Mleadbeni's Weblog

स्यानो झ्याल : मलाई-आफुलाई-अरुलाई चियाउनुस

Photos: यसरी नाँचौ

Sorathi-Myagdi Magar Smaaj

Sorathi-Myagdi Magar Smaaj

Magar Samaj -5

Magar Samaj -3

Magar Samaj -4

May 30, 2009 Posted by | कबिता | Leave a Comment

Dilip Garbuja’s Photos-Iraq

Dilip garbuja new

Dilip Garbuja-1

Dilip Garbuja-1

Dilip Garbuja-2

Dilip Garbuja-2


Dilip Garbuja-4

Dilip Garbuja-4


kamal p

kamal p


Sorathi-Myagdi Magar Smaaj

Sorathi-Myagdi Magar Smaaj


——————————————————————–Related Topic: [Next][ Gallary

May 29, 2009 Posted by | Photo | Leave a Comment

जीवन र बिम्ब-२/२

जाँतो पिस्दै बालिका

जाँतो पिस्दै बालिका

कलिलै उमेर मा धाँसको भारी बोक्नु पर्छ

कलिलै उमेर मा धाँसको भारी बोक्नु पर्छ

मेरो पसल मा सबै थोक ताजा छन

मेरो पसल मा सबै थोक ताजा छन

पिउने पानी भर्दैछु नी

पिउने पानी भर्दैछु नी

लंगुर बुर्जा खेलेर पैसा जित्ने सपना छ फुच्चेहरु को

लंगुर बुर्जा खेलेर पैसा जित्ने सपना छ फुच्चेहरु को

पहुना लाई पर्खे को नी स्वागतम् गर्न लाई

पहुना लाई पर्खे को नी स्वागतम् गर्न लाई

May 28, 2009 Posted by | कबिता | Leave a Comment

यो त्यही गाउँ हो

यो त्यही गाउँ हो

टप टप झरेर बलेसी
बाल्टिन मा संगालिदैछ
बिजुली गर्जेको बेला
झयार् झयार् रेडियो बज्दैछ
टुकीमा उज्यालो बन्द कोठा
बिपनामै देखेका मिठा सपना
यो कल्पना नै हुन्दो हो
सुनसान यो रातमा
नयन कहि रसाउँदो हो
यो त्यही गाउँ हो
कटुबाल औरास्थ्यो रे
कुनै बेला ठुल्ढुंगाको डिलमा
मुखियाको आँगनमा सेर्मा तिर्नु जाऊ
पात्लेफाँतमा दाईहान्नु आऊ
सुनेन भन्न पाईने छैन
समायका चर्खामा सर्काईएका
अल्लोका धागो हरु
गलबन्दी बन्न सकेका छैनन्
बनेका गलवन्दी पनि गलामा छैनन
उ मुग्लान बाट फर्केको छैन
यो गाउँले धेरै भोगेको छ
कहिले लगान, कहिले सेर्मा,झारा
कहिले तिरो नाम बदलेर तिरेको छ
हिजोका मुखियाका नाती
दश बर्ष प्रधानपञ्च भएर
कति हो बर्ष अध्यक्ष भएको छ।
बुढो कटुबाल सास नपुगी नपुगी
उहि ढुँगामा कर्नाल फुक्न खोज्छ
प्रधानपञ्चको आगन कण्ठ पारेको जिब्रो
अध्यक्ष भन्नु आएको छैन
कर्नाल फुक्न सकेको छैन
साहेद मर्नु अधि उस्को जागिर खोसिन्छ
हिजोका केटा आज नेता
पस्यो शहर भिरेर फेटा
रगतमा औला चोबेर खाएका कसम
हामीले कसम टोडेका थिएनौ
तिमीलाई मान्य बनाको गाउँ यै हो
तिमी मात्र फेरियौ हामीलाई फेरेनौ
सांम्सद,सभासद …..सद बनि सक्यौ
तर यो गाउँ उस्तै छ।
बाजेको पेन्शन कुरेर बसेकी बजै
सिलाङमा लापत्ता भएको छोरा
देशको लागी लड्न निस्केको नाती
तिन थरि याद बोकेर के सोच्छिन होला ?
माईक मा कोहि औरास्दै छ
……नढले सम्म आन्दोलन गरौ
यसपाली त शहरमै पुग्नु पर्ने रे
हुलका हुल नेताहरु
बरिपरि दुना टपरिहरु
बज्यै लाई भन्दै थिए
सिलांङ पुगेरै छोरा ल्याइदिन्छौ
नातीलाई नेता बनाई दिन्छौ
थाहा छैन बज्यै कान सुन्दिनन
थाहा छ नाती मारिई सकेको छ
आँखा नदेख्ने, कान नसुन्ने
बजै को भोट चाहिएको छ
फेरी …….सद बन्नु छ
आखाँ देख्नेहरुले धोका दिन्छन
यो त्यही गाउँ हो
कटुबाल औरास्थ्यो रे
कुनै बेला ठुल्ढुंगाको डिलमा
नयाँ कटुबाल खोजिदै छरे
कर्नाल फुक्न सक्ने ।
औरासेर सन्देश छर्न सक्ने

नोट- कटुबाल- चर्को स्वरले सबैले सुन्ने गरी सामुहिक सन्देश सुनाउने मान्छै
औरास्ने- चर्को स्बरमा सबैले सुन्ने गरी सामुहिक सन्देश सुनाउने काम
कर्नाल- सन्देश सुनाउनु अधि ध्यान तान्न बजाउने बाजा ( नगरा )

May 28, 2009 Posted by | कबिता | Leave a Comment

Nandu’s Photo- टोड्के महोत्सब ,गुँरास महोत्सब

पहिले फोटो स्मरण मा नन्दु पाईजाको गन्तब्य सस्पेन्स थियो तर यो फोटो यात्रा मा गन्तब्य छ । म्याग्दी कै ईतिहास मा पहिलो पल्ट गुँरास महोत्सब-टोडके महोत्सब । सम्झाना पुरानो हुन सक्दैन । जति पुरानो त्यती नै प्रिय हुन्छ । नन्दु सँगै टोडके पुगौ न है त ।

टोडके लालीगुँरास महोत्सब को बारे मा benionline and Cyberbeni le न्युज कबरेज गर्नु भएको छ साथै फोटोहरु पनि । बेला बेला मा click गरि re-fresh हुनु होला

nandu Todke m-17
बाटो मा जाँदा जादै । हुन त सजिलो बाटो पनि छ है टोडके पुग्नलाई । टोडके पुग्न यति डरलाग्दो यात्रा छैन यो हाम्रो साथी हरुको एडबेन्चर ट्रिप मात्र हो । टोडके यि बाटो सजिलै पुग्न सकिन्छ
1.बेनी-नयाँ गाउँ-डडुवा-पुर्णगाउँ- टोडके
2.बेनी-धतान -पातल्लेखेत-टोडके
3.झी-टोडके
4.पाखपानी-टोडके
5. कुहु-टोडके
nandu Todke m-19

टोडके महोत्सव ले ग्रामीण टुरिजम को नयाँ गन्तब्य खोले को छ । टोडके लाई पर्यटक गन्तब्यको रुप मा चिनाउन को लागि यसको पुर्बाधारहरु लाई पनि ध्यान दिनु जरूरी छ । धारसुन्ना र भङकसे को धुरीमा भ्यू प्वाईट टाबर र टोडके मा 3-5 दिन सम्मलाई बसोबासको लागी सुबिधा सम्पन्न रिसोर्ट बन्न सकेमा यो ग्रामिण पर्यटन को कोसेढुँगा साबित हुनेछ । माछापु्च्छ्रे र धौवलागेरी एउटै लहर मा हाँसेको महोरम दृश्य र फ्रेश हाबापानी र हरियाली यहाँको मनछुने आकर्षण हुन
nandu Todke m-9
यो टोडके महोत्सव स्थल हो।
nandu Todke m-4
टोडके लाई मनोरम प्रकृतिकले नै सजाएको भए पनि आयोजक ले पनि सजाउन कसरत गरे कै हुन । यो स्थान पुग्नलाई बेनी बाट ४- ५ धण्टा पैदल लाग्छ । तर अचेल कच्ची नै भए पनि पात्लेखेत गा०बि०स० को वाखेत-७ सम्म गाडी जाने भएकोले १ घण्टाको हिडाई मै पुग्न सकिन्छ ।nandu Todke m-13

बिभिन्न समुदायका उत्साह पुर्ण सहभागिता नै हाम्रो बिशेषता हो । 3 दिन सम्म लागेको यो महोत्सव मा खेलकुद पनि समाबेस थियो ।
nandu Todke m-16
यो हो टोडके को बस्ती । यस्को नामकरण का कयौ कारण होला । तर पनि सहज अर्थमा टोड्का-यानी बुढो रुख जस्लो फेद या कुनै भाग कुहिएर या कारण बिषेशले प्बाँल परेको (टोड्का भएको) हुनाले टोडके भएको हुनु सक्छ । यहाँ बिशेष त पशुपालनको लागी जँगल पानी सहज भएकोले बस्ती बसेको हो। यसको साथ साथै मुला/आलु खेती को लागी प्रख्यात मानिन्छ टोडके। भेडा पालन र गाई भैसी पालन साथै कहु-पूर्णगाउँ-झी-पाखापानी-वाखेत को मान्छेको बनजँगल र ओहोरदोहर हुने सँगम स्थल भएको ले बिसौनी र चिया नास्ताको केन्द्र पनि हो ।nandu Todke m-3
टोडके महोत्सव लाई सबैले आफ्ना रहर भए जति दृश्यलाई क्यामरा मा कैद गरे । कहिल्यै नबिर्सने गरे मन र दिमाग मा सेभ गरेर फर्किए।
nandu Todke m-7

धेरै ले जिबनमा पहिलो चोटी रियल लाली गुँरासलाई छुन र फोटो खिच्न पाएर र लाली गँरास जाम र जुस को स्वाद पनि लिए। सम्भाबना को खोजी हो यो समग्र मा । लाली गँरास महोत्सव मात्र होईन यहाँ को सम्भावना हिउँद मा हिउ परेको सिजन मा हिउ खेल्ने महोत्सब पनि हुन सक्छ । यहाँ को बनपैदावर को उचित सँरक्षण गर्नु हामी सबै को कर्तब्य हो । यस्तै खाले महोत्सव हरेक ठाउँ ठाउँ मा हुनु पर्छ । हरेक कुरालाई टिकटमा बेचेर केहि गायक र गायिका को भेला पारेर बियर र मासुको ब्यपार गरेर करोडौ को कारोबार देखाउने बजारमुखि महोत्सव ले भन्दा यस्ता महोत्सवले हाम्रो लागी दिर्धकालीन प्रर्तिफल दिने छ ।

May 25, 2009 Posted by | कबिता | Leave a Comment

Photo-अमर रोका साथी सँग

amar-1

amar-2

amar-3

amar-4

amar-6

amar-7

amar-8

Hi Amar Thanku.

