Nandu’s Photo- टोड्के महोत्सब ,गुँरास महोत्सब
पहिले फोटो स्मरण मा नन्दु पाईजाको गन्तब्य सस्पेन्स थियो तर यो फोटो यात्रा मा गन्तब्य छ । म्याग्दी कै ईतिहास मा पहिलो पल्ट गुँरास महोत्सब-टोडके महोत्सब । सम्झाना पुरानो हुन सक्दैन । जति पुरानो त्यती नै प्रिय हुन्छ । नन्दु सँगै टोडके पुगौ न है त ।
टोडके लालीगुँरास महोत्सब को बारे मा benionline and Cyberbeni le न्युज कबरेज गर्नु भएको छ साथै फोटोहरु पनि । बेला बेला मा click गरि re-fresh हुनु होला

बाटो मा जाँदा जादै । हुन त सजिलो बाटो पनि छ है टोडके पुग्नलाई । टोडके पुग्न यति डरलाग्दो यात्रा छैन यो हाम्रो साथी हरुको एडबेन्चर ट्रिप मात्र हो । टोडके यि बाटो सजिलै पुग्न सकिन्छ
1.बेनी-नयाँ गाउँ-डडुवा-पुर्णगाउँ- टोडके
2.बेनी-धतान -पातल्लेखेत-टोडके
3.झी-टोडके
4.पाखपानी-टोडके
5. कुहु-टोडके

टोडके महोत्सव ले ग्रामीण टुरिजम को नयाँ गन्तब्य खोले को छ । टोडके लाई पर्यटक गन्तब्यको रुप मा चिनाउन को लागि यसको पुर्बाधारहरु लाई पनि ध्यान दिनु जरूरी छ । धारसुन्ना र भङकसे को धुरीमा भ्यू प्वाईट टाबर र टोडके मा 3-5 दिन सम्मलाई बसोबासको लागी सुबिधा सम्पन्न रिसोर्ट बन्न सकेमा यो ग्रामिण पर्यटन को कोसेढुँगा साबित हुनेछ । माछापु्च्छ्रे र धौवलागेरी एउटै लहर मा हाँसेको महोरम दृश्य र फ्रेश हाबापानी र हरियाली यहाँको मनछुने आकर्षण हुन

यो टोडके महोत्सव स्थल हो।

टोडके लाई मनोरम प्रकृतिकले नै सजाएको भए पनि आयोजक ले पनि सजाउन कसरत गरे कै हुन । यो स्थान पुग्नलाई बेनी बाट ४- ५ धण्टा पैदल लाग्छ । तर अचेल कच्ची नै भए पनि पात्लेखेत गा०बि०स० को वाखेत-७ सम्म गाडी जाने भएकोले १ घण्टाको हिडाई मै पुग्न सकिन्छ ।
बिभिन्न समुदायका उत्साह पुर्ण सहभागिता नै हाम्रो बिशेषता हो । 3 दिन सम्म लागेको यो महोत्सव मा खेलकुद पनि समाबेस थियो ।

यो हो टोडके को बस्ती । यस्को नामकरण का कयौ कारण होला । तर पनि सहज अर्थमा टोड्का-यानी बुढो रुख जस्लो फेद या कुनै भाग कुहिएर या कारण बिषेशले प्बाँल परेको (टोड्का भएको) हुनाले टोडके भएको हुनु सक्छ । यहाँ बिशेष त पशुपालनको लागी जँगल पानी सहज भएकोले बस्ती बसेको हो। यसको साथ साथै मुला/आलु खेती को लागी प्रख्यात मानिन्छ टोडके। भेडा पालन र गाई भैसी पालन साथै कहु-पूर्णगाउँ-झी-पाखापानी-वाखेत को मान्छेको बनजँगल र ओहोरदोहर हुने सँगम स्थल भएको ले बिसौनी र चिया नास्ताको केन्द्र पनि हो ।
टोडके महोत्सव लाई सबैले आफ्ना रहर भए जति दृश्यलाई क्यामरा मा कैद गरे । कहिल्यै नबिर्सने गरे मन र दिमाग मा सेभ गरेर फर्किए।

धेरै ले जिबनमा पहिलो चोटी रियल लाली गुँरासलाई छुन र फोटो खिच्न पाएर र लाली गँरास जाम र जुस को स्वाद पनि लिए। सम्भाबना को खोजी हो यो समग्र मा । लाली गँरास महोत्सव मात्र होईन यहाँ को सम्भावना हिउँद मा हिउ परेको सिजन मा हिउ खेल्ने महोत्सब पनि हुन सक्छ । यहाँ को बनपैदावर को उचित सँरक्षण गर्नु हामी सबै को कर्तब्य हो । यस्तै खाले महोत्सव हरेक ठाउँ ठाउँ मा हुनु पर्छ । हरेक कुरालाई टिकटमा बेचेर केहि गायक र गायिका को भेला पारेर बियर र मासुको ब्यपार गरेर करोडौ को कारोबार देखाउने बजारमुखि महोत्सव ले भन्दा यस्ता महोत्सवले हाम्रो लागी दिर्धकालीन प्रर्तिफल दिने छ ।
No comments yet.











