Mleadbeni's Weblog

स्यानो झ्याल : मलाई-आफुलाई-अरुलाई चियाउनुस

मृत्यु पर्खन सक्छु

मृत्यु पर्खन सक्छु : स्यानु पाईजा

हाँसेर मान्छेको लस्कर
यि कस्को जन्ती हुन ?
कस्को बिबहा होला
दुलाहा कसरी सजिएको छ
मेरो मनको कौतुहल
खोई धोडा छ कि डोली
होईन रे यी मान्छेको लस्कर
मलामी हुन रे
मलामीको लस्कर
नयाँ तालको बाजा
नयाँ नयाँ स्वर
मौका मिलेको ले होला
लोकल सोकल सबैले
भोकल पास गर्दै रहेछन
यो मामुली मृत्यु होईन रे
यो मृत्युलाई मिडियाले
प्रचार गरेको छरे
लाईफ प्रसारण भयो रे
कयौ टेलीभिजन बाट
यो आत्महत्या हो रे
तिमीले टि भी हरे नौ ??
रेडियो खोलेनौ ??
सरकारको नयाँ नियममा
हत्या हुनेलाई मात्र होईन
आत्महत्या हत्या गर्नेलाई पनि
छतिपुर्ति दिईदै छ रे
पच्चिस लाख दिन्छ रे
डिभी परेन रे
बिदेशको भिसा लागेन रे
माथि बाट नशाको लत
नर्सरी देखी कलेज पढ्दा
पच्चिस लाख लागेको रे
लगानी दुबेको पिडाले
आत्महत्या गरेर लगानी उठाएको रे
मलामीको लर्को मलाई नाधेर गए पछी
मेरो मन मा खेलेका कुराहरु
मानौ म ब्यबारिसे लास
मेरो पनि आफन्त निस्केलान
छतिपुर्ति को रकम दामा साही लेलान
या म यहाँ छु भन्ने थाहा पाए भने
मलाई अपहरण गर्लान ?
के मलाई पनि मार्लान ??
भो डरलाग्दो कल्पना नगरौ
मलाई छतिपुर्ति दिनु पर्दैन
शान्तीले बाँच्न देऊ
मलाई मेरो देश बचाई देऊ
अपहरण नगर मलाई, अनि
मलाई आत्महत्या गर्न नउक्साऊ
म मेरो मृत्यु पर्खन सक्छु

November 27, 2008 Posted by | कबिता | 1 Comment

Terrible Nightmare : Ramesh Paija

Terrible Nightmare

It was terrible nightmare,
Since, I lost her for ever……..
On that nightmare,
Nightingale was moaning,
As if her nest was destroyed.
Dog was weeping,
As if, by death, he was being napped
Oh! How I can express,,
With sadly, the wind was whistling,
This used to blow calmly.
Rose was fading,
This used to smile emotionally.
Suddenly
There was landslide
No way for scaping,no place for standing.
Eventually, it embarrassed me,
No hand for rescue, no eyes for mourning
Yes! Only, it was not nightmare,
Same, when delivered her leaving letter.
.since then,
With prize of pain, grievs, tear
I lost her for ever ever ……..

