Mleadbeni's Weblog

स्यानो झ्याल : मलाई-आफुलाई-अरुलाई चियाउनुस

आधुनिक मान्छे

आधुनिक मान्छे : स्यानु पाईजा

यो ईच्छा बोकेर मर्ने जमाना होईन”

आधुनिक मान्छेले बनाएको आधुनिक नारा

आफ्नो ईच्छाले संसार जितौ

आधुनिक मान्छेको आधुनिक संकल्प

अनिगिन्ती झ्याल बाट संसार छिरौ

आधुनिक संसारको चाबी तपाईको हातमा छ।

यि आधुनिक शलोगनहरुको बिचमा

रनभुल्ल मान्छेलाई, आधुनिक बन्न मन लाग्छ ।

बुझि नबुझि अंग्रजी गीत सुन्न मन लाग्छ ।

रात्री जिबन र डान्सबार मा छिर्न मन लाग्छ ।

केविन रेस्टुरेन्ट र बार मा पुग्न मन लाग्छ ।

दोहरी रेस्टुरेन्ट् हरुमा दोहरी बस्न मन लाग्छ ।

के म संसार जित्न सक्छु ??

मेरो मनले गरेको जटिल प्रश्न-

उत्तर खोज्न www.आधुनिक.com मा छिर्न मन लाग्छ ।

आजको खानामा दाल पातलो गरेर म

साईवरको सञ्जालमा पसेको छु ।

संसारको धनीहरु को लिष्टमा

हाम्रो नेपालको को छ हेर्न खोज्दै छु ।

यू टूयुबमा सेक्स बेच्ने हरु संग

स्वतन्त्रता हो कि वाध्यता ? कमेन्ट गरन् चाहान्छु ।

लिङ्क नै लिंकले भरिएको संजालमा

मेरो पनि लिंक जोड्न चाहान्छु ।

साहेद यसैलाई होला ००००००

अनिगिन्ती झ्याल बाट संसार छिरौ भनेको

धाडिङको चक्का जामले

अरबको भिसा एक्पाएर्ड भएको मान्छे

नेपालको बाटो पनि साईवरको लिंक जस्तै

किल्क गरेर छिर्ने होस भन्ने चाहान्छ ।

तर साईवर वाट लग आउट गरे पछि

यसैको संधार नाध्दा ननाध्दै सडक बालक

गम सुधेँर चिसो भगाउन खोज्दै छ ।

दादाहरु सडक बालकको पैसा लुटेर

केविन रेस्टुरेन्ट् मा पस्यो

पत्रकारले गरिबको अनुहार

समचारको रंगिन पान्नाहरुमा बेच्यो ।

छायाँकारले दया लाग्दो अनुहार

डकुमेन्ट्रीको रंगिन पर्दाहरुमा बेच्यो

यति सजिलै बेच्न सकिने किन्न सकिने देखेर

यहाँ किनबेचको भिड नै लाग्यो

कसैले बाँझो कोख भर्न छोराछोरीको रुपमा किने

कसैले मानव बमको लागि किने

कसैले मानब अंगप्रत्अंग झिक्न किने

जस्ले जे गर्न किने पनि

आखिर आधुनिकताको खोल भित्र

गरिबको किन बेच भयो ।

यो आधुनिक शलोगनको बोर्ड मुनि

अरबको भिसा एक्पाएर्ड भएको मान्छे

बन्दकर्ता लाई सराप्दै रोयो ।

रातको अर्ध अध्यारोमा

एकले अर्कोलाई ड्रक्स बेचेर गयो

ऊफ००००, के सबै यि मान्छे

आधुनिक बन्नलाई नै यसो गर्दै होलान त??

शलोगन सजिएको बोर्ड तिरै फर्किएर

यहि प्रश्न सोध्न मन लाग्यो ।

************************

Advertisement

October 13, 2008 - Posted by | कबिता

No comments yet.

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.