जीवन र बिश्वास-स्यानु पाईजा
जीवन र बिश्वास
सुर्कामा फलेको खुर्सानी
सिलौटीमा लोहोरोले पिसौला
तिमीलाई मन पर्ने चटनी बनाउला
मौवाको बलो टौवालाई खाँबो
खाँबो माथी बसी कौवा कराउछ
हर्पेमा ध्यू कहाँ छ र !
बैराग लाग्छ जोर भैसी थारो छ
टाट्नो मा दोबर्षे पाडो छ
यसपाली त ओलन नै गाह्रो छ
गौवा मा कुवा को साजी पानी छ
तिर्खामा पिउन भै हाल्छ
यो साल त भैसी पनि साह् जाला
त्यस पछि त गौवामा दहि भरिन्छ
मदानी, नेटी मिलाई मिलाई
धार्रररर, धुर्ररररर महि पनि पारिन्छ
नौनी तताएर ध्यू बनाउला
बिलौनी केटा केटी लाई बाडौला
कुरौनी पनि निकालौला
धुम ओडेर असार गैहाल्छ
मँगसिर लागे भकारी भरि धान
अनि टौवा मा पराल को थाङ होला
हिउँदमा यसपाली पाली हाल्नु छ
पालीमा बस्ने लिप्टी बुन्नु छ
आँगन भरि गिद्राहरु चित्रा बन्नलाई
चोया चाहि झेरुङ्गो र पेरूङ्गि लाई
चोयाको दोको चोयाको नाम्लो
बाबियो को बरियो बनाउला
मानी खिएको जाँतो हातो त राम्रै छ
मानी पनि फेरौला
खाए खाओस बरु धाँस
मोहोलो लगाई गोरू जोत्दिन
मरि लानु के छ र ??
एक बारको जीन्दगीलाई
सुनमुरलीलाई सुनचाँदी सजाउला
पञ्चगाब्य: स्यानु पाईजा
उ नै थियो एउटा
मेरो मनको जमेको तलाउमा
ढुंगाका टुक्राहरु खसालेर
मेरो मनका कुना कुना मा
सतह छल्कने गरि तरँग फैलाउने
बेला बेलामा मलाई जिस्काउथ्यो
भजन मा नाँचेर अनिदोले
अबेर सम्म ओछ्यानमा सुत्दा
पञ्चगाब्यमा मिसाईको गोबरले
तिमीलाई बिरामी बनायो भन्थ्यो
मौषमको खोकि लाग्यो भने पनि
तिमी लाख बत्ति बाल्दाको धुँबाले
तिम्रो फोक्सो बिगारेको छ
तिमीलाई टिबि भाको छ
हबन मा जलेका जौ तिल
ध्यू ले प्रदुषण फैलायो भन्थ्यो
मानवअधिकार हनन भयो भन्थ्यो
किन तिमीलाई मात्र पञ्चगाब्य खुबाईन्छ ?
मेरो मनमा बिद्रोहको को आगो झोस्थ्यो
म मेरा फुसले बनेका बस्ती नजलुन भन्थे
उ जल्नु पर्छ भन्थ्यो, बिद्रोहको आगो बल्नु पर्छ भन्थ्यो
बर्षौ भएको थियो मैले उस्लाई नभेटको
खै कता हरायो ?
बर्षामा बग्यो कि हिउँदमा ओईलायो
बिर्सेको उस्को अनुहार सम्झने प्रयास गरे
किन कि मैले पञ्चगाब्य खाए जस्तै गरी
सुटुक्कै फालेर झुक्याउन सिकिसकेको थिए
पञ्चगाब्यको पाँच भागमा एक भाग
गोबर पनि छ बन्ने बुझिसकेको थिए
म र मेरा साथीहरुलाई सिकाएको थिए
यस्तै भयो एक दिन उ आकस्मात भेटियो
पञ्चगाब्य बाँड्ने भएरै भेटियो
धन्याचलको महायज्ञमा ।
क्यामरा देशी-बिदेशि च्यानलका
क्लिक क्लिक हुदै थिए
प्रशाद नै सम्झेर सबैले पञ्चगाब्य खादै थिए
भगवानको घरमा कस्को मनमा के पाप ?
तर मैले पाप गरे या के गरे उस्ले सिकाए अनुसार
यसपाली पनि खाए जस्तैगरी फ्याँके
तर म भित्र डर थियो के म शुद्व छैन ??
म शुद्वहुन पञ्चगाब्य खानै पर्ने हो ?