Ramesh Paija
Tokyo Japan

November 23, 2008 Posted by | कबिता | Leave a Comment

जीवनलाई नजिक बाट

जीवनलाई नजिक बाट : स्यानु पाईजा

जीवनलाई नजिक बाट हेर्दा र चियाउदा
जीवनको परिभाषा यो फरक छैन !
पिठ्युको दुवै तिर भारी बोकेर खच्चड
मुखमा दाना को थैली बाँधेर
उध्राई रहेको छ निस्तो दाना
चिया बिना, फुर्सद बिना
बोको भोको सानो डाम्लोमा
पानी उम्लेको हेर्दैछ
लाउदै गरेको धार खुकुरी मा
बिहानी मा गोरू सिगाँरी खेल्यो
दिनभरि बाँझो खेत जोतेर पनि
सियो बिरायो , हलीले लठ्ठी बर्सायो
मानौ उ कहिल्यै नजित्ने दौड मा छ
जीबन भरि यसरी नै दौडिरहुन पर्छ
हारको भार मन मा लिएर पनि
कति लामो जीवनको म्याराथुन
आफु भन्दा दोब्बर भारी उचाल्ने
गोब्रे किरा कयौ चोटी उचाल्दै र खस्दैछ
प्रयास गर सफल भईन्छ भन्ने सिकाउदै
आफु सानो सानो गरि उचालौ भन्ने नसिकिकन
फुलको पिडा उस्तै, युज एन थ्रो क्लिनेक्स जस्तै
बोट मा जति मुस्कुराए पनि
तिपे पछि मुर्झाउनु पर्ने पिडा
देबताको मन्दिरमा होस या नेता को गलामा
थुङ्गा थुङगा मा होस या माला मा
सुन्तला लाई अमिलो भए पनि छ्या ।
कागतीलाई गुलियो भए पनि छ्या ।
सबैको मालिक सम्झने मान्छे
आफै आफ्नै लोभि मनको दासी छ
कहि ईच्छा ले रेटिएको छ
कहि बाध्यता ले रेटिएको छ
तै पनि आफुलाई सर्बश्रेस्ठ थान्दै
जहाँ नभेटिनु पर्ने हो, त्यहाँ भेटिएको छ
जिवनलाई नजिक बाट हेर्दा र चियाउदा
जीवनको परिभाषा यो फरक छैन !

November 18, 2008 Posted by | कबिता | 1 Comment

Nareepol-ब्लग र ईमेल मा आश्चा्र्य

Nareepol (Naree-woman and pol-tree is like a sanskrit word) is an amazing tree at a place called Petchaboon in Thailand. There are amazing trees named Nareepol in the Thailand forest almost 500 km away from Bangkok. An amazing tree that grows fruit in the shape of women.

Email बाट प्राप्त यि फोटोहरु के तपाई पत्याउनु हुन्छ ? यसको बारेमा कस्ले के भनेका छन हेर्नुस

November 14, 2008 Posted by | कबिता | Leave a Comment

मन मनै त हो

मन मनै त हो : स्यानु पाईजा

मन सबैको मन
बिचारको सागर बोकेर
शान्त कहाँ होला ?
कहि भत्केका किनारहरु
कहि मिसिन आउने फोहरहरु
कहि परिबर्तनका लहरहरु
बगर बनेको आशाहरु
निराशा र आशाको बिचमा
भिषण द्वन्द चल्दै होला
कहिले मायाको खोजीमा
कहिले शान्तीको खोजीमा
कहि मुक्तिको खोजीमा
कहि भोक र भोजनको खोजीमा
मन सबैको मन
दिमाग र मन को बिच
सहि सन्देश प्रवाह भएन भने
दिमागले होईन तिम्रो मन
आबेगले चल्न सुरु गर्नेछ
मन मनै त हो जति बेला पनि
बहकिन के बेर ?
तिमीले ज्यानको माया नगर्न सक्छौ
कसैको प्रबाह नगर्नु सक्छौ
मन र दिमागको तार कातेर
लोभी मान्छेहरु ०००००००००
तिमीलाई रिमोट कन्ट्रोलमा जोड्ने छन
मनपरि बिचार भरेर
हाईड्रोजन भरेको बेलुन जस्तै
हावामा उडाई दिनेछन
तिम्रो अन्त पहाडमा ठोकिएर हुनेछ
काँडा मा धोचिएर हुने छ
तिमी रिमोट कन्ट्रोल बाट चल्दैछौ
कुनै बेला बिस्फोट हुने छौ
तिम्रो सपना एक उपल्बधी बिहिन हुनेछ
तिम्रो जीबनको अन्त हुँदा
रुने मान्छे कोहि हुनेछन
किन कि तिमी पुन: प्रयोग सकिने
प्लाष्टिकका थैली होईनौ
गरिबीको बिच लडनेहरुले पनि
नाक थुनरे थुक्नेछन तिम्रो लाश दुर्गन्धमा
छानी छानी प्लाष्टिकका थैली टिप्नेहरु
त्यसैले तिम्रो मनलाई लगाम देऊ
मानव बम बनाएर पड्काउनु अधि
कसैले हाईड्रोजन भरे उडाउनु अधि
तिम्रो सन्सार कसैलो भत्काउनु अधि
मन मनै त हो सम्हाले सम्हालीन्छ
जसरी अरुले सम्हालेका छन ।