May 25, 2009 Posted by | कबिता | Leave a Comment

Nandu’s photo

नन्दु पाईजा को यात्रा स्मरण
Jhin-1
म्याग्दी, झिँ गा०बि०स० स्कुल नजिक
Nandu Paija  - ke ho boke ko
गेस गर्नु भयो के बोकेको ?

Todke jadai ho
उकालो चढ्नु छ नि त !

Nandu's Group

एक छिन थकाई मारौ है

Nandu's Group-4
थकाईले निन्द्रा नै लाग्यो नी !

Nandu's Group-5
पानी चिसो छ पिउनु होस
Nandu's Group-7
ल ०० मेरो पालो
Nandu's Group-8

Todke jadai ho
उकालो सकिएको छैन
Nandu's Group-9
गन्तव्य को नजिकै छौ ।

धन्यवाद् नन्दु पाईजा । सुन्दर फोटो को लागी- स्यानु

May 24, 2009 Posted by | कबिता | Leave a Comment

Photos- By Chabi lal Pun Myagdi

Dal Paija

Dal Paija

Yam & Vijaya

Yam & Vijaya

Shiva

Shiva

Ganga Paija

Ganga Paija

Mane Daju

Mane Daju

May 23, 2009 Posted by | कबिता | Leave a Comment

जान्ने बुझ्नेहरुको ब्याख्या-स्यानु पाईजा

तिमीले मागे ऋण हुन्छ
उहाँले मागे सापती
उस्ले मागे पो दाईजो हुन्छ
मैले दिएको त उपहार पो त
मलाई दलाल न भनुहोस
म त एजेन्ट हु एजेन्ट
कमिसन लाई धुस भन्ने
नेपालीमा नबोल्नुस
धेरै कुरा बिग्रिन्छ यहाँ
मैले बोले पो भाषण हुन्छ
उस्ले बोले आरोप हुन्छ
मैले दिए पो उपहार हुन्छ
उस्ले दिएको दाईजो हुन्छ
यतिखेर माग्नुस चन्दा हुन्छ
पछि मागे हप्ता होला
नेपाली मा नबोल्नुस
चाईने जो अर्थ बिग्रिन्छ
तपाई को नेपाली पनि खत्तम
अँग्रजी पनि खत्तम
नेपाली मा पनि मिस्टेक भन्नु भयो
अँग्रजीमा पनि मिस्टेक भन्नु भयो
परदान मन्तरी होईन के
प्रधानमन्त्री भन्नुस
पराई मिनिस्तर होईन के
प्राई(म)मिनिष्टर भन्नुस
आउदैन भने नबोल्नुस न !!!

May 21, 2009 Posted by | कबिता | Leave a Comment

गफ चौपारी-स्यानु पाईजा

डिजिटल फोटो फ्रेममा

फोटो हरू आफै फेरिन्छन

भित्तामा रोनाल्डिनोको फोटो

गोडा उचालेर फुटबल माथी

अटो सेन्सर बासबेसन

नल नछोईकन पानी चाहिए जति

डिजिटमा क्यालकुलेट भएका

माईक्रोवेभ काउन्टडाउन चालुछ

पटक पटक आईफोनले

मिटिङको समाय रिमाईण्ड गराउछ

मुवाईलमा युट्युव भिडियो

सन्सार मुट्ठीमा आयो ? या

सन्सार मुट्ठीमा गयो ?

बुलेट पुर्फ गाडी/घर

पुराना जमाना को कुरा

बुलेट पुर्फ मान्छे जन्माउनुमा

ट्ल्लीन छन रे बैज्ञानिक दम्पति

बिन लादेन को नाम मा

बेतार डाटा ट्रान्सफर गरेर

मानव बम रोपिदै छरे

चोर हरुले कोड् कपि पेस्ट गरेर

बिना समचार दाता वेबसाईड चलाए झै

हजारौ मान्छे भित्र बम पेस्ट छन रे

हामी यसरी नै लोड सेडिङको बेला

गफ चौतारीमा गफ गरिरहेको बेला

नेताहरुले कुर्ची खोसखोसको खेल खेल्दै गर्दा

बेतार भाईरसहरु जातजातिको नाममा

धर्म र आस्थाका नाममा ट्रान्सफर हुदैछन

सँघ र सँधियताको नाममा पस्दैछन रे

हाम्रो देशको कम्जोर एन्टिभाइरस

बर्षौ देखि म्याद नाधेको छ

हिजो एउटा साथीले भनेको

गफ चौपारीमा हामी किन गरिब ?

थाहा छ ?

अमेरिकाको होटलको महँगो मेनु

टि भि मा देख्छौ किन्ने पैसा छैन

हिजो नेपालको डकुमन्ट्री कुन च्यानल ले देखायो

खोले खाई रहेका थिए । कति गरिब ?

बिकासको कुरा गर्दै गर्दा

सभ्यताको गफ चल्दा

कति चोटी चौपारी कै कुनामा

पिसाब फेरे सबैले गन्नै बिर्से

हाम्रो गफ चौपारी को बैठक

रूमालले नाक थुनेर बसिदै छ

सन्सार बाथ टपको साईज

डिजिटल जुम जस्तै एक्सपेन्ड गरेर

सुईमिङ पुल बनाउने सोचमा छ

सुईमिङ पुल लाई बाथ टप

हामी मैन बत्ती किन्ने लाईन बस्दैछौ

नेता लाई गाली गरेर बस्दैछौ

गफ भित्र गफ चौपारीमा

May 18, 2009 Posted by | कबिता | Leave a Comment

सपना भित्रको मान्छे

एउटा बिचित्रको मान्छे

सपना भित्रको मान्छे

हाँसेर नथाक्ने मान्छे

खोजेर नथाक्ने मान्छे

रोजेर नथाक्ने मान्छे

सन्सार जित्ने मोहमा

बेस्सरी हारेको मान्छे

आफ्नो र आफन्तको

क्षितिज पारिको मान्छे

कहि फोटो मुस्कुराउँदा

मन भटभटी पोल्छ अरे

हरेक खिल्लीमा लेखिएका

मृत्युका बाणीहरु लाई

देखेर नदेखे जस्तै गरी

सल्काएर मेटाउदै छ रे

जीबन उड्दैछ फुङ्ङ

कति सहज किस्तामा

हल्का हल्का धुँवामा

सल्काएर एउटा खिल्ली

क्या मजाको मुड बन्छ

एउटा निबन्ध लेखिदैछ

धुम्रपान स्वास्थ्यको लागी

हानिकारक छ ‌।। ।।

एउटा बिचित्रको मान्छे

सपना भित्रको मान्छे

May 14, 2009 Posted by | कबिता | Leave a Comment

गीत र गीतका चोईटाहरु

गीत र गीतका चोईटाहरु

सुस्तरी चियाउछ बादलुले
तिमी शीत बनि झरेको बेला
जुन सँग बादलुको लुकामारी
आधा गुमसुम आधा खुलेको बेला
शिकारीको काँधैमा बन्दुक
कुन मृगको काल आयो
भोको पेट पस्केको खाना खोई
फेरी किन रित्तो थाल आयो
माझि दाईले जालै हान्यो
मर्स्यांङदीमा छाल आयो
माया लाउछु भन्दा भन्दै
निस्ठुरी दैब काल आयो
गीत र गीतका चोईटाहरु
गाउँ बेसीको फाँतहरुमा
भिर पाखा र खोचहरुमा
भाका भाका सजिएका छन
देउरालीमा सुस्ताउदै माईला दाई
जमना सम्झनु हुन्छ———
टौवाको मुनी गौवाको पानी
कौवाले खायो हा हा भन
चालिसे चुरा गाँउले को कुरा
सुनेर पिरती लाउदिन नभन
टौवा को मुनि……….
सुन मुरलीलाई सुनचाँदी बाँधौला
केहि गीत पिडाका
केहि गीत खुसीका
हरेक थुम्का थुम्कामा गुन्जिन्छन
गीत र गीतका चोईटा हरु
मलाई पनि लैजाउ भेना
टाढाको गोठै मा-
गीतमा के छैन ?
साली भेनाको ठट्टा छ
लिङ्गे पिंङ्ग दोहोरो मच्चिएकोछ
चौतारीको बरपिपलको काशी पुग्यो जरा
जुनी राजै बित्यो नजादो हो रहर
गीत भित्रका प्रीतहरु
सुनु सुनु लाग्ने छन
गीत र गीतका चोईटाहरु
देउराली र पाखा भरि
गीत र गीतका चोईटाहरु
माया र माटोको सुगन्ध
गीतहरुमा मिसिएकोछ
हाम्रै माटोको गीत बाँचे
कति जाती हुन्थ्यो
सगरमाथा जस्तै मेरो छाती हुन्थ्यो
गीत र गीतका चोईटामा
बियर र धुँवा नमिसिए हुन्थ्यो

May 12, 2009 Posted by | कबिता | Leave a Comment

तिमी मुस्कुराउँ मात्रै

तिमी मुस्कुराउँ मात्रै
सप्तरंगी फूल फूल्छ
बस सानो ईसाराले
मनमा हलचल हुन्छ
सपनीमा आएनौ भने
निन्द्रानै खलबल हुन्छ
कुन साईनो को
के सम्बन्ध को ?
तिम्रै बाटो हेरू हुन्छ ।
यो कुन याम हो
मन भरि आशा फुल्छ
भेट भरि बाँचा झुल्छ
तिम्रो मेरो भेटको
चिनारी सातौ लाग्छ
देउराली एउटा फूल
सगै सगै राखौ लाग्छ
जीन्दगीको बाटो पुरै
सँगै सँगै काटौ लाग्छ
तिम्रो सानो ईसाराले
जीवनको अर्थ खुल्छ
तिमी मुस्कुराउँ मात्रै
सप्तरंगी फूल फूल्छ

May 10, 2009 Posted by | कबिता | Leave a Comment

लधु कथा:फूल र पश्चताप

फूल र पश्चताप-स्यानु पाईजा

मनले मागेको कुरा भगवानको अगाडी स्वच्छ मनले मागे पाईन्छ भन्ने कुरा मैले पनि सुनेको भए पनि अझै सम्म माग्नु त के भगवान को न मन्दिर को आसपास पनि म पुगेको छैन । तर अचानक एका एक मेरो मन ले पनि एक चोटी त भगवानलाई केहि त माग्नु पर्छ भन्ने लाग्यो ।अचेल के के न मागीन्छ भने मेरो माग भगवानलाई समान्य होला जस्तै लाग्छ मलाई ।म के माग्दैछु त्यो त यहाँ खुलाउनै मिल्दैन किन कि मनमनै माग्ने भएर नै मनन्त भनेको हो रे । अहिल्यै खुलायो भने त मनन्त नै भएन नि होईन र ?

