Mleadbeni's Weblog

स्यानो झ्याल : मलाई-आफुलाई-अरुलाई चियाउनुस

Quick Menu

Mleadbeni’s weblog
Quick Menu

[ गृहपुष्ठ ] [ कबिता ] [ गीत/गजल ] [ प्रसँग ] [ लधु-कथा ] [ फोटो] [प्रेरक कथा ] [मनोरन्जन]

April 30, 2009 Posted by | कबिता | Leave a Comment

बेसुरको नाँच

बेसुरको नाँच : स्यानु पाईजा , पात्लेखेत-७ , म्याग्दी

भिजेर खेतका गह्राहरु
चेलीको पछ्यौरी जस्तै
आकाश गुमसुम कुहिरो भित्र
सहनाई रोएको धुन मा
कस्को बिजयजुलुस हो यो?
नाँच्नेहरुलाई नै थाहा छैन
म पनि अरु नाँचेको देखेर नै
ताल मिलि नमिली नाँच्दै छु
ताल मिलाउन खोजेर नाँच्दै छु
साहेद धुम्टो भित्र रुने को ?
मैले जान्नु जरूरी सम्झेन
यो बाटो र माटो को पिडा
सबै जरुरी पर्दा मात्रै बुझ्छन
किसान भोक तार्न खनी खोर्सि
छाती भरि गाभो रोप्छ
र मँसिर पर्खन्छ ।
मैले हरेक पटकको बसाईमा
म मर्ने ठाउँको चिनो खोज्दछु
र मृत्यु पर्खन्छु
म मतलवी बनेका पलहरु
गैरीखेत डिलमा आली छैन
पहाडको काखमा सानो घर
घरको पनि पाली छैन
महल बनाएका हातहरु
आफ्नै घरको पाली बनाउन
किन कन्जुस गरेको होला
गोरेटोका चुच्चे ढुँगा किन नउखलेको ?
हरेक चोटी रगतै हुने गरी ठेस लाग्दा पनि
सानो घरको पाली हालेको भए
आमाले पोटेको दुई रँङको भित्ता
चितिक्क जस्ताको तस्तै रहन्थ्यो होला
मर्नु मन लागेको माटोमा
बाँच्नु किन मन नलागेको ?
बेसुरको नाँच नँचाई जस्तै
यहि प्रश्न मलाई बेसुर लाग्छ ।
यहि प्रश्न आफैलाई गर्नु कसुर जस्तो लाग्छ
साहेद जटिल लागेको प्रश्नको जवाफ
लाट्ररीको नम्मवर खुले पछि
जताततै भेटिए झै भेटियो भने
सास जानुलाई अझै पिडा होला
छानो चुहिने झुपडीमा मृत्यु पर्खेर बस्दा।