November 14, 2008 Posted by | कबिता | 1 Comment

हरेक कुरा-अमरसिं रोका

हरेक कुरा : गजल
-अमरसिं रोका

हरेक कुराहरु सँग यहाँ सम्झौता गरी बाँच्नु पर्ने
पर्खाइएको पल कस्तो कल्पनामै औला भाँच्नु पर्ने

प्रबृति सबको औला दिदा हातै निल्ने सधै
भरिएको भाँडो अझै च्यातिने गरि खाँच्नु पर्ने

खुशी बाँड्ने हजार-हजार दु:ख एक्लै खेप्नु पर्छ
आफ्नो आँखा साउने झरी, अरुको खुशी साँच्नु पर्ने

चौतर्फी पेलाई सहेकैछु कस्तो बिधाता यो
आफ्नै सोकमा पञ्चे बाजा धन्काई नाँच्नु पर्ने

प्रत्येक मोडमा चुनौती, हरेक पल कठिनाई छ
कति ईम्तिहान लिन्छ जीवन, अझै कति जाँच्नु पर्ने

हरेक कुराहरु सँग यहाँ सम्झौता गरी बाँच्नु पर्ने
पर्खाइएको पल कस्तो कल्पनामै औला भाँच्नु पर्ने

म्याग्दी, पात्लेखेत-७, हाल- माल्दिभ्स

November 9, 2008 Posted by | कबिता | Leave a Comment

कतिन्जेल चल्छ ?

कतिन्जेल चल्छ ?

बिहानै घरमा झगडा यति टगडा
लुकि लुकि नहेर यो हो धरभित्रको झगडा ।
आज बिहानै बिहानै झिकि ठुलै बखेडा
हिजो पनि रहेछ, चाउ चाउ मुस्किलले पाकेको ।
मैले बिहानै चिया हो मागेको ०००००
आफु दिन भर लाईन लागेर थाकेको
ग्याँस नपाको झोकमा अलिकति चाखेको
लर्खरउदै आधा राति धर गाको ।
खाना नखाई हो बाहिरै सुतेको
अरुले देख्लान भनि सबेरै हो उठेको
तर घरको कुरा छताछुल्ल भयो ।
केबुलको लाईन भोलि कातिन्छ
मुबाईल ईनकमिङ मात्रै आऊछ ।
पप्पुलाई फिस नतिरे स्कुलले नआऊ भनेको छ
पानीको लाईन कातियो, बिजुली कातिन्छ
बाईक बेचेर पेट्टरोल पाईएन पार्किङमा छ भने
पहिले औठी बेचे, छिमेकि लाई हरायो भने
त्सपछि सिक्री सोधनेलाई चोरि भो भने
अब बेच्न लाईक के छ?
घडी बिक्ला, डेक बिक्ला, टिभी बिक्ला
दश बर्ष बिदेश बसेर कमाको
चार बर्ष मा कँगाल बनाउने शहर
बल्ल अब गाँउको याद आयो
बिदेशले नपत्याएको लुलो पाखुरा लाई
बाँझो खोरियाले बोलायो ।
लाज जोगाऊन म अझै भन्छु
मलाई मेरै गाँऊमा मर्नु मन लाग्यो ।
बैश छँदा , पैसा हुदाँ मैले माया मारेको
बारी का गह्ररा अनि काल्लाहरु ले
बदला लिएन , माया मारेन
सिस्नु को दालले मलाई पोलेन
गाँऊमा कहिल्यै दया मर्दैन
गाँऊले कहिल्यै माया मार्दैन
मर्ने बाहानामा भए पनि सबैले
सबैले गाँऊ फर्कनुहोस-०००००००
……………………………………………….