दाना खाएर पालेको गाई
बुटि खाने जमनाको गाई सँग के दाँज्नु
यति चोखो कुरामा अझै किन गोबर मिसाउनु
भगवानको घरमा म के रिसाउनु ??
पात्लेखेत-७, म्याग्दी
कमिला र फट्याङ्ग्राको लडाई:लघु कथा
कमिला र फट्याङ्ग्राको लडाई
असारको महिना सिमसिमे पानी परेर बिदो भए पछि को घमाईलो घाम मा किरा फट्याङ्ग्राको ठुलै भेला भयो । एक आपस मा पानी पर्ना को फाईदा र बेफाईदा को बारे मा छलफल गर्दा गर्दै कुरा बिषय बाहिर पुग्यो । जुकाले एउटा खुटटा ले उभिनु सक्ने मै मात्र हो के भने को थियो । रेइटे किरा ( सय भन्दा धेरै खुट्टा हुने किरा- जो कुनै खतरा को संकेट मिल्ना साथ गुजुल्टीएर गोलो हुन्छ ) ले सब भन्दा धेरै खुटटा भएको मै हु भनि हाल्यो । सर्प ले कुरा फर्काई हाल्यो जति धेरै खुट्टा भएनी के भो र ? बरु म एउटै खुट्टा नभएको भए पनि भाग्न सकिहाल्छु । तिमी त रेङ्गिइर बस्ने त होनी । गोरूले कुल्च्यो भने खत्तम भै हाल्छौ । उ पनि के कम हात हातै जवाफ फर्काईहाल्यो । तिमी नि तिमी जति नै छिटो भाग्छु भनेर फुर्ति लगाए पनि गरूड ले छाया पार्ना साथ तिमी पनि त उत्तानो टाङ लाई हाल्छौ के फुर्ती लाउनु पर्छ र ।
जाँतेकिरा लाई जिस्काउदै भन्दै थिए हेरन न हेर न सिङगारी खेल्नु न कसैलाई हिर्काउनु काम न दाम को सिङ्गको भारी बोकेर बुढो हुदैछ । जाँते किराले खाने कुरा जाँतो मा पिसेर खान्छु भन्थ्यो भने अरु चाँही बेकार को भारी बोकेर थाक्दैछ भन्थे । भ्यागुताले क्यार क्यार कराएर क्या मिठो गीत गाए भनेर मख्खै थियो भने अरुले हल्ला गर्छ भनेर रिसाउदै थिए । गंगटो लाई टाउकै नभएको मुर्कुट्टा जस्तो भनेर जिस्काउथे उ चाही म सँग सनासो जस्तो हतियार भएको हात छ । गड्उला लाई सधै भन्थ्यो रिस नउठाउ है फेरी एक्कै गाँस पारौला भन्थ्यो। बर्षा को बेला न पर्यो फेरी पानी दर्केर पर्यो । सबै आ-आफ्नो ज्यान जोगाएर सुरक्षित ठाउँ मा बसे ।
फेरी पानी रोकिए पछि को कुरा सबै बाहिर निस्किए । एक हुल कमिला बडेमान को फट्याङ्ग्रा लाई लखेट्दै थिए । फट्याङ्ग्राहरु खाने कुरा बाँढेर खानु पर्छ भनेर एक्ला एक्लै डुल्थे भने कमिला हरु शिकार गर्न सजिलो हुन्छ भनेर एकै हुल मा निस्कन्थे । निकै बेर को धम्सा धम्सी लडाई मा आखिर कमिलाहरु ले नै जिते । कमिला का लस्करले आफु भन्दा कयौ गुणा ठुलो फट्याङ्ग्रा लाई सजिलै बोकेर आफ्नो गुँड मा लगे, जहाँ स-साना कमिला का नानी हरु धारिलो दाँत तिखारेर बसेका थिए ।कमिला ले फट्याङ्ग्रालाई बोकेर लगेको देखेर चिप्लीकिरा , जाँतेकिरा , रेईटेकिरा, हेरेको हेरै भए सर्प त कता दुलो मा पसेको थियो र भ्यागुता अझै पनि गीत गाउँदै थियो । कोहि पनि बचाउन गएनन ।
