लधुकथा: टमलेट बाजे
लधुकथा: टमलेट बाजे -स्यानु पाईजा
पहाडको सानो थुम्का र पातलो बस्तीको किनारामा सानो पर्खाल भित्र सानो घर । मान्छेहरु कसैले यसलाई गोदाम घर भन्छन कसैले म्यूजियम भन्छन । तर म यसलाई टेम्पलेट यार्ड भन्छु । साना साना नानीहरुले टमलेट यार्ड (टमलेट-मेरो बुझाईमा पुलिस र आर्मिका जवानले पिउने पानी बोक्ने भाँडो) भनेर यस्को नामै बिगारि दिन्छन ।मलाई पनि यो अँग्रजी नाम मन परेको छैन । तै पनि मैले नेपाली नाम टेम्पलेटको मिल्ने अर्थ खोज्दा खोज्दै यतिका बर्ष बिना नाम नै गयो ।कसैले कहाँ हिडेको बाजे सोघ्यो भने दिने जवाफ मात्रै हो टेम्पलेट यार्ड ।अचेल त स्कुले नानीहरुले बाजेको टेम्पलेट यार्ड मा नयाँ के आयो सोध्छन र बेला बेला मा हेर्न आउने हुनाले टेम्पलेट यार्ड सबैको मुखमा झुण्डिसकेको छ ।तर बुढाबुढि चाहि थोत्रो समान राख्ने ठाउँ सम्झेर कति ले त पुरानो हलो र मुङ्ग्रो ल्याएर छाडेका छन ।तै पनि उपहारको उपहास गर्नु हुन्न बनेर नै मैले नयाँ हलो को छेउमै यस्लाई पनि सजाएको छु ।आफैले नजानेका कुरा पनि हलो बनाउने मान्छेलाई बोलाएर हलो कसरी तैयार हुन्छ भन्ने बिबरण सहित कुन कुन काठको हलो बन्छ लिस्ट नै तैयार गरेर राखेको छु ।हलो पुरानो (खिईयो भने मुङ्गरो बन्छ) भए छेउ राखेको मुङग्रो बन्छ । छेउ मा राखेको मुङग्रोले केटा केटी लाई सिकाएको छ ।कुनै काममा काम नलाग्ने भएको समान बाट अर्को काम लाग्ने समान पनि बनाउन सकिन्छ उदाहरण पनि भएको छ ।
अर्को दिनकै हेर्न आउने भनेको जाँतो हो ।प्राय: बिदेश बाट आएका पाहुना हरु र केटा केटीलाई यो जाँतो घुमाउने अतिनै मन लाग्ने रहेछ ।हरेकले यस्को बारे मा पढे पछि जस्ले पनि यसलाई दुई तिन फन्को नघुमाईकन जादैनन ।त्यसैले बेला बेला मा कहिले मानी भाच्चीन्छ कहिले हातो । फेरि अन्न बिना घुमाउदा जातो खिईने र जाँतो को प्रयोग पनि नखुल्ने भएको ले मकै र कोदो को खर्च पनि थपिएको छ । अर्को हो ढिकी र चर्खा यो त झन केटा केटी खेलेर हैरान । भुस धुटो हुने गरी ढिकि चलाएर जान्छन केटा केटी । ट्म्पलेट यार्ड को नेपाली नाम नजानेर मलाई आपत, नेपाली नाम ढिकि, जाँतो, चर्खाको अँग्रेजी नाम नजानेर आपत ।सुरुबाटको फसाद सकिएको छैन ।
जे होस मलाई खुसी यसै मा लागेको छ कि एकजना तन्नेरी ईन्जिनियर भाईले छोडेर गएको हिम पाईप बनाउने तरिका सहितको टेम्पलेट चाहि मजाले काम आयो त्यै हेरेर हाम्रै गाउँका स्कुले नानीहरु ले हिमपाईप बनाउन सिके ।अचेल खोला खोल्सी जता ततै हिम पाईप बिछ्याईएको ले पानी र हिलो को किचकिच को चिन्ता छैन । कति ले त चर्पि को खाडल मा पनि त्यै टेम्पलेट कै कपी गरेर रिङ बनाएर हालेका छन । यसै कारण ले पनि अचेल यस्को नाम बढि चलेको छ ।यसरी नै हरेक ले आफ्नो आफ्नो कला लाई सबैलाई सिकाउन भनेर नै मैले यो टेम्पलेट यार्ड को कल्पना गरेको हुँ। सुरुमा मैले यस्को नाम मेरो कार्यशाला (माई टेम्पेलेट) राखौ भन्ने सोचेको थिए र फेरी पछि यो मेरो शव्दले टेम्पलेट बुझाउने सृजकको अपमान गर्ला भनेर नै क्यानसिल भयो । एक चोटी त नमुना घर राख्छु बनेर बोर्ड पनि बनाउनै आँटेको हो तर हेर्ने आउनेले नमुना घरको डिजाईन होला भनेर झुक्केलान भनेर नै यो नाम पनि क्यानसिल गरे ।नमुना सँग्रह धेरैले जुराउने खोजेको नाम हो तर यो पनि मलाई उचित लागेन किन कि सँग्रह खाली शोखको लागी गरिन्छ ।बचाउ को लागी गरिन्छ तर म यस्को प्रयोग होस भन्ने चाहान्छु र बिकास होस भन्ने चाहान्छु/ समाय अनुकुल परिमार्जन भएर निरन्तर प्रयोग होस भन्ने चाहान्छु ।तपाई पनि आफ्नो कला र सृजना को नमुना भए टेम्पलेट यार्ड मा दिनुस न है ।हाम्रो देशको बिकासमा हाम्रै प्रबिधि सस्तो र मर्मत गर्न सजिलो हुन्छ नि । बिदेश बाट आएका प्रबिधिको करिगार पनि बिदेश बाटै बोलाउनु पर्छ । बिग्रियो भने बन्न बर्षो कुर्नु पर्छ । सक्ने जति त हामी नै बनाउन हामी लाई सहयोग गर्नुस ।तपाई पनि यो टेम्पलेट यार्ड को मिल्ने नाम सोच्नु भएको छ भने भन्नुहोला जुन उचित नाम हुन पनि सक्छ ।
ट्मलेट बाजे !!!! जाँतो मा आँटो छैन-सानी नानी कराऊछिन ।ट्मलेट लाई साईनो मै टाँसेर । म मुसुक्क हाँसेर हेर्छु ।जाँतो मा आँटो नभाको होईन हातो (जाँतो धुमाउन प्रयोग हुने हेन्डल) फुस्किएको रहेछ ।
(शन्देस : तपाईको सृजनाले हाम्रो गाँऊ फेर्न सक्छ ।- हिमपाईपको प्रयोग)
No comments yet.