एकाबिहानै मन्दिर जानु भनेको कहिल्यै मन्दिर गएको भए पो एक छिन अलमल परे पुजाको समान के के हो भनेर । तै पनि अगरबत्ती आफ्नै मा थियो । अबिर आफ्नै मा सब्जिपसल नै भए पनि फलफूल पनि आफ्नै मा भयो । केरा, स्याउ, सुन्तला, नरिबल भैहाल्यो । यता उती हरेको याद गर्दा खेरी सबैले हातमा पुजाको थाली समाएर मन्दीर गएको सम्झना भयो ।बिधि त पुराउनै पर्यो म पनि पुजाथाली (बिशेष प्रकारको तामाको सानो सानो थुप्रै खाल्टो खाल्टो भएको थाली) माग्न छिमेकीको मा पुगे । छिमेकी पनि पुजा कै लागी ठिक्क् परेकी ढोका मै भेट भो अब माग्ने कुरै भएन ।अर्को दिदी को मा पसेको दिदी लाई पनि महिनावारी भएको ५ दिन नहुदै पुजाकोठा मा पस्नु नहुने रे । दिदी परिन झनै परम्पराबादी नियम उन्लधन गर्ने त कुरै आएन । समाय निक्कै बितिसकेको ले हतार हतार भात खाने थाल मै भए पनि पुजा समान राखे र हिड्नै लागेको असली कुरा फूल त मर्लक्कै बिर्से छु । अब यतिखेर कहाँ होला फूल ? यता उति हरेको आपतै भयो । हुने खानेको पाँच फिटको कम्पाउण्ड छ गेटमा कुकुर देखि साबधान को बोर्ड छ । समान्य धरहरु मा एक बोट खुर्सानी, चार बोट लसुन, दश बोट धँनिया, एक झाल गोलभेडा मात्रै लाउने ठाउँ हुन्छ त्यति ठाउँ मा कस्ले फूल लाओस ।

यता उती हरेको तीन घर पर घरको छतमा गमला मा सयपत्री फुलेको देखे । हातमा चार बटा स्याउ समाएर फूल माग्न गएको ।यो माग्न जाने ठाउँमा उपहार लैजानै पर्छ भन्ने सोचले आम नेपालीला जरा गाडेको भनेको यस्को तुसा त म भित्र पनि पलाएको रहेछ मन मनै हाँस्दै घर भित्र जानै लागेको हातमा २० को नोट समाएर सानो ६ बर्षको बालिका तल पहिलो तल्लाकै भरर्याङ फेला पारे आमा खै भनेको कोठा मा भनिन । आउन कोठा सिकाई देउ एउटा स्याउँ को धुस दिएर भने। टी भि मा रामदेबको योग सँगै योग गर्दै रहिछिन आमा चाहि । ध्यानको बेला बोलाउनु हुदैन भन्ने ज्ञानले होला मैले बोलाउने आत गरिन । बरु नानी लाई नै सबै स्याउ दिएर मात्र एक थुगा फूल मागे । चार ओटा स्याउ पाए पछि बिचरी ले झन्न चार वटै फूल टिपेर ल्याई दिईन कस्तो जाती नानी हरेन चार बराबर चार म हतार हतार फर्केर लागे मन्दीर तिर सरा सर ।

अरु ले जस्तै जस्तै गरेर पुजा गरे । महिलाहरु र केटा केटी हरु म एक मात्रै पुरूष देखेर होला ट्वाल्लै परे रे हेर कति ले । कोई कोईले त राम्री केटी बरमाग्ने ठाँउ त फलाना मन्दिरमा जाने हो यहाँ त स्वामी को दिर्धायुको लागि मात्र हो पनि भनिन । ठ्ट्टा गरिन कि साच्चै भनिन मैले ध्यान दिएन ।पुजा गरि चट्ट टिका लगाई वरी भरखरै मन्दिरमा कप्टेरा पर्ने गरि फुटालेर चढाएको नरिबल को सानो टुक्रा मुखमा चाप्दै फर्किइ डेरा तिर ।अरुलाई नदिए पनि बिहान फूल दिने नानी लाई प्रसाद दिन्नु भनेर यसो तल्लो ताला सम्म पुगेको माथी नानी रोई रहेको सुने । के भएछ हेर्न गएको त निधारमा पुरानो मुबाइल ले झटारो हानेकी रे आमा चाँहीले सुपारि जत्रो टुटुल्को । किन होला भनेर सोच्न नपाउदै भित्र बाट कराएको सुनिहाले । गमला लाई चारहजार पर्छ । फूल फुल्न चार महिना लाग्छ । दिनदिनै मिनिरल वाटर हाली हाली बल्ल बल्ल फुलाएको फूल चार वटा स्याउ सँग सात्ने। तलाई खाना पनि दिन्न ।यत्रो बखेडा को जड मै हो फेरी यै मान्छे लाई दिएको फूल भनिन भने त भित्र बाट नयाँ सत्तरी हजारको मुबाईले हानेर सात वटा टाँका लाउनु पर्छ भनेर हतार हतार तल झरे ।रुदै गरेको नानी को छेउमा नरिबल छोडेर । एक छिन पछि आमा चाहीले हेरिछिन नरिवल सँग पनि सातेको रहेछ मलाई झुट बोल्छस फेर अर्को थप्पर भेटिछिन बिचरी ।

यसपालीको पहिलो पुजाको अनुभव पुन्य भन्दा पनि पाप गरे। हरेक दिन त्यै निर्दोषको आँसु सम्झेर म पछुटाउछु र प्रथाना गर्छु भगवान मलाई केहि चाहिदैन मात्र मलाई माफ गरिदिनुस ।सायद अव म पुजा गर्नु गए भने पनि फूल नै नलिईकन जान्छु होला।कहिले कहि यो भात खाने थाल मा पुजा समान राखेर पुजा गर्नु गएको ले यो असपगुण भा होला भन्ने लाग्छ ।जोड्न मिल्ने भए पनि त्यो फूल मन्दीर बाटै फर्काएरै भए पनि जोडडा हु जस्तै लाग्छ ।हरे शिव शिब । ठुलै भुल भयो ।

May 8, 2009 Posted by | कबिता | Leave a Comment

खेलमा–स्यानु पाईजा

खेलाडी र खेल
हार र जीत
जित्नेले हारे
हार्नेले जीते
हारेर जीते
जीते र हारे
बुझ्नै नसक्ने
अनौठो खेलमा
दर्शकले हारे
हुटिंङ दिएर
ताली बजाएर
हौसला दिनेले हारे
जिताउने ले हारे
नियम नबुझेर
या उलङछन गरेर
रेफ्रिले हारे
अचम्मै सित
आजको खेलमा
दर्शकले हारे

May 7, 2009 Posted by | कबिता | Leave a Comment

प्रसंगबस – प्रचण्ड को भिडियो को सारांश

सबै तिर चर्चा मा रहेको प्रचण्ड को भिडियो तपाईले मिडियामा हेर्न चाहेर पनि कार्यब्यस्तता को कारण र अन्य कारणले हेर्न भ्याउनु भएको छैन भने यहाँ माई संसार मा कमेन्ट को रुप मा टेक्स मा प्रस्तुत गर्नु भएको छ । जस्ता को तस्तै हेर्नुहोस

बास्तबिक source ma jana click garnus

Comment by महन्त
2009-05-06 15:51:19

video ma bhayeko purai bhasahan
source: nagariknews.com
२०६४ पुस १८
प्रशिक्षण कार्यक्रमका अध्यक्ष कमरेड हाम्रो पार्टीका सहयोद्धा कमरेड उपस्थित सबै कमरेडमा क्रान्तिकारी अभिवादन।
कमरेडहरु तपाईहरुको रिपोर्ट संष्लेसितरुपमा तपाइँहरुले धेरै राम्रो तयारी गरेर प्रस्तुत गर्नुभएको रहेका छ। सबैकम भावना सबैका जिज्ञासा त्यसमा समेटिएका होलाजस्तो लाग्छ। ५-६ जना कमरेडले प्रत्येक ब्रिगेडमा सल्लाह गरी जो रिपोटै राख्नुभएको छ मलाई के अनुभूति भयो भने यो देशैभरको प्रश्न हुन् र देशभरकै रिपोर्ट हो। हुन त तेस्रो डिभिजनबाट यो आयोजित भयो।

तपाईहरु सबै तेस्रो डिभिजनसँग सम्बन्धित हुनुहुन्छ। तर प्रश्नको प्रकृति चाहिँ देशभरकै प्रश्नलाई समेटिएको छ। हामी अहिले पार्टीको केन्द्रीय समितिको बैठक बस्दैछौं। म मोटामोटी त्यसको तयारीमा लागेको छु। केन्द्रीय समितिको बैठकको मुखमा तपाईहरुले पार्टीको के समस्या छन् के जिज्ञासा छन भनेर जसरी संश्लेशितरुपमा राख्नुभएको छ मैले के महसुस गरें भने तपाईहरुको रिपोर्टले केन्द्रीय समितिको बैठक संचालनमा धेरै ठूलो सहयोग गर्छ भन्ने लागेको छ।

यसले बैठकमा लिने निर्णयलाई पनि केही न केही प्रभावित पार्यो र पार्छ। बैठकको तयारीसँग सम्बन्धित हेडक्वार्टरले केही प्रक्रिया सुरु गरेको छ त्यसमा पनि राम्रो मद्दत गर्यो भन्ने लागेको छ। त्यस कारण तेस्रो डिभिजनका डिभिजन कमान्डरदेखि तपाईहरु सबै कमरेडलाई पार्टी केन्द्रीय कार्यालयको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु।