November 9, 2008 Posted by | कबिता | 1 Comment

पागल मान्छेको कुरा

पागल मान्छेको कुरा : स्यानु पाईजा

दया मरेको बस्तीमा
माग्नेको जन्म नहोस
आज खाए पछि भोली
के खाऊ कसैलाई नहोस
मलाई त यस्तो लाग्छ,
सबैको आफ्नै धर होस
बारीहरु बाँझो नरहोस
अब कोहि मुग्लान नपसोस
पैसाको समान मोल होस
डलर, यूरो, येन अनेकन
नाम होईन एऊटै नामहोस
सन्सारै भरि एउटै दामहोस
कसैले मलाई सोध्यो ?
के त्यसो भए बिश्व
एउटै मात्र देश होस त ?
यो पृथ्बी एउटै हो
देश अनेक भए पनि
जाती सबै मानव होऊन
मानबता सबैको धर्म ।
बन्जर बनेर मेरो देश माटो
बिदेशका गल्लीहरु सफा नहोऊन
कसैले भन्यो बिचरा
मान्छे बौलाहा भयो
पागल मान्छेको कुरा००००!
*****************

November 9, 2008 Posted by | कबिता | 1 Comment

भो पर्दा नझार

स्यानु पाईजा : भो पर्दा नझार

भो नक्कल नपार
सुन्दर लाजको पर्दा नझार
भो बिदेशको पैसा छरेर
आफ्नै धर ऊडाङगो नपार
टेबुलमा कुन लेबलको रक्सी हो
रित्तिएर चांङ लाग्यो
आधुनिक मान्छेलाई
गाँजा, चरेश,भाँङ लाग्यो
नशा भित्र एकले भन्यो
अर्कोले थप्यो, फूलबुट्टा भर्यो
भए नभएका कुरा गर्यो
पैसाको धमण्ड पोख्यो
बैशको छनक पोख्यो
फलाना/ ढिस्कानाको कुरा गरेर
एउटाले चुरोट सल्कायो
अर्कोले सर्को तान्यो
कश जति समाजमा छरेर
अर्कोले बिजयको हाँसो हाँस्यो
गरिबको रोदन सुनेर
स्वार्थी उपहासको हाँसो हाँस्यो
लाहुरे पति को सपना मा
कति कुमारी कति चोटी लुटिए
कस्ले को सँग गुनासो गरे?
या कहाँ उजुरी गरे ?
र कतिले के न्याय पाए
लुटिनु नै यहाँको नियती बन्छ
लुटिने लाईनै हाम्रो समाज दोषी मान्छ
लुट्ने हरु छाती खोलेर हिड्छन
लुट्ने हरु छाती खोलेर बोल्छन
पुरुस्वार्थ देखाउदै भन्छन
एकले अर्को सँग०००००???
फलानाकी श्रीमती क्या हट
मलाई त काबु बनायो
नानीको आमा पनि क्या हट
क्या रोमान्स गरियो
समाजको सुन्दर पर्दालाई
भो नाँङगो नपार
सुन्दर लाजको पर्दा नझार
पर्दा मै रहनु देऊ
पर्दा भित्रका कुरा हरु
कतिको धरबार बिगार्ने
समाजका खोईरा हुरु
चिनौ र मारौ
लाजको सुन्दर पर्दा जोगाऔ।
भो पर्दा नझार
सुन्दर लाजको पर्दा नझार
********************
पात्लेखेत-७, म्याग्दी

