मार्केटको टार्गेट
मार्केटको टार्गेट : स्यानु पाईजा
सानो सानो पाकेटमा बिक्ने गरि बेचौ
सकिए पछि फेरि जरुरत पर्ने गरि बेचौ
गृहनीको लागि कुक बुक बेचौ
सिलाई बुनाई , कटिङ सेटिङ बेचौ
तरुनीलाई सौन्दर्य, ब्यूटि पार्लर बेचौ
बुटिक, कुटिक, गुटिक बेचौ
तन्नेरीलाई हयानसम पार्लर बेचौ
मसाज सेन्टर, ससाज सेन्टर बेचौ
बृद्दाहरु लाई भियग्रा, सियग्रा बेचौ
बृद्दा हरु लाई बृद्दाआस्रम बेचौ
दानपेटिका ज्ञान पटिका बेचौ
युवाहरुलाई भिषा, रोजगार बेचौ
बिधार्थीलाई स्कलरशिप बेचौ
पैसा हुनेलाई बिदेशमा बेचौ
पैसा नहुनेलाई स्वदेशमा बेचौ
शिशुलाई लाई नर्सरी लिटिल हेभेन बेचौ
त्यस पछिका लाई टियूसन बेचौ
पैसा हुनेलाई ए लेवल, ILET,TOEFL बेचौ
अन्तराष्टिय स्टाडर्डको डिग्री बेचौ
अनाथालय, देबालय, शिबालय, हिमालय बेचौ
धर्मशाला , कर्मशाला, बधशाला ,पाठशाला बेचौ
पञ्चअमृत, गंगाजल, सुन्दरजल सबै बेचौ
जहाँ जे चाहिन्छ, बुझेर, सम्झेर बेचौ
स्वर्ग जाने टिकट बेचौ
मार्केटको टार्गेट हरेकलाई हुनु पर्छ ।
सकिए पछि फेरि जरुरत पर्ने हुनु पर्छ ।
सानो सानो पाकेटमा बिक्ने गरि बेचौ
***********************
No comments yet.