मैले कमरेड विविध तेस्रो डिभिजनका कमान्डर कालीबहादुर खाम सँग केन्द्रीय समितिको बैठक पछि राखे पनि हुन्थ्यो यो प्रशिक्षण तपाइँले अगाडि राख्नुभयो अलि मिलेन कि भनेको थिएँ। तर तपाईहरुको रिपोर्ट सुनिसकेपछि मलाई अहिले ठीकै समयमा राखियोजस्तो लाग्यो। यो रिपोर्टले हामीले सम्बोधन गर्नुपर्ने विषय कहाँ छ भन्ने राम्रोसँग वोध गरायो। हाम्रा सातवटै डिभिजनमा बैठकपछि प्रशिक्षण गर्नु त आवश्यक छ। त्यो पनि गरौंला। तर यो चाहिँ केन्द्रीय समितिको बैठकको तयारीको प्रशिक्षण हुन पुग्यो। यस अर्थमा यो महत्वपूर्ण रहयो भन्ने मलाई लागेको छ। अनुभूतिको तहमा यो प्रशिक्षणका क्रममा कमरेडहरुलाई म यति कुरा राख्न चाहान्छु।

विषयवस्तुको दृष्टिकोणले तपाईहरुले उठाएका प्रश्नमा विस्तारमा जाने हो भने दुई चार घन्टा पाच सात घन्टा छलफल गनुपर्ने देखिन्छ। किनकि समग्र कार्यदिशाका बारेमा रणनीतिका बारेमा समग्र क्रान्तिका बारेमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारेमा सेना समायोजनदेखि लिएर शुद्धीकरणदेखि लिएर सबै विषय परेका छन्। यी यस्ता विषय छन् जसका बारेमा घन्टौं छलफल गर्दा पनि कमै हुन्छ। अहिले हामीसँग एक घन्टा पनि समय छैन। योभित्र यी सबै विषय समेटेर तपाईंको जिज्ञासा कति मेट्न सकिन्छ भन्ने कुरा अलिकति कठिनै प्रश्न छजस्तो लाग्छ। तर फेरि तपाईहरुले जे प्रश्न उठाउनुभएको छ त्यसका बारेमा तपाईंहरुले बुझ्नुभएको छैन भन्ने मलाई चाहिँ लाग्दैन। धेरैजसोले बुझ्नुभएको छ। कार्यदिशा के हो रणनीति कार्यनीति के हो शुद्धीकरण के हो भन्ने तपाईंहरुले बुझ्नुभएको छ।

अलिकति जोड र कोणमा मात्रै स्पष्ट नभएको हुन सक्छ। तर आधारभूतरुले मात्रै तपाईंहरुले उठाएका प्रश्न अत्यन्त नौलो उत्तर दिनुपर्छ भन्ने मलाई लागेको छैन। यी पुरानै प्रश्न हुन् यिनका बारेमा धेरै पटक छलफल भइरहेका प्रश्न हुन् त्यसैले तपाईहरुलाई मोटामोटी थाहा छ त्यसैले मैले छोटो उत्तर पनि पर्याप्त हुन्छ भन्ने ठानेको छु।

यो प्रसंगमा कमरेडहरु हामी नेपाली क्रान्तिको मात्रै होइन विश्व क्रान्तिको पनि असाध्यै महत्वपूर्ण क्षणमा छौं। महत्वपूर्ण प्रयोगमा छौं । विचारको र खाली नेपाली क्रान्तिको निम्तिमात्रै होइन विश्व क्रान्तिका निम्ति पनि विचारको नयाँ प्रयोगको चरणमा छौं हामी। त्यसकारण हामीले उठाउने प्रश्न खाली हाम्रो पार्टी जनमुक्ति सेना जनयुद्ध अथवा हाम्रो क्रान्तिसँग मात्रै सम्बन्धित छैनन्। यो विश्व कम्युनिस्ट आन्दोलन विश्व सर्वहारा वर्ग विश्वभरका श्रमजीवी जनता विश्व क्रान्ति र विश्व साम्राज्यवादसँग सम्बन्धित छन् यी प्रश्न। त्यसैले हामीले बुझ्दा फेरि के बुझ्नुपर् यो भने विश्वको सबभन्दा अगाडि बढेको क्रान्तिकारी पार्टी भएको नाताले सबभन्दा अगाडि बढेको आन्दोलनको नाता विचार रणनीति र कार्यनीतिको दृष्टिकोणले पनि सबभन्दा नयाँ स्तरमा उठेको पार्टी हुनुको नाताले पनि हाम्रा प्रश्न विस्तारै सार्वभौम हुँदै जान थालेका छन्। विश्वव्यापी महत्वका प्रश्न हुन थालेका छन्। पहिला हामी जनयुद्धको तयारीका बेलामा उठाउने गरेको प्रश्न हाम्रा प्रश्न हुन्थे हाम्रा देशका प्रश्न हुन्थे हाम्रो पार्टीका प्रश्न हुन्थे हाम्रो रणनीति र कार्यनीतिका प्रश्न हुन्थे दस वर्ष लडेर अहिले फेरि शान्ति प्रक्रियामा पनि हामी लडिराखेकै छौ भिन्न ढंगले। यो लडाइँसम्म आउँदा हाम्रा प्रश्नको चरित्र राष्ट्रिय नभएर अन्तर्राष्ट्रिय हुन थालेका छन्। हाम्रो हस्तक्षपको प्रकृति राष्ट्रिय नभएर अन्तर्राष्ट्रिय हुन थालेको छ।

एक वर्षदेखि तपाइँहरु शिविरमा बस्नुभएको छ विभिन्न ठाउँमा उपस्थित भएर तर तपाईं हाम्रा दिमाग प्रश्न फेरि एक ठाउँमा केन्द्रीत छैनन् विश्वव्यापी महत्वका छन्। तपाइँहरुले रिपोर्टमा केही राखेका प्रश्न अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका छन्। किनकि दस वर्षको जनयुद्धमा हाम्रा सोच संस्कार अन्तर्राष्ट्रियकरण भइसकेका छन्।

त्यसैले सबै प्रश्नको साझा उत्तर के हुन्छ भनेर मैले सोच्दै गएँ। एउटैमा खाँदेर यसको उत्तर कसरी दिन सकिएला के गरेर बुझाउन सकिएला भन्ने मैले सोचिरहेको थिएँ।

तपाइँहरुलाई पार्टीले धेरै सम्झौता गर्न थाल्यो कि क्या हो विद्रोह गर्न छाडेर भन्ने प्रश्न गर्नुभएको छ। अथवा चुनावमा जाने भनेकै विद्रोह गर्ने भनेको हो कि होइन। चुनाव र विद्रोहको चाहिँ आपसमा तालमेल कति होला चुनावी आन्दोलन र विद्रोहको तयारी अथवा क्रान्तिको तयारी हामीले के भनेका छौ भने हाम्रो युद्धको तयारीमा क्रान्तिको तयारीको विकासका क्रममा रणनीतिक प्रत्याक्रमणमा छौ भनेका छौ हामी। हामी फर्केर रणीनतिक रक्षामा गएको भनेका छैनौ हामीले युद्ध छाडेको पनि भनेका छैनौं। भलै कूटनीतिक भषा प्रयोगमा चाहिँ को को सँग के के गरियो छोड्दिउ अहिलेलाई। आफ्नो भाषामा हाम्रो डकुमेन्टमा हामीले रणीपनतिक प्रत्याक्रमणकै चराणमा भएको उल्लेख गरेका छौ‌।

रणनीतिक रक्षा रणनीतिक सन्तुलन पार गरेर प्रत्याक्रमणको चरणमा कार्यनीति चाहिँ चक्ररदार अपनाइरहेका छौ रणनीतिक प्रत्याक्रमणलाई सफल पार्नका निम्ती । किनकि जनयुद्धको चरणमा पनि घुमघुमाउ चक्ररदार बाटा हिंडेर नै रक्षाको चरणमा हामीले जनयुद्धका पहल गरेका थियौं भने अहिले प्रत्याक्रमणको चरणमा पनि फेरि हामीले नयाँ तरिकाले गरेका छौं। नयाँ कार्यनीतिद्वारा प्रत्याक्रमणको तयारी गरेका छौं त्यसैले रणनीतिक दृष्टिकोणले यहाँ केही भ्रम हनुपर्ने कारण छैन। हामी रणनीति प्रत्याक्रमणबाट भड्किएका छैनौ। कमसेकम हाम्रो उद्धेश्य के छ भने प्रत्याक्रमण नौलो तरीकाबाट सफल पार्ने उद्धेश्य छ।

तपाईंहरुलाई छिटो छिटो शिविरबाट हतियार झिकेर अथवा कहीँ बाहिरबाट हतियार ल्याएर आक्रमण गर्ने कहिले आउला भन्ने पनि लाग्छ होला। त्यस्तो बाटो नअपनाएर यस्तो बाटो किन अपनाइयो भन्ने प्रश्न पनि हुने भयो। अस्ति त विद्रोह गर्ने कुरा गरेको थियो मंसिरमा हुन्छ कि विद्रोह भनेको त फेरि मंसीरमा त चुनावमा जाने निर्णय भयो पार्टीले हेर्दाखेरी यो प्रश्न सानोजस्तो लाग्छ तर यो प्रश्नसाग पूरै संसार जोडिएको छ। धेरै प्रश्न जोडिएको छ यो प्रश्नसँग। त्यसैले म के भन्छु कमरेडहरु हामीले जे कार्यनीति अपनाएका छौं त्यो अहिलेको कार्यनीति होइन त्यो अलि पहिलाका कार्यनीति हो। हामीले कस्ता रणीनति अपनाउँछौं भन्ने कुरा हाम्रो समग्र सोचसँग सम्बन्धित छ। तपाइँ सीधा जान चाहान्छु भने पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमै जानुपर्ने हुन्छ। दोस्रो राष्ट्रिय सम्मेलनमा हामीले दीर्घकालीन जनयुद्ध र हाम्रो सशस्त्र विद्रोहका कार्यदिशाको फ्युजन गरेर नयाँ कार्यिदशा बनाउनुपर्छ भनेर आजभन्दा आठ वर्षअघि सम्मेलनद्वारा पारित निर्णयमा भनिएको छ । ‘हामी जहाँ गयो त्यहाँ जानुपर्ने हुन्छ पार्टीको अहिलेको कार्यनीति बझ्नलाई। किनभने दीर्घकालीन जनुद्धको बाटोबाट जाँदा त्यही रणीनति र कार्यनीतिको डरमा अघि बढिरहन्छ। दीर्घकालीन जनयुद्धमा आम सशस्त्र विद्रोहको पनि फ्युजन गर्नुपर्छ नत्र जनयुद्ध सफल हुँदैन भनेर दोस्रो राष्ट्रिय सम्मेलनमा भनेका छौ। त्यसपछि हाम्रो कार्यनीति फेरिएको छ।