November 9, 2008 Posted by | कबिता | 1 Comment

लाचार मान्छे

लाचार मान्छे

जन्म संगै जोडिएका बाध्यता हरु
सुनपानीको कुरा पत्याउनु पर्छ ।
मन्तरेको पानीले बोको मन्छाउनु पर्छ ।
धामी झांक्रीको फुमन्तर भरेको
जन्तर भिरेर हिड्नु पर्छ ।
फेरि त्यहि गीत सुन्नु पर्छ ।
हरियो गोबरले धर लिप् ।
लक्छिमी को पुजा गर ।
हे गाऊँले हो तिमी गरिब छौ ।
त्यसैले अझै धर गोबर ले नै लिप ।
पञ्चगाब्यमा मिसाएर खुवाउनु मिल्ने गोबर
धर लिप्दै मा के हुन्छ ?
गहुत छरेर , खुवाएर चोख्याउ
अक्कलमा धाँसो लागेको ओम्खरा झिकेर
मण्डलीको भाकल पुरा गर ।
तिमी यसरी नै नअल्मलिए
सन्सारले कस्लाई ऊल्लु बनाउछ ?
नुन पानीको चिया पिऊदा बरु ग्लानी हुन्न ।
सुनपानीले चोख्याउन लाग्दा जति हुन्छ ।
कुरितिले गाँजेको यो समाजमा
परालाईज भएर जन्मेको मान्छे ले
के नयाँ दिशा देखाओस ।
यो मान्छे यस्तै बिबशता बिच मर्छ ।
जन्म संगै जोडिएका बाध्यता हरु बिच
निसासिएर जिवनको अन्त हुन्छ ।

**************************

November 9, 2008 Posted by | कबिता | 1 Comment

तारा राई : जिन्दगीको अनुभवहरु

जिन्दगीको अनुभवहरु-तारा राई

१ जिन्दगीका ऐनाहरु

जिन्दगीका कथा र ब्यथा सँगै
अल्झिएकी छु म यो दुबईको मरुभूमिमा
मनभरी पिडाको ज्वाला सम्हाल्नै गाहरो
कठिन छ यहाँ उभिन।
जिन्दगी त एउटा सँघर्श हो भन्थे
तर छैन कुनै सँघर्शका फलहरु
बरु टुक्रा-टुक्रा भईसकेका छन्
जिन्दगीका ऐनाहरु।।

२ मेरो प्रियतम!

ए ! प्रियतम अब मेरो आशै नगर
छैन मेरो कुनै बाँच्ने आधार
तिम्रो भरोसामा बाँच्नसके जतिसम्म
अबत मरिसकेको छ तिमी प्रतिको बिश्वास
रोपिदियौ यो छातिमा धारिलो छुरा
त्यसैले जादैछु प्रियतम
मृत्यको सुन्दर घर।

३ पराईको साथ

म हुर्किए
आफनै जन्मभूमिमा
आफनै आमाको काख
विबशताले हुत्याईदियो
पराईको साथ
यो बिरानो मरुभूमिमा।

४ सिउदोको सिन्दुर

हाम्रो समाजमा भन्ने गरिन्छ
सिउदोमा लगाएको सिन्दुर
जिन्दगीको बाँच्ने आधार हो
बिवाहको प्रमाण पनी हो
तर म भन्छु
जब दुई आत्माको पबित्र मिलन हुन्न
सिउदोमा लगाएको सिन्दुरको के अर्थ?
योत केबल हाम्रै सस्कार,समाजको लागी
देखावती मात्रै हो
देखावती।

५ कति रुनु म

कति रुनु म यो दुबईको उजाड मरुभूमिमा
जन्म दिने बाबा र आमाको यादमा
जादैछु म जिउदो लास भएर
यो बिडम्बनाको साथमा
कहिल्यै नफर्किने गरि
उही मसानघाटमा।

६ मेरो जिन्दगी

चर्किएको सिसा जस्तै झुर मेरो जिन्दगी
बर्षा मासको आँधिहुरी जस्तो मेरो जिन्दगी
आज यहाँ भोली कहाँ होला
कर्कलाको पानी जस्तो मेरो जिन्दगी
कसैको विश्वाश मा फसेको मेरो जिन्दगी
माया र प्रेममा जलेको मेरो जिन्दगी
आँशुनै आँशुले रुझेको मेरो जिन्दगी
पुर्णिमाको रातमा रमाउदा रमाउँदै
औशिको रातले छोपिएको मेरो जिन्दगी
चर्किएको सिसा जस्तै झुर मेरो जिन्दगी।।