यो लडाईमा कमिलाहरु ले सजिलै जिते । किन कि उनि हरु समुह मा थिए र मिलेर लडे । जति नै बल गरे पनि फट्याङ्ग्रा उम्कन सकेन । आफ्नो प्रसंसा मा रमाउने एउटै खुट्टा ले उभिने जुका, सबै भन्दा धेरै खुट्टा भएको रेईटेकिरा, बिना खुट्टा पनि दौड्न सक्ने सर्प कसैले पनि फट्याङ्ग्रालाई बचाउने प्रयास सम्म पनि गरेनन ।
दोहोरिएका कथा पात्र फेरिएर
चिल्लीकिराले किरेमिरे रंगाएका भित्ता बाट
एउटा सपना जन्मिन्छ रे हरेक गाउँ मा
कोईली ले गाएको बिरहको गितको लयमा
हरेक मन बैरागी बन्छ रे हरेक गाउँमा
कौवा को काव काव कराउदा कौशी मा
प्रदेशीको चिठी आउछ रे हरेक गाँउमा
बाँचाको दुकान, रहरको बिस्कुन उस्तै
एक्लै एक्ले काटेका बैशालु रात उस्तै
हरेक बर्ष हरेक घरबाट नयाँ प्रदेशी
उस्तै रहर, उस्तै पिडा उस्तै जिन्दगी
भोली भन्दा भन्दै मृत्यु भोलीलाई उछिन्
म पछ्याउछु भोलीलाई मृत्यु मलाई पछ्याउछ
चिढी, हुकुम, ईट, पान ,झण्डी र मुकुत
कटौरी मुनि छोपिएका भाग्य र प्रतिक्षा
कर्कलो को पातमा तैरिएको पानी जस्तै जीवन
कल्कलाउदो पातको फेदमा खुम्ला लाग्दैछ रे
दिस्काउन्ट मा किनेका केहि पल खुसी
साच्चै गाह्रो हुन्छ एक्लै कोल्टो फेर्नु
साच्चै गाह्रो हुन्छ सकेन्ड,मिनेट र धन्टामा
बैशका रातहरु एक्ला एक्लै काट्नु
रक्सीका प्यालाहरु उस्लाई उक्साउछन रे
साँध लागेका किनारा नाँधेर छल्किन्छ पानी
बहकिएका मन एक पछि अर्को गल्ती
होसियार भन्नेहरु नै गलत गर्न तिमीलाई उक्साउलान
जसरी चुरोट बनाउने हरु नै लेख्दछन
धुम्रपान स्बास्थ्यको लागी हानीकारक छ
म तिमीलाई के भनु, सपनाको सन्सार
सपना सपना नै हुन्छ जति प्यारो देखिन्छ तर
साच्चै गाह्रो हुन्छ एक्लै कोल्टो फेर्नु
साच्चै गाह्रो हुन्छ सकेन्ड,मिनेट र धन्टामा
बैशका रातहरु एक्ला एक्लै काट्नु
-स्यानु पाईजा , पात्लेखेत-७, म्याग्दी
एउटा चित्र :विकिपिडिया जस्तो
एउटा चित्र :विकिपिडिया जस्तो
कुन मुड मा हो कुन्नी
एउटा चित्र :विकिपिडिया जस्तो
खुल्ला सम्पादनको लागी छ
मैले कोरेका क्यानभासको धरतल
दिन दिनै बद्लिरेहको छ
नारी कोमलता मेरो चित्र भित्र
पहिलो दिन-कसैले ओठमा लालो चढाएछ
दोस्रो दिन-कसैले बिन्दिया लगाईदिएछ
तेस्रो दिन-गाँजल थपिएछ
चौथो दिन-कानमा कुन्डल
यो पुर्ण सृगार मा नारी
वहा ! क्या सुन्दर
सायद मैले न्याय गरे चित्रलाई
मैले सिगारेको भन्दा सुन्दर देखे
एउटा चित्र :विकिपिडिया जस्तो
तर मेरो मनको खुसी
प्वाँल परेको छ बेलुन जस्तै
अर्को दिन- सिँउदोमा सिन्दुर
गलामा क्राईस्ट जडेको मंगलसुत्र
कालो लामो केशलाई
ब्वाईज कट बनाईदिएछ
चित्र नै हो चित्र तर
किन मन खिन्न हुन्छ ?