आम सशस्त्र विद्रोहको कार्यदिशा भनेको सशस्त्र पनि शान्तिपूर्णपनि कार्यदिशा हो । दीर्घकालिन जनयुद्धको कार्यदिशाभित्र शान्तिपूर्ण कार्यदिशा पर्दै पर्दैन भन्ने त हुदैन सैद्धान्तीक रुपले अथवा कम पर्छ वा पर्दैन बराबर हुन्छ । दीर्घकालीन जनयुद्धभित्र शान्तिपुर्ण रणनीति भन्ने असाध्यै कम हुन्छ । आम सशस्त्र विद्रोहको कार्यनीति अन्तर्गत संगठनको पूर्ण आन्दोलनको धेरू महत्व हुन्छ ।
शान्तिपूर्ण आन्दोलन गर्दा लगेर एउटा विन्दुमा लगेर जनतालाई विद्रोह गर्ने भन्ने हुन्छ। हाम्रो पूरै दीर्घकालीन जनयुद्ध पनि होइन पूरै सशस्त्र विद्राह पनि बनाएका छैनौ। हामीले सशस्त्र विद्रोहका पनि केही कार्यनीति र दीघकालीन जनयुद्धका पनि कार्यनीति मिसाएर फौजी कार्यदिशा तय गरेका छौं।

साथीहरुले अहिलेको मात्रै रुप हेर्छन र आत्तिन्छन् हामी थोकेकोजस्ता ठान्छन् त्यसरी हेर्न हुँदैन। हामीले यो कार्यनीति पारित गरेदेखि हाम्रो सेनासँग लडाई भयो ब्यारेकहरु कब्जा गर्ने ठूला लडाइँ हामीले त्यो भनेपछि गरेका छौं। दीर्घकालीन जनयुद्धभित्र शान्तिपूर्ण कार्यनीतिको मात्रा अत्यन्तै कम हुन्छ अथवा हुँदैन बराबर पनि भन्न सकिन्छ। तर आम विद्राहको कार्यनीतिभित्र शान्तिपूर्ण सघर्षको लामो प्रक्रिया हुन्छ। माओले क्रान्ति गर्दा सानो छापामार टिमबाट सुरु गरेर बताउँदै लगेर पुरै सत्ता कब्जा गर्ने खालको भयो। त्यो दीर्घकालीन जनयुद्धको रणीनतिअन्तगैत भयो।

लेनिनले सशस्त्र विद्रोहको राण्नीतिअन्तर्गत क्रान्ति गर्दा लगातार २५ वर्ष शान्तिपूर्ण संघर्ष गरेर अन्तिममा पहिलो विश्वयुद्ध भएर जताततै संकट भएको वेलामा उहाँले केही दिन विद्रोह गर्ने बित्तिकै सत्ता कब्जा भईहाल्यो । त्यसकारण लामो शान्तिपुर्ण संघर्ष थोरै सशस्त्र विद्रोह त्यो हो सशस्त्र विद्रोहको रणनीति। लामो सशस्त्र विद्रोह छोटो शान्तिपूर्ण आन्दोलन यो हो दर्धिकालीन जनयुद्धको रणनीति। हामीले यी दुवैको फ्युजन गरेपछि हाम्रो कार्यनीति र रणनीति भिन्न हुने भए। नौलो हुने भए। त्यसैले पहिला हामी यहाँ गहिरो गरेर बुझ्न जरुरी छ। त्यस कारण तीनपटकसम्म वार्तामा किन बस्यौ होला। संविधानसभा भयो भने हामी आउन तयार छौं पनि भन्यौं होला। किनभने हामीले दुइटा रणनीतिको फ्युजन भनकै बेला संविधानसभा गणतन्त्र सर्वपक्षीय सम्मेलनको माग गर्यौ। एकातिर फौजी रणनीति यथावत राख्नु र उता राजनीतिमा चाही संविधानसभा गोलमेच सम्मेलन र अन्तरिम सरकार भनेर भन्नुको बीचमा गहिरो सम्बन्ध छ। त्यस कारण आज तपाईं हामी जे भोगिरहेका छौं त्यसको वैचारिक जरा रणनीतिक जरा कार्यनीतिको श्रृंखलाको जरा दास्रो राष्ट्रिय सम्मेलनसँग छ। त्यसकारण यदि कसैले हामीले अहिले लिएको कार्यनीति गलत भन्छ भने त्यसले हाम्रो पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन गलत भन्नुपर्ने हुन्छ। तपाईं हामी कोही भ्रमित न हौं। अहिले आएर यो रणनीति गलत भन्छ भने कि त त्यसले राजनीति केही पनि बुझेको छैन या ऊ अवसरवादमा पतन भइसकेको छ भन्ने मात्रै हुन्छ।

हामी पहिलोपटक वार्तामा बस्दा हामी सेनासँग लडेकै थिएनौं। खाली पुलिससँग मात्रै लडेका थियौं र पुलिसलाई चाहिँ हामीले पराजित गरिसकेका थियौँ। प्रहरी शक्तिमाथि कोही पनि हावी भइसकेका थियौ। रुकुमकोटको लडाई र पछिल्लो होलेरीको लडाईसम्म आउँदा हामीले जितिसकेका थियौं। सेनासँग हामी लडेकै थिएनौ तर हामी वार्तामा बस्यौ। र संविधानसभा हुन्छ भने हामी वार्ता गरेर चुनावमा आउछौ भनेका थियौ। दाङ कारवाही भन्दा अगाडीको कुरा थियो यो। सोलु लगायतका स्याङजा हान्ने योजना वार्ताकै वेलामा बनाएका थियौ। सेनासँग हामी लडेकै थिएनौ तर हामी वार्तामा बस्यौ। र संविधानसभा हुन्छ भने हामी वार्ता गरेर चुनावमा आउछौ भनेका थियौ। दाङ कारवाही भन्दा अगाडीको कुरा थियो यो। सोलु लगायतका स्याङजा हान्ने योजना वार्ताकै वेलामा बनाएका थियौं। तपाइँ विचार गर्नुस् त्यो बेलामा देउवाले मानेको भएका अहिलेको कार्यनीति हामी त्यति बेलै प्रयोग गर्थ्यौं। त्यतिबेला नमानेपछि हामीले दाङ कारबाहीलगायत ठूला फौजी वादविवादको राजनीति तिर हामी अगाडि यौ। यो रणनीति लेनिनको र माओको क्रान्तिको रणनीतिलाई फ्युजन गरेर नेपाली क्रान्तिले एक्काइसौ सताव्दीमा नयाँ कार्यनीति बनाउनेतिर यो परिलक्षित छ। अहिले केही साथीहरुको माग खराब बिन्दुमा पुगेको छ।

दोस्रो वार्ताका बेलामा ज्ञानेन्द्रले करिब करिब शक्ति लिएको थियो असोज १८ पछि। लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएका बेलामा हामीले शाही सेनालाई आस्तु आस्तु पारेका थियौ। त्यती बेला शाही सेनाका हाकिमलाई सकिदैन रहेछ जनमुक्ति सेनालाई भन्ने परेको थियो। भारतीय शासक वर्ग पनि माओवादीलाई दवाएर सकिदैन भन्ने निष्कर्षमा पुगिसकेको थियो। नसकिने अनुभूति उनीहरुलाई हुन थालेकॊ थियो। पार्टीलाई डिल गर्नुपर्छ माओवादीलाई भन्ने भएको थियो। त्यति बॆला हामी फेरि वार्तामा आयौं। दास्रोपटक अलि माथिबाट वार्तामा आयौं। पहिलेको भन्दा एक तह माथिबाट वार्तामा आयौ। त्यतिबेला पनि हाम्रो कुरो त्यही नै थियो। संविधानसभा हुन्छ भने हामी युद्धविराम गरेर आउन तयार छौ भनेका थियौं। हुन हुन खोजेको पनि थियो। पाँच किलो मिटरको फर्मुलाअनुसार शाही सेना जान नपाउने भन्ने भएको थियो। त्यतिबेला वार्ता सफल भएको भए अहिले जे गरेका छौ त्यो त्यतिबेलै भाग्थ्यौं। त्यसपछि के हुन्थ्यो भन्ने कुरा सोच्नु होला तपाईहरु। त्यसपछि फेरि हामी लडाइँमा गयौं। तर लडाई हामी नौलो तरीकाले लड्यौं। पहिलाभन्दा अझ नयाँ नयाँ कार्यनीति बनाउँदै लड्यौ। त्यतिबेला उनीहरुको अपरेसन बढ्दै गयो। तारबार तोड्न सजिलो भएन हामीलाई। हामी धेरै तारवारमा अल्झियौ भन्ने त छँदैछ। तर हामीले उसलाई अर्को ढंगले सातो खायौं फेरि। मेचीदेखि महाकालीसम्मका राजमार्गमा हामीले करिब करिब कबजा जमायौं। उसको हालत खराब हामीले राजमार्गमा पार्यौं। र सहर बजारको नजिक नविजक आएर सेनालाई आतंकित गर्ने र सताउने काम हामीले गर्यौं। यो नयाँ रणनीति थियो। त्यतिबेला ब्यारेकबाट बाहिर निकालेर ठोक्ने वा ब्यारेकमा कैद गरेर धरासायी पार्ने नीति बनायौं र त्यो नीतिअनुसार लडेर फेरि दुई वर्ष लडिसकेपछि स्थिति अर्को ठाँउमा पुग्यो। ज्ञानेन्द्रले पूरै सत्ता लिन खोज्यौ। यसरी हुन्छ कि भन्ने ठाने उनीहरुले त्यो उनको मूर्खता थियो। र हामीले हाम्रो राजनीतिक कार्यनीति प्रयोगको भूमि तयार भयो। त्यसैको परिणाम १२ बुँदे सहमति थियो। भारतमा गएर भयो भारतले गरायो कि भनेर कसैले शंका गर्छन् त्यो सिल्ली कुरा हो। त्यो हाम्रो पार्टीले गर्दा नै भएको हो। हाम्रो लडाइ जनयुद्धले गर्दा भएको हो। हाम्रो पार्टीको नेतृत्वमा भएको हस्तक्षेपको कारणले १२ बुँदे सहमति भएको हो ।