७ परदेशी

सायद थाहा नहोला स्वदेशीलाई
परदेशी भएकीछु आत्म जलाई
आफनै देश आफना-आफन्त सबैलाई
सम्झदै-सम्झदै सँघर्श गर्दैछु
चिठीमा लेखेकी छु ठिकैछ भनेर
यो मन रुवाई रुवाई।

८ जिन्दगी सधै

जिन्दगी घामको किरण हो भन्थे
तर आधि र तुफानको बर्षा रहेछ
जिन्दगी सधैं हासो उमंग हो भन्थे
तर आँसुनै आँशु रहेछ
जिन्दगी सधैं खुशी र सुखी हो भन्थे
तर दु:ख र बेदना पो रहेछ
सधैं दु:ख र बेदनापो रहेछ।

जिन्दगीको अनुभवहरु;-तारा राई नुम-७ संखुवासभा हाल;अलएन यु,ए,ई

November 8, 2008 Posted by | कबिता | Leave a Comment

टेक थजाली :गीत हामी पनी.

गीत हामी पनी..
– टेक थजाली मगर

हामी पनी देशको कथा लेखन थालेका छौ
जिन्दगीका लोडसेडिङमा दियो बालेका छौ

देशको लागी बाँच्नुपर्छ देशको लागी मर्नु पर्छ
बन्दुकको होईन लडाई बिचारको लड्नु पर्छ
सुत्दा खेरी कलम कपी सिरानी हालेका छौ
जिन्दगीका लोडसेडिङमा दियो बालेका छौ

बल्ल देखेका छौ सुन्दर शान्त नेपालको सपना
छोरा-छोरी हराएको सुचना नदिनु है आमा
पर बाट भएपनी अग्रगामी पाईला चालेका छौ
जिन्दगीका लोडसेडिङमा दियो बालेका छौ

हामी पनी देशको कथा लेखन थालेका छौ
जिन्दगीका लोडसेडिङमा दियो बालेका छौ
झिँ-८,म्याग्दी,हाल; यु,ए,ई

November 8, 2008 Posted by | कबिता | Leave a Comment

Page Iraq Photos

Dilip Garbuja _Iraq-1

Dilip Garbuja _Iraq-2

Dilip Garbuja _Iraq-3

Dilip Garbuja _Iraq-4

November 7, 2008 Posted by | कबिता | Leave a Comment

बिकासे भाले

बिकासे भाले :- स्यानु पाईजा

नयाँ नेपाल, नयाँ नेपाल
म पुरानै नेपाल को नेपाली
अधर्य प्रतिक्षा मा पर्खिरहेको छु
नयाँ नेपाल मा के नयाँ के छ?
दल फेरेर,नयाँ दल को नयाँ नेता
बनेको पुरानै अनुहार हरु
रतान उहि नयाँ नेपाल,नयाँ नेपाल
नाम फेर नयाँ पार्टी जन्माए जस्तै
नेपाल को अगाडी नयाँ थपेर
नेपाल साच्चै नयाँ नेपाल बन्ला
अधर्य प्रतिक्षा मा पर्खिरहेको छु
मलाई तालेको नेपाल जस्तै लाग्छ
जताततै श्री ५ तालेको बोर्ड फातेर
मलाई तालेको नेपाल जस्तै लागेको हो
यहाँ श्रीपेज हताऔ नयाँ नेपाल बन्छ
श्री ५ मेटाऔ नयाँ नेपाल बन्छ
भन्ने हरु ले अब पुछर हताऊने होड मा छन
अब के भनेर जनता अलमलाउने सोचमा छन
सधिंयताको नारा ले देश तुक्याउ छरे
सेना समायोजन, सत्ताको खिचातानी
बिबाद नै बिबाद ले भरेर
नेपाल लाई थोत्रो बनाउदै छन
नेपाली बोलेर मन्त्री खाएका हरु
अब हिण्दी बोलेर निहु झिक्दैछन
बोल्न जानेर जनता झुकाएका नेता हरु थिए
अब नजान्ने हरू पनि झुक्काउन सिक्दैछन
अचेल नयाँ नेपाल, नयाँ नेपाल भनेको सुन्दा
बेला न कुबेला बाँस्ने बिकासे भाले जस्तै लाग्छ
रात न बिहानी नछुट्टाई बास्ने बिकासे भाले जस्तै
साँझमै बासेर बिहान भएको भनी झुक्काउने
बिकासे भाले ब्यर्थ मा पाले जस्तै लाग्छ ।

