले म नै देशप्रेमी हु भन्छन
जसरी हरेक सफ्टड्रिंकले भन्छन
फ्रेश भने कै हामी हो
हामी तपाई को तिर्खा मेट्छौ
बोटल मा भरिएको बासी पानीलाई
ताजा भन्नु पाईन्छ मज्जाले
खाली लाईसेन्स लिनुहोस हो
जाली फटहा र देशधाती जे भएपनि
देशप्रेमी हुँ भन्नु पाईन्छ मज्जाले
खाली एउटा पार्टी खोल्नुहोस
हाम्रो सल्लाह्/सम्झौता नै छ
तिमीलाई रँग मिसाएर नाम फेर्न छुट छ
कोका कोला भन या पोका कोला
मान्छेलाई पिउने बानी परिसकेको छ
हामीलाई पार्टी फुटाउने छुट छ
किन कि हामी र जनतालाई
एक आपसमा लड्ने स्वतन्त्रा छ
एकले अर्काको टाउको फुटाउने छुट छ
फुटेकाले फुटाउनेलाई थुनाउने छुट छ
थुनिएकालाई छुटाउने पनि छुट छ
तिमी स्वतन्त्र देशको मान्छे रे
तिम्रो देशको गरिबी बिदेशीलाई देखाउने छुट छ
बैशका पसिनाहरु जता खसाउ छुट छ
उ कति सजिलै पार्टी फेर्न सक्छ
उ कति सजिलै मर्न सक्छ, ईराकमा रेटिन्छ
लिलाम गरेर अस्मिता बाध्यता भनेर उम्कन सक्छ
यो मन्द बिष सबैलाई लागेको छ
तिमीलाई यो मन्द बिषले दिनदिनै गाज्दैछ
बुढो गोरूले जोतेको धर्ति भरि
एउटै बाली फलेको छ
आफ्नै गाँउ गनाउने नाक पलाएको छ
भविष्य नै नदेख्ने आँखा
एक रति पनि नदुख्ने कठोर मन
मन भरि
अमेरिका, युरोप,जापान पलाएको छ
यो मन्दबिष जन्मदै नेपाली लाई लागेकोछ
मेरो मृत्यु त्यसरी नै हुन्छ
जसरी- मार्नु अधि हरियो धाँस खुबाईन्छ
एउटा ढुगालाई जब्बरजस्ती देउता भनाएर
रगतको बली खाऊ भनिन्छ
देश बेचेर प्रदेश किन्नु भनिन्छ
यो मन्द बिषको असरले अझै
कति पुस्ता अपाङ्ग जन्मिन्छ
मानसिक सन्तुलन गुमाउने छ
उ देशको पिडामा हाँस्नेछ
मातृशोकमा उत्सब मनाउनेछ
यो मन्द बिषको असरले

Quick Menu

[ गृहपुष्ठ ] [ कबिता ] [ गीत/गजल ] [ प्रसँग ] [ लधु-कथा ] [ फोटो] [प्रेरक कथा ] [मनोरन्जन]

July 3, 2009 Posted by | कबिता | Leave a Comment

साथीहरु को फोटो: सम्झनाका सँगालो

July 3, 2009 Posted by | कबिता | Leave a Comment

   

Follow

Get every new post delivered to your Inbox.