१२ बुँदेपछि मूलतः हाम्रा नारा स्थापित भए। संविधानसभा गर्नेमा सबै सहमत भए। त्यहाभित्र बेइमानप् छलपकट षड्यन्त्र सबै छ तर पनि संविधानसभा गर्ने भन्ने भयो। कोण फरक फरक छन् र पनि राज्यको पुनस्रंरचना गर्नेमा सहमत भए। यो पनि हाम्रै एजेण्डा हो त्यसमा पनि सबै सहमत भए। यी कुरा १२ बुँदे अन्तरीम संविधानमा सबै छ। यो पनि हाम्रो जित भयो। त्यसपछि गणतन्त्रतिर जाने भन्ने कुरा भयो। यी फटाहाले गणतान्त्रिक संविधानमा लेख्न ज्यान गए मान्दैनन् भन्ने लाग्थ्यो हामीलाई तर अहिले प्रेसर गर्दै लैजाँदा गाण्तन्त्र लेखियो। गणतन्त्र लेखिनु नै माओवादीको नैतिक विजय हो। यो हाम्रो एजेन्डामा सबै सहमत भएको हो। तर यहाँसम्म आएर पनि फर्कन सक्छ। लेखेको गणतन्त्र च्यातेर फेरि राजतन्त्र पनि लेखिन सक्छ संविधानमा। अहिले जे भयो हाम्रो पार्टीको कारण भयो।
कहिले भारतको कहिले अमेरीकाको पछि लागेको जस्तो देखिन्छ कहिले दरबारतिर पछि लागेको जस्तो देखिन्छ भन्छन् नि तिनले कुरा बुझेका छैनन्। हाम्रो पार्टीका चरित्र विशेषता विचार र हाम्रो लाइनको मौलिकतालाई नबुझेकाले भन्ने कुरा हो त्यो। किन यस्तो गर्नुपर्यो त सीधा हिड्छौ भनेका सबै सक्किए संसारमा। यो कुरा नबिर्सनुहोला। तपाइँहरुले झन् गहिरो गरी बुझ्न जरुरी छ। सीधा लडाइँबाट मात्रै जित्छौंभन्दा संसारभर कम्युनिष्ट पाटी सकिए क्रान्ति सकियो सेना सकियो मान्छे करोडौ मरे वलिदान ठूलो भयो उपलब्धि केही पनि भएन। यो पाटो तपाईंहरुले सोच्नु भएको हो भने हाम्रो कार्यनीति बुझ्नै सक्नु हुन्न्। त्यसैले नबुझीकन यो पार्टीको कहिले अग्ररुप देखिन्छ कहिले अत्यन्त दक्षिणपन्थी देखिन्छ तर सार हेर्ने हो भने जहिल पनि क्रान्तिलाई अगाडि बढाउनेछ।

माओको चीनमा जनवादी क्रान्ति सफल भएपछि संसारभरका कम्युनीष्ट पार्टी त्यसमा पनि हाम्रोजस्तो गरीब देशका सबैले माओको बाटो हाम्रो बाटो हो भन्न थाले। तेस्रो विश्वका सबै कम्युनीष्ट पार्टीले माओकै रणनीति अपनाउन थाले। जस्तै बर्मामा त्यसरी नै क्रान्ति गर्ने भनेर लागे। हजारौंले बलिदानी दिए तर एउटा विन्दुमा गए त्यो ध्वस्त हुनसक्थ्यो। अहिले त्यहा पार्टी छैन पचासौ वर्षदेखि सैनिक तानाशाही चलिरहेको छ। मलायमा पनि क्रान्ति भयो तर अन्ततः सकियो। माओ छँदै सुरु गरेको भनेको फिलिपिन्समा पनि अहिले श्वास मात्रै वाँकी छ। टर्कीमा पनि माओको वाटोमा हिड्दा अहिले सकियो। त्यो भन्दा पनि ठूलो पेरुको कम्युनिष्ट पार्टीले हामीले जनयुद्ध सुरु गर्नुभन्दा अगाडी राम्रोसँग जनयुद्ध हाँकेको थियो। तर पछि त्यहाँका नेता गोन्जालोलगायतका सबै केन्द्रीय समिति दुस्मनहरुको हातमा पर्यो। त्यसपछि युद्ध पनि भताभुंग भयो । अहिले त्यहाँ कही कम्युनिस्टको नाम निशाना भेटिदैन। त्यसैले हाम्रो पार्टीले बीचको रणनीति लिएको हो। अहिले माओवादीलाई देखेर विस्तारवादी साम्राज्यवादी तिन चित खाएका छन् ।
देशभित्र अलि अगाडि हाम्रो ग्राफ अलिकति घट्न थालेको थियो त्यो अहिले बढेको छ । हेर्दै जानुहोला अब बढ्दै बढ्दै जान्छ हाम्रो ग्राफ । त्यसैले पार्टीले हाम्रो लाइनले नेतृत्वले जहाज हाँकेको न हो यो । कसैको नक्कल गरेको होइन यो हाम्रो आफ्नै मोडल हो । हामीले हाम्रो देशमा कसरी लड्नुपर्छ भनेर अध्ययन गरेका छौं । त्यही भएर हामी टिकेर यहाँसम्म आएका हुन् । वार्ता पनि चाहिँदैन केही पनि चाहिँदैन भन्दा हामी सीधै सक्किन पनि सक्थ्यौ । किनभने संसार हाम्रो छैन नि त । कही पनि हाम्रा मान्छे छैनन् त सरकार सत्तामा । कहीँ सरकारमा नभएको बेलामा क्रान्तिलाई टिकाएर अगाडी बढाउने भन्ने कुरा कम चुनौतीपूर्ण होइन।

अहिले पनि हामी प्रत्याक्रमणकै तयारी गर्दैछौं । कतिपय साथीलाई सीडीओलाई पिट्दा क्रान्ति हुन्थ्यो कि भुमिसुधार कार्यालय जलाउँदा क्रान्ति हुन्थ्यो कि जस्तो लगेको पनि हुन सक्छ। तर त्यसरी क्रान्ति हुँदैन। योजनामा हुन्छ क्रान्ति। रणनीतिमा हुन्छ क्रान्ति। कार्यनीतिमा हुन्छ क्रान्ति समग्र विश्लेषण र संश्लेषणमा हुन्छ क्रान्ति। यसरी तपाईंले हेर्नुभयो भने पार्टीले गरेको रणनीति चाहिँ धेरै महान छ भन्न सकिन्छ। यो विश्वभर नै केही नयाँ चीज दिने उद्धेश्यको साथ र नेपाली क्रान्तिलाई सफलतामा डोर्याउने उद्धेश्यका साथ नितान्त नौलो प्रयोग गरिदैछ। त्यो प्रयोग चुनौतीपूर्ण र जोखिपुर्ण छन्। किनभन् कुनै पनि नयाँ प्रयोग चुनौती र जोखिमभन्दा बाहिर हुँदैन। त्यसैले हिजो मेसिन गन लिएर दुश्मनलाई मन मार्ने लडाई थियो रुपमा अहिले दुश्मनको अगाडि सँगै बसेर टेवलमा गफ गर्दै चिया खादै लडिएको छ। त्यसैले रुप हेर्दा धेरैफरक तर सार हेर्दा दुइटै एउटै हो। अहिले तपाईहरु क्यान्टनमेनमा बस्नुभएको छ। बेकारमा पार्टीले यत्रो फोर्स ल्याएर थुनेर राख्यो जस्तो लाग्ला । तर तपाईह्रु शिविरमामा नबसेको भए यहाँ कु भइसक्थ्यो। नयाँ पत्रिकामा एउटा लेखेको थियो । १७ सालमा वीपी कोइरालाले भनेको थिए ५ सय मात्रै सेना बचाउन सकेको भए १७ सालको घटना हुँदैन थियो र पञ्चायत आउने थिएन भन्ने थियो। त्यतिखेर तुरुन्त विघटन गरेर उतातिर नहुल्दिएको भए महेन्द्रको तागत हुँदैन थियो। तर अहिले त हामीसँग हजारौमा सेना छन् यहाँ कसैको पनि तागत छैन। त्यसैले तपाईहरुले अहिले गरेको तपाई त्याग पनि भन्न सक्नुहुन्छ तपस्या पनि भन्न सक्नुहुन्छ बलिदानपनि भन्न सक्नुहुन्छ। तर मेरो विचारमा सबै भन्दा शब्द राम्रो चाहिँ तपस्या गरेको हो तपाईहरुले। क्रान्तिका लागि तपस्या।

त्यसैले क्रान्तिमा जानलाई तपस्या गरेको हो भनेर बुझ्यो भने तपाइँहरुलाई आनन्द लाग्न सक्छ। यो सधै हुनेवाला छैन । मैले अहिले हेर्दाखेरी अब केही महिनामात्रै हो भन्ने देख्छु मैले। केही महिनपछि या त यता या त उता भइसक्छ।

तपाईहरु शिविरमा नभएको भए हामीले बालुवाटार सिंहदरबार अथवा देशभित्र देश बाहिर जुन हामीले राजनीतिक हस्तक्षेप भनिरहेका छौं नि त्यो तपाईहरुको कारणले मात्रै हामी सफल भएका हौं। त्यहाँ तपाईहरु नहुने हो भने ‘कौन पुछे खिचडीका दाल’ भनेजस्तो हुन्छ। कसैले टेर्नेवाला छैन । सेना छ भनेपछि सबैको सातो जान्छ। म यहाँबाट बाहिर निस्किएपछि एमालेको वामदेवजीको फोन आएको थियो उनले काभ्रेमा हाम्रा साथीले उनीलाई पिटेर लखेटेर मरणाशून्य बनाएर अहिले १ बजे ल्याउँदैछन् अरे । इमजेन्सी भनेर भने तिमीहरुका त गतिला छन् हाम्रालाई अस्कलमा पिटे भनेर हिजो के के भयो भनेर भने मैले। वामदेवले कहाँ हुने हाम्राले त पिट्न कहाँ सक्छन् र तपाईहरुको त सबै तालिम प्राप्त छन् हानेपछि बेस्सरी हान्छन् भने । यो आतंक उनीहरुमा छ।

मैले उतापट्टिको सेनाका पनि जनरलहरुदेखि मुख्यमुख्य सबैसँग कुरा गरें । तपाईं हाम्रो आतंक उनीहरुलाई छ। ठूलो आतंक छ।