November 5, 2008 Posted by | कबिता | 2 Comments

खाडल भित्रका समानता

खाडल भित्रका समानता :स्यानु पाईजा

हामीले नै खनेका असमान खाडल भित्र
समानता बुझेको भए दुबै खाडल रित्ता थिए
दुबै खाडलका वरिपरि समान भित्ताहरु थिए
तर हामी बहस मै समाय बितायौ
मेरो खाडलबाट यति माटो निस्केको
मेरो खाडल यति गहिरो, यति फराकिलो
तिमीले भन्दा पहिला मैले खनेको
तिमीले मेरो नक्कल गरेको
हामी यसैमा लड्यौ, बर्षौ लड्यौ
तिमी लङगडो, र म कानो हुदै सम्म लड्यौ
खाडल खाडल नै हुन्न जस्ले जे भने पनि
खाडल बिचको भिन्नतामा लड्नु भन्दा
कसिंगर र पातहरु खसालेको भए
कम्पोस्ट मल बन्थ्यो दुबै खाडलमा
तर अचम्म तिमीले मलाई खसाल्न चाहेयौ
मैले तिमीलाई खसाल्नु चाहे !
साहेद हामीले खाडल खनेको नै यसैलाई थियौ
अब तिमी लङ्गडो र म कानो भएर पनि
खाडलको भिन्नता मै फेरि लड्यौ भने
एक दिन यो खाडल चिहान हुने छ
एकले अर्कोलाई फसाउने धराप हुने छ
अब त हामीले बुझ्नु पर्छ, खाडल००००
हामीले नै खनेका असमान खाडल भित्र
समानता बुझेको भए दुबै खाडल रित्ता थिए
दुबै खाडलका वरिपरि समान भित्ताहरु थिए