‌+ कबिता पढ्नुहोस

April 23, 2009 Posted by | कबिता | Leave a Comment

लधुकथा : ओथारो बसेकी कुखुरी र मातेको मान्छे

लधुकथा : ओथारो बसेकी कुखुरी र मातेको मान्छे -स्यानु पाईजा, पात्लेखेत-७ म्याग्दी

दिन कै एक एक अण्डा पारेर कुखुरी ओथारो बसेकी छे ।भरखरै साँझ परेको बेला हिजोको जमधट पछि चारजान मित्र पाँचौ मित्रको घरमा छिरे ।साँझको पाहुना फेरी चिसोको बेला झ्वाई खट्टे तैयार परि हाल्यो ।दौतरी घर आएको बेला श्रीमती ससुराली गएको बेला क्या गजव को मौका । पहिलो चरण को ग्लास रित्तिए पछि कुरा आयो सितन को ।
सबै भन्दा छिटो तैयार हुने के हो ? साथीले साथी लाई सोधेको पहिलो आईक्यू
-चाउचाउ, सतिक जवाफ ।
-गलत !
-सहि उत्तर हो अमलेट ।अमलेट
अण्डाको खोजि भयो । राती को बेला के पसल पसल जानु ओथारो बसेकी कुखुरीको अण्डा झिक्ने सल्लाह भयो ।घरमा बस्ने धेरै भए पो थाहा हुन्छ कुखुरी कहिले देखी ओथारो बसेको हो ? फेरी यो त महिला मन्त्रालय को जिम्मा मा रे ।तै पनि ट्वाट लाई सितन त चाहियो चाहियो ।शुरुमा चार अन्डा झिके र फोडे चार वटा नै रगत परेको परेछ ।
लोकल भित्र छिरे पछि जन्मै जमेको ईङलिस पग्लिनु सुरु भयो- ब्याड लक यार ब्लड पसेछ
-मस्ट बी फस्ट फोर्थ एग यार ट्राई ऐगेन
फेरी अर्को चार अण्डा फुटे । ति पनि रगत पसेका
-एगेन ब्याड लक
फेरि त्यस्तै ब्याड लक अब खोलेस (ओथारो बस्ने गुँड) मा पाँच अण्डा मात्र थिए।
यो त सबै भन्दा पछिको होला फेरी अर्को चार अण्डा फुटे, फेरी ब्याड लक।
अब एउटा मात्र अण्डा बाँकी थियो जाबो एउटा चल्ला के काम भनेर ओथारो बसेकी कुखुरी नै कातिनु पर्यो सितन को लागी ।यसरी एक हुल कुखुरा को बँश नास भयो ।ओथारो कुखुरी को सितन ले ड्कार आए पछि मात्र सबैले थाहा पाए एक एक दिन को फरक मा अण्डा पारे पनि एकै चोटि सबै अण्डा कोरेल्नु थालेको त्यसैले सबै अण्डा मा रगत पसेको ।

(शन्देश-ओथारो बसेको अण्डालाई चल्ला बन्न दिनुहोस )

April 15, 2009 Posted by | कबिता | Leave a Comment

सुन्दर यामको गीत

सुन्दर यामको गीत : स्यानु पाईजा

आकाशमा केहि झुण्ड बादल
पानी पार्ने तरखर मा छ
धमिराको बथान सुईको पाएर
आकाश तिर भाग्दैछन
मौका मा चौका भ्यागुताले
जिब्रोको बल्छी हान्दैछ
बारीमा मकै का सुइरा हरु
बोट बन्ने हतारमा छन
कालुङगे च्याउले सबैलाई जितेको छ
धमिराहरु आधा आकाश उडे
बर्षातको पानीमा पखेटा भाँचिन्छ
कमिलाका बथान धमिरा ओसार्दै छन
पेट भरि धमिरा खाएर भ्यागुता
कालुङगे च्याँउ मुनी रात गुजार्न खोज्छ
तर कालुङगे च्याँउ भेटिएको छैन
च्याँउ गोरे दाईको टिहुनबनिसकेको छ
ब्याडमा छरिएका धानका बिऊ
असार पर्खेर बसेको छ
असार झरि पर्खेर आत्तिएको छ
कुरिलो हलक्क बढेर मात्तिएको छ
निगालोको तुसा सुरलुम्मै दौरामा
गुयलीले दाना दानामा रस भरिको छ
कोईलीको स्वरमा वैश मिसिएको छ
काफल, ऐसेलु, चुलेत्रो, जुन्मान्द्रो
जँगलै मेनु बनेर सजिएको छ
चाँचर,जुरेली,चिबे,लाचे, हलेसो
मन भरि फलफुल खाएर
डाली डाली प्रेमका गीत गाउदैछन
लजाएर जिब्रे सागले जिब्रो निकाल्यो
निउँरो निहुरियो ,गफला गल्कीयो
तै पनि ढुकुर को जोडी गाएकै छन
चाँचरले पिरती लाएकै छन
यो सुन्दर यामको गीत
सबैले आफ्नै आफ्नै लयमा गाउदैछन
मलाई हतारो छैन आसार परै छ
म गीत सुन्दैछु , प्रीत उन्दैछु