मलाई डर लागी रहेछ
अन्याय भएको भान हुदैछ
बिस्तारै यस्तो भयो
मैले नसोचेको भयो
कसैले छातीका गोलाई बढाएछ
कसैले पारर्दर्शी कपडा ओढाएछ
सहन नसकि पिडा-मनको
आफैले कोरेको चित्र मेटाएको छु
यहि फ्रेम मा एउटा चित्र थियो
एउटा चित्र :विकिपिडिया जस्तो
आज यो फ्रेम कालोपाटि जस्तो छ
तै पनि किन हो पटक पटक
मैले छाडेको चित्र सम्झेर हेर्न मन लाग्छ
सम्झन मन लाग्छ: मैले अन्याय गरेको
एउटा चित्र :विकिपिडिया जस्तो
स्यानु पाईजा, पात्लेखेत-७, म्याग्दी
जीवन र बिम्ब-2
——————————————————————-बाँकी यहाँ
तिम्रो सम्झनामा जाग्ने लत् लाग्छ
जीवनको एउटा मोड पछि
यो रात मलाई अभिशाप लाग्छ
तिम्रो सम्झनामा जाग्ने लत् लाग्छ
थरि थरिका धडीहरु
बोलेर समाय संकेत गर्ने घडी
घुमेर समाय संकेत गर्ने घडी
डिजिट मा समाय बताउने घडी
हाते घडी, मुबाईल घडी
डेक्स टप को सिस्टम घडी
थरि थरिका घडिले मलाई
पटक पटक अन्योल मा पार्दछ
घण्टाघर को नजिक घर हुदो हो त
सायद घडीहरु संग के गुनासो
म रात भरि घण्टाघर कै घडि
नियालेर सुई र सुईका भाब
स्व-ब्याख्या गर्थे होला
कहिले कोण हरु जस्तै
कहिले विक्टोरी साईन जस्तै
कहिले मियो मा घुम्दै गरेको गोरू
घाँटीमा दाम्लो कसिएर मर्न लागेको सम्झेर
हतार हतार डाम्लो फुकाउन थाल्थे होला
म भित्रका सम्बेदाना पक्कै जाँच्थे होला
या जती घुमे पनि किन डाम्लो किन बेरिदैन ?
तर यो रात तिम्रो यादमा लट्ठीएको छ
बेहोस भै जायज-नाजायज सम्बन्ध
कल्पना र जाग्दो सपना को कुरूप रुप
हर रात यस्तै हुन्छ यहाँ
थरिका थरिका घडीले प्राय
एकै समाय देखाउदैनन
यि घडीहरु कहिले फ्याँकौ जस्तै लाग्छ
जीवनको एउटा मोड पछि
यो रात मलाई अभिषाप लाग्छ
तिम्रो सम्झनामा जाग्ने लत् लाग्छ
-स्यानु पाईजा, पात्लेखेत-७, म्याग्दी
चाईनाको चामल आयो ??
चाईनाको चामल आयो ??
चाईनाले बनाएको सस्तो चामल किन आएन
भोको मान्छे ले पेट भरि खानै पाएन
पोहरै हो सुनेको चाईनामा सस्तो समान जस्तै
सस्तो चामल बनी सक्यो भन्ने सुनेको
काकुल काठमाडौलाई मेलाम्चीको पानी जस्तै
कुरे को कुरै भईयो सस्तो चामल किन आएन
यहाँका एक हुल मान्छे शान्ती खोज्न निस्केका छन
यहाँका अर्को हुल मान्छे शान्ती फर्काउन जुटेका छन
यहाँका एक हुल मान्छे सिलो टिप्नु अर्को गाँउ पुगेका छन
यहाँका अर्को हुल मान्छे पैचो माग्नु गएका छन
यहाँका एक हुल मान्छे जागीर खोज्न प्रदेश पसेका छन
धेरै दु:ख पाईयो , खान नपाई मर्न लाईयो
गरिब र दु;खी प्रमाणीत गराउदै शिर झुकाएका छन
शान्ती खोज्ने हो हुल र शान्ती फर्काउने को हुल
बिचै मा जम्का भेट भए र ठेला ठेल्म गरे
शान्ती खोज्ने र फर्काउने हरुले नै अशान्ती मच्चाए
सिलो टिप्नु गएकाहरुले धमिरा लागेको आलु भेट
पैचो खोज्नु गएकाहरुले झुपडी बन्ढकी राखेर फर्के
यहाँका मान्छे आफ्नो जमीन बाँझो फालेर
मुग्लानमा खै… के ? गमलामा फुल सार्दैछनरे
हुने खाने हरु होटेल मै डिनर लन्च गर्छन रे
नहुने हरु चाउचाउले भोक मेट्छन रे ।
दिन दिनै पसले लाई सोध्दै छन चाईनाको चामल आयो ?
नोट : सिलो- खेतको बाली धनी ले बाली भित्राए पछि छुटेका अन्न टिप्ने काम


































