*********************************

November 4, 2008 Posted by | कबिता | 2 Comments

घुम्ने मेचमाथि अन्धो मान्छे

घुम्ने मेचमाथि अन्धो मान्छे :-भूपी शेरचन

दिनभरि
सुकेको बाँसझै
आफ्नो खोक्रोपनमाथि
उँघेर,
पछुताएर,
दिनभरि
रोगी मलेवाझै
आफ्नो छाती आफ्नो चुच्चोले ठुँगेर,
घाउहरु कोटयाएर;
दिनभरि
सल्लाघारीझै एकलासमा
अव्यक्त वेदनाले सुँक्क-सुँक्क रोएर;
दिनभरि
पाते च्याउझैं
धरती र आकाशको विशालतादेखि टाढा
एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर,
एउटा सानो छाताले आफुलाई ढाकेर
साँझमा
जब नेपाल खुम्चिएर काठमाडौं
काठमाडौं डल्लिएर नयाँ सडक
र नयाँ सडक – असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर,
टुक्रिएर,
अखबार, चिया र पानको पसल बन्छ,
किसिम-किसिमका पोशाकमा
ओहोर-दोहोर गर्छन् थरीथरीका हल्लाहरु
फुल पारेको कुखुराझै कराउँदै
हिंड्छन् अखबारहरु
र ठाउँ-ठाउँमा अन्धाकार पेटीमा उक्लिन्छ
मोटरहरुको प्रकाशदेखि तर्सेर
अनि असंख्य मौरीको भुन्भुन् र डसाइदेखि आत्तिएर
म उठ्छु
न्यायको दिनमा प्रेतात्माहरु उठेझैं
र नपाएर बिस्मृतिको ‘लेथे’ नदी
रक्सीको गिलासमा हाम्फाल्छु
र बिर्सन्छु आफ्नो पूर्व कथालाई
पूर्वजुनी र मृत्युलाई
यसरी नै सधै
चियाको किटलीबाट एउटा सूर्य उदाउँछ,
सधै रक्सीको रित्तो गिलासमा एउटा सूर्य अस्ताउँछ
घुमिरहेकै छ म बसेको पृथ्वी – पूर्ववत्
फगत म अपरिचित छु
वरिपरिका परिवर्तनहरुदेखि,
दृश्यहरुदेखि,
रमाइलोदेखि,
प्रर्दशनीको घुम्ने मेचमाथि
करले बसेको अन्धो जस्तै ।

November 3, 2008 Posted by | कबिता | Leave a Comment

नेपालको नयाँ राष्ट्रिय गान

sunnus
नयाँ राष्ट्रिय गान:- ब्याकुल माइला (प्रदिपकुमार राई, ३४)

सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरुका रगतले, स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

November 3, 2008 Posted by | कबिता | Leave a Comment

दैनिकी

दैनिकी

सानी छोरीले पालो पर्खदै थिईन
बिहानै देखी ट्वाईलेट मा
बिहानै दश रुपैयाँको पाऊरोटी
चियाको सुर्की सँगै सकेर
बिस रुपैयाँको पाकसाई किन्न
झोला बेकेर मालती निस्कीईन
किराया को कोठा मा
प्रेशर कुकुरमा चाउचाउ पकाउ की?
म मन मनै सोच्दै छु
हर्केलाई जन्डिस भयो रे
माने प्यारालाईजले बोल्न सक्दैन
कृतिम जीवन यापनको सस्तो उपहार
भिम अरब देखी ऐपेन्डिक्स लिएर आयो
सरोजको पेटमा पट्थरी छ रे
निरजको किड्नी फेल भाको रे
एडसनले एड्स बोकेको छ रे
सपनाहरुको सन्सार कति कष्टदायक छ
बिराज स्काफोल्डिङ खसेर अपांग छ
धरमा स्वास्नी पोईल गईन रे
वाह ! जमना जिवन के हेरेर बस्नु ?
जिन्दगी लामो छ रे !
अलपत्र बाल बच्चा, लथालिङग धर
के सन्सार यस्तै हुन्छ ?
सन्सार हरेर हरेश खानु भन्दा
सोच्ने र सिक्ने बेला हो यो
तर ,खाना खाए पछि ,
धरका छत भरि तास खेल्ने हरु थिए
स्वतन्त्र मान्छेको देश
महिला र पुरुष समान सहभागिता
बच्चा चाउचाउ बोकेर स्कुल तिर
१० रुपैया नपाको दिन स्कुल जाने बेला मा
नानीहरु बाई बाई नभनी जान्छन, मौन बिरोध
बिदेश बाट पैसा आएको धर
खुसीयाली मा खसी कातिन्छ
बिदेश बाट लास फर्केको धर
छोरा गुमेको पिडा भन्दा ठुलो पिडा
अब का दिन कसरी बाँच्ने चिन्तित छ
नातीले ड्रक्स लिन्छ
बुहारी लाई किट्टी पार्टी को लट् छ
यो सुन्दर सन्सारको भयानक रुप
अब अरु कसैले देख्नु नपरोस
आयौ सबैले हल खोजौ
साहस जुटाऔ बर्तमान सँग सामाना गर्ने

November 3, 2008 Posted by | कबिता | 1 Comment

   

Follow

Get every new post delivered to your Inbox.