April 15, 2009 Posted by | कबिता | Leave a Comment

एउटा गीत यस्तो थियो

एउटा गीत यस्तो थियो :स्यानु पाईजा

बनपाखामा गुनगुनाउने
एउटा गीत यस्तो थियो
स्लाहै हो जोवान कल्लाई हो ?
रूखहरुले कयौ पात फेर पनि
तै पनि यो गीत हरेक बर्ष
यसै गरी दोहरीन्थ्यो
स्लाहै हो जोवान कल्लाई हो ?
अचेल खै किन सुनिन्न ?
कोईली, न्याउली खुशी बोकेर आए
बिरह बोकेर गए
काफल पाक्यो चरीले जस्तै
सबै आफ्नै भाका मा बिरह पोखे
यस पल्ट पनि लाचेले
आफ्नो बलिया चुच्चोले
सुरिला रूखको पन्ना मा
नयाँ लाईन लेखेर गयो
सबैले आफ्नो आफ्नो भाका फेरे
फरक भनेको चौतारीमा
कोई पनि बागचाल खेलेनन
माईला दाईको मरचुङ्गा बजेन
स्लाहै हो जोवान कल्लाई हो ?
यो गीत सुनिएन
रिम झीम झरि परेकै हो
ईण्ड्रणीले सात रँग भरेकै हो
गुँराश बनभरी मुस्कुराए कै हो
झोला बोकेर साहित्यकार
क्यामरा बोकेर फोटोकार
टीन बोकेर खोटोकार
नक्कली जोडी बनेर पोकोचार
चिप्लो कुरा सुनाउने लोकोचार
सबै सबै आएकै हो
सबैले गुण गाएर गए कै हो
एउटा गीत कहाँ हरायो
स्लाहै हो जोवान कल्लाई हो ?
कसैलाई थाहा भएन

April 15, 2009 Posted by | कबिता | Leave a Comment

रात र याद को पीडा

रात र याद को पीडा : स्यानु पाईजा

यो रात सम्झनाका लहरमा
बगर बनेका रहरहरु छेउमा
लेउ लागेको ढुंङ्गाहरुको चेपमा
खेप खेप कयौ खेपाई सहेको मनमा
तिम्रो सम्झना बिनाका रात थिएनन
रात एक्लो थियो तर साथ तिम्रो थियो
म हरेक रात सपनामा
तिमीलाई भेट्न आउथे
सम्झानाको आकाशे पुल तरेर
कैलाशको भञ्जयाङ र देउरालीमा
सुस्केरा नहालीकन किन कि
मलाई पहिलो आलराम मै बिउझ्नु पर्छ
सपनाको सन्सारको पत्यारलाग्दो यात्रा
सम्झनामा साटेका पलहरु
पसिनाले रुझेका नोटहरु
तिमीले दिएको रुमाल फाँटेको उहिल्यै हो
मनको बाँध धेरै चोटि हो आलो साँध लगाएको
तै पनि सम्झना पुरानो लाग्दैन मलाई
हिजो नै हो जस्तो लाग्छ मलाई
तिमीलाई सपना दिएर प्रदेशी भएको
माउसुलीले ज्यान जोगाउन
पुच्छरनै चुडालेको देखेको थिए
तर मैले के जोगाउन लाई ?
सपना, रहर चुडालीरहेको छु
हरेक साँझ को प्रश्न
मेरो मनलाई धोची धोची
यातना दिईरहेको हुन्छ ।
यो रात अचेल आफैमा बेखबर छ
साहेद सम्झनुको अर्थ फेरिएको छ

April 15, 2009 Posted by | कबिता | Leave a Comment

   

Follow

Get every new post delivered to your Inbox.