यहाँ यसो हेर्दाखेरी हाम्रो सेना घट्यो भन्ने छ। तर घट्यो भन्नेमा छैन म चाहिँ। बढ्यो हाम्रो सेना। तपाईंहरुले घटेको देख्नुभयो मैले त एकदम बढेको देख्छु। यही हो रणनीति र कार्यनीति भनेको । तपाईं हामी सम्झौता हुनुभन्दा अगाडी साँच्चै कति थियौं साच्चै भन्ने हो भने त हामी त थोरै थियौ नि त । सात हजार र आठ हजारका बीचमा पुगेका थियौं हामी। त्यति नै राखेकोभए अहिले अनमिनको भेरिफिकेसनले कति बाँकी रहन्थ्यौ चार हजार। सात हजारको भोरिफिकेसन त चार हजारमा आउँथ्यो। हामीले ३५ हजार लगेर राखिदिएको २० हजारमा त आयो कमसेकम। यो हो नि साचो कुरा त अरुलाई हामीले भन्न हुँदैन। हामीलाई त साँचो कुरा थाहा छ नि। अनी हामी किन उताबाट सोच्ने। हाम्रो नेतृत्वले वुद्धि पुर् याएर ७ हजारलाई २१ हजार त बनायो नियमित सेना । अब त सेना भइहाल्नुभयो तपाईंहरु त।
फेरि बाहिर हामीले वाईसीएल भनेर पनि बनाएका छौं एउटा संरचना। हजारौ त्यता पनि बनाएका छौ। त्यसका समस्या जटिलता छन् भन्ने कुरा पनि हो तर त्यो एउटा तागत त हो नि। साथीहरु जो भेरिफाई हुनुभएन बर्बाद भए कि भन्ने तपाईंहरुलाई परेको छ म के भन्न चाहान्छु यो विषयमा भने त्यसको व्यवस्था गरिन्छ। अनमिनले गर्नु र नगर्नुसँग सरोकार छैन। चुनावी प्रक्रिया आन्दोलनको प्रक्रिया जताबाटा पनि पावर हाम्रो हातमा आयो भने ती सबै भेरिफाई भएका नभएका हाम्रो हातमा हुन्छ सबै। आउँदै आएन भने फेरि क्रान्तिमा जाने हुन्छ त्यो केही अर्थ हुँदैन।

अस्ति मेरो एउटा नयाँ कुरा भएको छ। यहाँ एउटा जापनिज मान्छे रहेछ। उसको नजिकको नाता पर्ने प्रधानमन्त्री रहेछ जापानमा। उनीसँग भेरिफाइड सेनालाई के गर्ने भन्नेमा छलफल भयो। अनि उनले एउटा प्रस्ताव लिएर आए ।

अमेरिकाको एउटा बुद्धिजीवीसँग गणतन्त्र पास भएपछि फोनमा कुराकानी भएको थियो। त्यहाँ अहिले माओवादीले नेपाल लग्यो नेपाललाई बचाउन सकिदैन भन्ने ठुलो चर्चा छ रे। गणतन्त्र पनि पास भयो त्यो कसले गर्दा पास भयो भने नेकपा माओवादीले गर्दा भयो भन्ने संसारभरी गयो।

अव कोही पछि हटन खोज्यो भने गद्धार देखिन्छ। जनताले त त्यसलाई मान्दैन नि । अघि बढिसकेको कुरालाई किन पछाडी फर्केको भन्ने हुन्छ। त्यसको राजनीतिक फाइदा कसलाई भयो त भन्दा माओवादीलाई भयो। समानुपातिक हामीले हिजो छाडे छाडे भन्ने भएको थियो । सबै मिलेर जनतालाई ठुलै भ्रम दिएका थिए सबै । अव अहिले हामीले समानुपातिकलाई यस्तो किसिमले समाइयो कि समाएको समाए गरेर विशेष अधिवेशनमा लगेर बहुमतवाट पास पनि गरियो। अनि जनतालाई पनि भनियो । यो बीचमा अन्तरक्रिया पनि धेरै गरियो। पटक पटक अन्तरक्रिया गरेर ल अव लडने भन्ने कुरा त सुन्नुभयो होला नि। अनि अन्तमा भएभरका नागरिक समाजका प्रतिनिधीहरुसँग भने ल है अव तपाईहरुले हातमा कि तपाईहरुले भनिदिनुपर्यो चुनाव छाडिदिनुस् समानुपातिक चाहि हुनुपर्यो त्यहाँ जनजाति महासंघ मधेशी वुद्धीजीवी दलित महिला सबै थिए। नागरिक आन्दोलनका सबै प्रतिनिधी थिए। मैले सिधै भनिदिए तपाईहरुले भन्नुहुन्छ समानुपातिक अव माओवादीले कुनै हालतमा छाडदैन। चुनाव नहोस् भन्नुहुन्छ भने माओवादीलाई चुनाव पनि चाहिएको छैन। हामी समानुपातिक समातेको समात्यै गर्छौं । होइन त्यसो गर्दा झन् वर्वाद हुन्छ चुनाव चाहिँ हुनैपर्छ भन्नुहुन्छ भने हामी अलिकति कम्प्रोमाइज गरेर चुनावमा जान्छौं तर त्यसको जवाफदेही तपाईहरु हुनुपर्छ। माओवादीले छाडयो भन्न पाइदैन भनेपछि सबैले एकमुखले चुनाव भएन भने दृश झन् वर्वाद हुन्छ अराजकतामा जाने भयो बरु अलिकति कम्प्रोमाइज गरेर भएपनि चुनाव चाहि हुनैपर्छ भन्ने पनि बनाइयो। स्थापित छ। तपाई हाम्रो दिमाग अलिकति तरंगित मात्रै भएको हो। समानुपातिकको प्रवल पहरेदार नेकपा माओवादी हो भन्ने कुरालाई दह्रोसँग ब्याजसहित असुल गरेर स्थापित गरायौं। माओवादीले गर्दा होइन अरुले गर्दा पुरै हुन पाएन भन्ने बनाइयो । यसलाई ५९ त पारियो कम्तीमा २० प्रतिशतको फरक त पारियो नि।

यसलाई कताबाट हेर्ने यसलाई जितेको रुपमा हेर्ने कि हारेको रुपमा हेर्ने हामी कहिलेकाहीं युद्धमा जाँदा पुरै जितेको हो कि हारेको हो भन्ने हुन्छ नि । कहिलेकाहीं हारेको जस्तो हुन्छ कहिले जितेकै हो भन्ने हुन्छ । यो के हो भने यो पनि हामीले जितेकै हो हारेको त होइन । गणतन्त्र लेखिने र समानुपातिकमा अघि बढनु भनेको त हामीले जितेकै हो । हामी जित्ने अनि हामी नै रुदै हिडने अनि हामी जति वेकुफ कोही हुन्छ लडेर चाहि जितेको छ अनि जितेको मानिस चाहि जितेजस्तो नठान्ने हारेको जस्तो ठान्ने हास्दै यो त भ्रम भयो नि । त्यो दुईटा कुरा छ । अव तेस्रो कुरा के हो भने हामीले गर्न खोजेको के हो भने गाउँमा केही पनि भएन । गाउँमा शहीद परिवारलाई राहत नभएसम्म वेपत्ताको सार्वजानिक नभएसम्म घाइतेको उपचार नभएसम्म र क्यान्टोनमेन्टको तलव भत्ता सुविधा नभएसम्म हामी चुनावमा जादैनौ भनेका थियौ । हामीलाई चुनावको केही अर्थ छैन भनेका थियौं । त्यो संभव नै छैन वातावरण बनाउन । दुई तीन महिनामा यो चाहि विस्तारित बैठकपछि संसारभरी स्थापित भयो तपाई कमरेडहरुले यो कुरा बुझनुपर्छ । मैले त सबै देखेको छु । विश्वभरी स्थापित भएको छ । यो कुरा त जायज हो नभन्ने मान्छे नै छैन । यो चाहि हामीलाई ज्यादै मज्जा भएको छ । हामी माथि पर्ने यो चाहि तर्क भएको छ । खोई शहीद परिवारलाई राहत दिइएको छैन अनि हामी भोट माग्न जान्छौ त भन्दा त्यो त हो हो भन्छन् । अहिले चािहं प्याकेजमा माघ महिनाभरी शहीद परिवारलाई राहत दिने भन्ने निर्णय भएको छ । त्यो न्युनतम राहत हो क्षतिपुर्ति होइन । क्षतिपुर्तिको लागि न्युनतम दश लाख चाहिन्छ । राहत अहिलेको लागि एक लाख भनेका छौं । एक लाख मात्र दिदा पनि हाम्रो परिवारलाई डेढ अवैदेखी दुई अर्व रुपैयाँ जान्छ । डेढ अवैदेखी दुई अर्व अहिले भर्खरै लगेर वाँडन पाइयो भने के हुन्छ होला । त्यसलाई सानो नठान्नुहोला । एक लाख गाउँमा तपाई हाम्रो गरीव किसान परिवारमा नगद जाने भनेको ठुलो कुरो हो । कुरा बुझनुभयो त डेढ अर्वदेखी दुई अर्व त्यहाँ जान्छ ६० करोड चाहि क्यान्टोनमेन्टमा जान्छ । पहिलाको आठ महिनाको गर्दा करीव ६० करोड क्यान्टोनमेन्टमा जान्छ । यो पैसा मात्र होइन राजनीति पनि हो । पैसा मात्र जान्छ भन्ने होइन । कुरा बुझनुभयो त शहीद परिवारलाई पैसा वाँडने कार्यक्रम र आमसभा एकैपटक राखेर माथिवाट कार्यक्रम बनाएर गयौं भने त्यो के हून्छ त्यो विद्रोहको तयारी हो । त्यो चुनावको तयारी होइन विद्रोहको तयारी हुन्छ । जनता र हामीबीच विग्रीन लागेको सम्बन्ध यस्तो गरेर सुध्रिन्छ कि हाम्रो पार्टी भन्ने हुन्छ । यो एक लाखले पुग्दैन अझै ९ लाखको लागि लडनुपर्छ भन्छौं नि त्यहाँ गएर । अव पुग्यो ल घर गएर बस्नुस त भन्दैनौं नि । हामीले पाउनपर्ने १० लाख थियो ९ लाखको लागि लडनुपर्छ भनेर गाउँ गाउँमा गाउँमा भाषण गर्छाै । देशैभरी हाम्रो शहीद नभएको त गाउँ नै छैन भने पनि हुन्छ । देशभरी झक्झक्याउन सकिन्छ । यता क्यान्टोनमेन्टमा ६० करोड गयो भने के गर्छन् त भन्दाखेरी विद्रोहको तयारी गर्न हामीलाई पैसा चाहिन्छ । १० करोड पुरयाउन मैले तपाईहरुलाई भन्ने गर्छु नि ट्रकमा आउछ भनेर । त्यो ट्रकमा आउने बनाउन पैसा चाहिन्छ । कसैले सित्तिध्मा दिदैनन् त्यस्तो हुन्छ । त्यसको लागि पैसा पुगेको छैन । ६० करोड गयो भने तपाईहरुले अलिकति लिनुभयो भनेपनि मैले के देखेको छु भने २० करोड त हाम्रोमा आउछ । एकछिन मान्नुस अव त्यो २० करोडले तयारी गर् यो भने विद्रोहको कति तयारी हुन्छ किनभने हामीले हरेक योजनाको तयारी गर्दा पैसा पनि जोडिन्छ नि । टन्न छ भने राम्रो योजना हुन्छ । ुब्याटलप्लाने हुन्छ पैसा भएन भने ब्याटलप्लान गतिलो बन्दैन । विद्रोहको लागि अलि धेरै चाहिन्छ भन्ने पनि हो । यो संग जोडनु भयो भने रुपमा हेर्दा पार्टीले फेरी पनि सम्झौता गर् यो कि भन्ने तपाईहरुले देख्नुहुन्छ तर गहिरो गरी हेर्नुभयो भने पार्टी कति गम्भीर ढंगले विद्रोहको तयारीमा लागेको छ भन्ने देखिन्छ । कोही अवसरवादीले आएर केही भन्छ भने म भन्छु वामविसर्जनवादको खतरा छ है पार्टीमा ।

