लधु कथा : महोत्सव बाट फर्के पछि
यसपालीको माधे सँक्रान्ती लाई पनि हामीले माधे महोत्सव भनेर मनायौ ।अचेल मेला लाई महोत्सोव भन्न थालिएको छ हाम्रो तिर । नेता हरुले नयाँ नेपाल भने जस्तै होला नाम मात्रै फरेको भनेको त साच्चै महोत्सव त महोत्सव नै रहेछ नि एक चोटी पस्यो भने निस्किनै मन नगर्ने र निस्के पछि फेरि पस्नै मन नगर्ने ।(हरेक पटक को पसाई मा टिकट काट्नु पर्ने बाध्यता को ब्यंङ्ग होला ) यो मैले भनेको होईन मेरै छेउ मा एउटै बाटो मा मेरा अघि अघि हिडिरहेका दुई जना भाई हरुले कुरा गरेको सुनेको ।मेरो गन्तव्य पनि उतै र उनिहरु पनि समान दिशामा पैदल हिडेकोले उनिहरु को कुरा को रफ्तार र मेरो हिडाई मजाले मेल खाएको छ ।केटाकेटी को उमेर काँचै भए पनि कुरा चाहि नोट: गर्न लायक थिए । उनि हरु स्यानिय प्रतिभा रहेछन उनलाई एउटा गीत गाउने पालो पर्खन ३ दिन लाग्यो रे।ख्याती कमाएको कलाकार को पुरानै गीत दोहोरियो रे उनीहरुको नयाँ गीतले ३ दिन सम्म पालै पाएन रे ।स्थानिय/ नयाँ प्रतिभा हरुलाई कुनै एक दिन को अलिकती समाय छुट्टाईएको भए साहेद नयाँ प्रतिभा जन्मिन्थे होला।टिकट कातेर भित्र र बाहिरा गर्दा गर्दा पैसा सकिएर उधारो खाजा खान चिनेको होटेल तिर लाग्दै रहेछन ।
उनिहरु र मेरो बाटो अलग भए पछि मैले बेलुकी निक्कै बेर सम्म उनि हरु को कुरा कानी दोहराई तेहराई सम्झिए । दिन भरि डुलेर थाकेको बिस्तारा मै पल्तीएर टिभिको बटन थिचे ।टि भी मा हिजो कै महोत्सव सञ्चालन समिति को अध्यक्ष र हिजो कै महिला कलाकारले अर्को भाका मा हिजो कै शव्द राखेर दोहोरी गाउदै थिए ।हिजो को लय -झिल झिल सितारा …….थियो भने आज मायाले मार्यो दिल बिगार्यो त्यो ज्यानले पर्नु पिर…… पार्यो थियो ।कता कता केटाहरु को गुनासो सहि जस्तै लाग्यो । कता कता यो महोत्सोव भन्दा त पहिला कै मेला नै मजा थियो जस्तो लाग्यो । उति बेला त पुरै सास्कृतिक समुह ले आफै बजाएर प्रत्क्षय गीत गाएर जान्थे कति मजा । अहिले त ट्याक मा गीत गाउँछन क्यासेट मा सुनि सकिएका गितहरु फिका फिका जाग्छन ।कति ले त झन ट्रयाकको अभावले होला पुरै गीत नै बजाएर ओठ मात्रै हल्लाएर जान्छन ।प्रतिभाको जन्माउने होईन मार्ने काम गर्दै छ महोत्सबहरुले । नाम चलेका गायक गायिका लाई बोलायो टिकट बेच्यो पैसा कमायो । महोत्सवको नाम मा स्यानीय उत्पादनको साटो बियर र हुस्की हरुले राम्रो ब्यापार गर्छन । स्टीलका पाताहरु जोडेर बनाएको आकाश छुने पिङ पैसा नहुने को लागि आँखाको रमिता मात्र हो ।सायद त्यसैले पनि चाँडबाँड लाई चाँडबाँड कै रुप मा पनि बचाउनु पर्छ को जस्तो मलाई पनि लागेको छ ।महोत्सव को नाम दिएर हरेक कुरा लाई टिकट मै बेच्न थाल्ने हो भने सायद एक दिन लिङे पिङ र चमम्चा ( चर्खे पिङ) को नमुना पनि हेर्न मुस्किल हुने छ जुन बच्पनमा हामीले फ्रिमा धित मरुन्जेल खेल्न पाएका थियौ।मलाई पनि यो दशैमा परम्परागत मेला लागि दिए हुन्थयो जस्तो लागेको छ ।जहाँ गाँऊ गाँऊ बाट आएका सास्कृतिक टोली ले आफ्नो आफ्नो कला र गला देखाउन पाउन ।नयाँ नयाँ प्रतिभा जन्मिन पाउन ।
महोत्सव को ह्याङ ओभर नसकुन्जेल यस्तै कुरा मन मा खेली रहयो ।सम्झना आईरहयो । टम्वुको चेप (जादु देखाउनु बनाएको कपडाको घर ) बाट एउटा आँखाले भित्रको चटक हेर्न चाहाने स-साना नानीहरु पारी भित्ता बाट मान्छे चलमलाएको दृष्य मात्र हरेर फर्खने आँखाहरुले पक्कै पनि पुरानै मेला र मेईनटोलको (ग्याँस बत्ती/ मट्टितेल ले बल्ने चम्किलो बत्ती) उज्यालो मा हेरे का नाँचगान नै खोज्दै छन जस्तो लाग्यो ।पुरानै मेलाको याद गर्दै छन जस्तो लाग्यो ।
( शन्देस: पुरानो चलन सबै खराव छैनन।चाँडबाँड लाई चाँडबाँड कै रुप मा पनि बचाउनु पर्छ )
-स्यानु पाईजा
No comments yet.