May 6, 2009 Posted by | कबिता | Leave a Comment

Photo-Nabin Ramjali USA

Nabin Ramjali

Nabin Ramjali

Nabin & Yam

Nabin & Yam

Nabin _ USA

Nabin _ USA

Nabin Ramjali

Nabin Ramjali

Nabin

Nabin

May 6, 2009 Posted by | कबिता | Leave a Comment

लधु कथा : महोत्सव बाट फर्के पछि

यसपालीको माधे सँक्रान्ती लाई पनि हामीले माधे महोत्सव भनेर मनायौ ।अचेल मेला लाई महोत्सोव भन्न थालिएको छ हाम्रो तिर । नेता हरुले नयाँ नेपाल भने जस्तै होला नाम मात्रै फरेको भनेको त साच्चै महोत्सव त महोत्सव नै रहेछ नि एक चोटी पस्यो भने निस्किनै मन नगर्ने र निस्के पछि फेरि पस्नै मन नगर्ने ।(हरेक पटक को पसाई मा टिकट काट्नु पर्ने बाध्यता को ब्यंङ्ग होला ) यो मैले भनेको होईन मेरै छेउ मा एउटै बाटो मा मेरा अघि अघि हिडिरहेका दुई जना भाई हरुले कुरा गरेको सुनेको ।मेरो गन्तव्य पनि उतै र उनिहरु पनि समान दिशामा पैदल हिडेकोले उनिहरु को कुरा को रफ्तार र मेरो हिडाई मजाले मेल खाएको छ ।केटाकेटी को उमेर काँचै भए पनि कुरा चाहि नोट: गर्न लायक थिए । उनि हरु स्यानिय प्रतिभा रहेछन उनलाई एउटा गीत गाउने पालो पर्खन ३ दिन लाग्यो रे।ख्याती कमाएको कलाकार को पुरानै गीत दोहोरियो रे उनीहरुको नयाँ गीतले ३ दिन सम्म पालै पाएन रे ।स्थानिय/ नयाँ प्रतिभा हरुलाई कुनै एक दिन को अलिकती समाय छुट्टाईएको भए साहेद नयाँ प्रतिभा जन्मिन्थे होला।टिकट कातेर भित्र र बाहिरा गर्दा गर्दा पैसा सकिएर उधारो खाजा खान चिनेको होटेल तिर लाग्दै रहेछन ।

उनिहरु र मेरो बाटो अलग भए पछि मैले बेलुकी निक्कै बेर सम्म उनि हरु को कुरा कानी दोहराई तेहराई सम्झिए । दिन भरि डुलेर थाकेको बिस्तारा मै पल्तीएर टिभिको बटन थिचे ।टि भी मा हिजो कै महोत्सव सञ्चालन समिति को अध्यक्ष र हिजो कै महिला कलाकारले अर्को भाका मा हिजो कै शव्द राखेर दोहोरी गाउदै थिए ।हिजो को लय -झिल झिल सितारा …….थियो भने आज मायाले मार्यो दिल बिगार्यो त्यो ज्यानले पर्नु पिर…… पार्यो थियो ।कता कता केटाहरु को गुनासो सहि जस्तै लाग्यो । कता कता यो महोत्सोव भन्दा त पहिला कै मेला नै मजा थियो जस्तो लाग्यो । उति बेला त पुरै सास्कृतिक समुह ले आफै बजाएर प्रत्क्षय गीत गाएर जान्थे कति मजा । अहिले त ट्याक मा गीत गाउँछन क्यासेट मा सुनि सकिएका गितहरु फिका फिका जाग्छन ।कति ले त झन ट्रयाकको अभावले होला पुरै गीत नै बजाएर ओठ मात्रै हल्लाएर जान्छन ।प्रतिभाको जन्माउने होईन मार्ने काम गर्दै छ महोत्सबहरुले । नाम चलेका गायक गायिका लाई बोलायो टिकट बेच्यो पैसा कमायो । महोत्सवको नाम मा स्यानीय उत्पादनको साटो बियर र हुस्की हरुले राम्रो ब्यापार गर्छन । स्टीलका पाताहरु जोडेर बनाएको आकाश छुने पिङ पैसा नहुने को लागि आँखाको रमिता मात्र हो ।सायद त्यसैले पनि चाँडबाँड लाई चाँडबाँड कै रुप मा पनि बचाउनु पर्छ को जस्तो मलाई पनि लागेको छ ।महोत्सव को नाम दिएर हरेक कुरा लाई टिकट मै बेच्न थाल्ने हो भने सायद एक दिन लिङे पिङ र चमम्चा ( चर्खे पिङ) को नमुना पनि हेर्न मुस्किल हुने छ जुन बच्पनमा हामीले फ्रिमा धित मरुन्जेल खेल्न पाएका थियौ।मलाई पनि यो दशैमा परम्परागत मेला लागि दिए हुन्थयो जस्तो लागेको छ ।जहाँ गाँऊ गाँऊ बाट आएका सास्कृतिक टोली ले आफ्नो आफ्नो कला र गला देखाउन पाउन ।नयाँ नयाँ प्रतिभा जन्मिन पाउन ।

महोत्सव को ह्याङ ओभर नसकुन्जेल यस्तै कुरा मन मा खेली रहयो ।सम्झना आईरहयो । टम्वुको चेप (जादु देखाउनु बनाएको कपडाको घर ) बाट एउटा आँखाले भित्रको चटक हेर्न चाहाने स-साना नानीहरु पारी भित्ता बाट मान्छे चलमलाएको दृष्य मात्र हरेर फर्खने आँखाहरुले पक्कै पनि पुरानै मेला र मेईनटोलको (ग्याँस बत्ती/ मट्टितेल ले बल्ने चम्किलो बत्ती) उज्यालो मा हेरे का नाँचगान नै खोज्दै छन जस्तो लाग्यो ।पुरानै मेलाको याद गर्दै छन जस्तो लाग्यो ।

( शन्देस: पुरानो चलन सबै खराव छैनन।चाँडबाँड लाई चाँडबाँड कै रुप मा पनि बचाउनु पर्छ )

-स्यानु पाईजा

May 6, 2009 Posted by | कबिता | Leave a Comment

Photo- Friends

chabi-and-hira-650-x-453

Chabi lal Pun & Hira Thapa

May 6, 2009 Posted by | कबिता | Leave a Comment

म जन्मेको माटोमा अब

म जन्मेको माटोमा अब

एउटा पोको मनको कुनामा
उकुसमुकुस बन्द छोडेको
कहिल्यै नखोलिने गरी बन्द छ
छिमेकीहरु मलाई चिन्दिन भन्छन
म छिमेकी चिन्दैन
यहि कतै मेरो पुर्खाको
झुपडीको जग पुरिएको छ अरे
म जन्मेको माटोमा अव
नयाँ नयाँ घर बनेकाछन
हरेक घर घरको टुपी पलाएको छ
कहि मन्त्र फरफराएको छ ध्वजा भरि
कहि क्राईस्ट सुली चढेको छ
कहि ॐ ॐॐॐ ॐॐॐ
कहि ‌साईबाबाको जगल्टा
कहि रजनीशको दाह्री
पेप्सी र कोलाको होल्डिङ बोर्ड जस्तै
हरेक घरको टुप्पीमा सजिएको छ
हर्लिक्सको बिज्ञापनले भन्दैछ
नपिए पछि परिन्छ
त्यै भएर म पनि रगत बचेर
हर्लिक्स पिउने मान्छे हु
मेरो घर नै छैन
तै पनि मेरो घर नबन्दै
होल्डिङ बोर्ड टाङ्नु भन्नेहरु
दैनिक स्यामपल लिएर आउछन
म जन्मेको माटोमा अव
धर्मको ब्यपार हुन्दैछ
होल्डीङ बोर्ड हरेराएरै
यहाँ अव मान्छे कै किनबेच हुन्छ
फेरी नयाँ भर्सनमा
मलाई कस्ले सस्तो कमारो बनाउँछ
म जन्मेको माटोमा अव
मेरो चिहानको लागी बच्छ कि बच्दैन ?
साहेद मेरो लास को अन्तष्टि कसरी गर्ने
मेरा सन्तान जन्मेछन भने झगडा गर्लान
म जन्मेको माटोमा अव——
मान्छे र मानवता कता ?
Only Hindus May Enter
Non-Muslim Prohibited
यि कहि लेखिने र देखिने सुचना हुन
हामीले नै जन्माएको बिभेद भित्र
जस्ले जसरी लेखे पनि
यो आधुनिक युगको छुबाछत
मैले हर्नै नसक्ने गरि मौलाएकोछ
म जन्मेको माटोमा अव
मेरो चिहानको लागी बच्छ कि बच्दैन ?
साहेद मेरो लास को अन्तष्टि कसरी गर्ने
मेरा सन्तान जन्मेछन भने झगडा गर्लान
म जन्मेको माटोमा अव मानवता हराउदैछ
आधुनिक युगको छुबाछत मौलाउदैछ,
बनमारा झार बरु ओईलाउदैछ
म जन्मेको माटोमा अव मृत्य पनि
तमसा बन्ला भन्ने चिन्ता छ मर्ने हरुलाई
चिन्ता छ बाँच्ने हरुलाई !
म के शन्देश मागु चिरा चिरामा छरिएका
आत्मा भित्र प्रेतआत्मा लुकाएका
मान्छे र मानवता लाई

-स्यानु पाईजा, पात्लेखेत-७ , म्याग्दी

May 5, 2009 Posted by | कबिता | Leave a Comment

Follow

Get every new post delivered to your Inbox.