Mleadbeni's Weblog

स्यानो झ्याल : मलाई-आफुलाई-अरुलाई चियाउनुस

लुघु-कथा , स-साना समाग्रीहरु

Mleadbeni’s weblog
Quick Menu

[ गृहपुष्ठ ] [ कबिता ] [ गीत/गजल ] [ प्रसँग ] [ लधु-कथा ] [ फोटो] [प्रेरक कथा ] [मनोरन्जन]
____________________________________________________________
लघु-कथा , स-साना समाग्रीहरु

कमिला र फट्याङग्राको लडाई
महोत्सब बाट फर्केपछि …..…………
फुल र पश्चताप……………………
टमलेट बाजे.……………………..
ओथारो बसेको कुखुरी र मातेका मान्छे

October 29, 2008 Posted by | लघु कथा | Leave a Comment

शुभ दीपावली

शुभ दीपावली

October 29, 2008 Posted by | कबिता | Leave a Comment

शहर पसे पछि

शहर पसे पछि   : Sanu Paija

उ शहर पसे पछि

रुप रंग फेरिएछ ।

हाऊ भाऊ,बोलीचाली

सबै फेरिएछ

उसको लोभ लाग्दो बैसले

बसन्तीको मनै चोर्यो

बसन्तीले उ संग

मुसुक्कै मस्कीदा

मलाई दाह लाग्यो

मलाई पनि शहर पसौ

सुन्दर हुन मनलाग्यो

उ सित दाह लाग्यो

म शहर पस्दा

सहरको बास्तबिकता

पानी रंगिएछ

कालो, हरीयो, पहेलो

गुलियो, अमिलो

रंग र स्वाद मा भरिएछ

नाना थरीका नाम

बिस्लेरी, अक्वा

पेप्सी, कोला, फेन्टा

के के हो के के !!

नामले सजिएर बिकेछ

दुङगे धाराको स्राप लाग्यो

पैसा नभइ यहाँ

पानी पिउन नपाई मरिन्छ

सबै फर्सदिला छन

फेरी सबै बेफुर्सदी

कस्लाई कसरी मुर्गा बनाऔ

सबको दिमाग बिजी छ ।

दाल भातको असी रुपैयाँ

सस्तोमा नजानुस बासीमा पर्नुहोला

खाना खाए ट्वाईलट फ्रि मा

ल राम्रो सस्तो सुबिधा भएको

पानी को सुबिधा भएको

होसीयार गराउने ले नै

मलाई बासी भात बेचे

यहाँ धेरैलाई

बाँझो खेतको स्रापले

भोक भोकै टड्पीनु पर्छ

या होसियार भन्दै लुट्नु पर्छ

********************

October 28, 2008 Posted by | कबिता | 2 Comments

झुटो माया लाउनेलाई..

झुटो माया लाउनेलाई……… : Sanu Paija

अचेल त मेरो पनी भाउ बढेको छ

भो सित्तै मा मन दुखाउन नखोज

अचेल त मेरो पनी भाउ बढेको छ

भो सित्तै मा आँसु रित्याउनु नखोज्

भो माया लाई सस्तो गहना बनाई

फुटपाथको च्यादरमा सस्तैमा नबेच

अध्यारोमा कयौ चोटि नाङगिएको छु

भो अब दुनियाँ सामु नङ्ग्याउन नखोज

मायाको अर्थको अरु उपहास नगर

अरुलाई दु:ख बेच्ने ब्यपार बन्द गर

October 24, 2008 Posted by | कबिता | 2 Comments

टेक थजाली : सेकेन्ड् हयान्ड कबिता

nepalighar@yahoo.com
मैले नदेखेको
नलेखेको
नसोचेको कबिता
अचानक मेरो समिप आईन्
मधुर मुस्कान
मिठो बोली
लामो कपाल
जिउ पनी मिलेको
हातमा कपिको पाना थियो
खोसेर पढे
पाउने ब्यक्तिको नाम मेरै
जहाँ लेखिएको थियो
कुनै बटुवाले थुकेको थुक हुँ म
तर्किएर आफनो बाटो हिड्नु
बिहोसिमै तिम्रो आगनमा आईछु भने
पागल्नी! भनेर धोका बन्द गर्नु
समिपको कबिता म देखी भागी
त्यसपछी
कबिता अघी-अघी
म पछी-पछी
गन्तब्य बिनाको यात्री जसतै
म कराए! भौतारिए!!
दर्शक दिर्घाहरु
कसैले गिज्याए!कसैले ताली बजाए!!
दुनिया यसरी हास्यो
साले! गधा!! हरामी!!! पागल!!!! यस्तै गालिहरु
गुञ्जिरहे कानमा
नजवाफ म
कसैको उपमा सुनिन
बस,कविता र कबिताको सायरीमा
अर्थ र कारण खोजे
मेरो हिडाईको गतिलाई
अझै अगाडी बढाए
एकान्तमा कबितालाई
भेट्न सफल पनी भए
लोचनको बनेलीमा
रुदा-रुदा आँशु रित्तिएको थियो
पानी बिनाको माछी झै
सुकेको रैछ चेहरा
मलाई पछुतो भयो
त्यो उकाली-ओराली
त्यो चौतारी त्यो देउराली
त्यो हरियाली
हिमाल,पहाड,तराई
सबै जस्ताको त्यस्तै लाग्छन्
तर कबिताको गुनासो अर्कै थियो
बिन्ती मलाई माया नगर
म तिम्रो हुन लायक्की छैन
मत केबल सेकेन्ड् हयान्ड
सेकेन्ड् हयानड कबिता हुं
सेकेन्ड् हयान्ड
प्रयोग गरिएको र फ्याकिएको
बल्ल,बल्ल सवालको जवाफ पनी पाँए
तर भन्न मन लाग्छ
ठिकैछ!
यदी तिम्रो लागी म फस्ट हयान्ड हुं भने
आई लभ यु सेकेन्ड् हयान्ड कबिता

_________________________________

October 21, 2008 Posted by | कबिता | Leave a Comment

कबिताको बाध्यता

कबिताको बाध्यता : स्यानु पाईजा

अचेल कबिताले गाली बोकेको छ

कतै पार्टीको प्रचार र ब्यानर बोकेको छ

कतै स्वार्थ र षड्यन्त्रको भण्डार पोखेको छ

कतै बैशको कामुकता पनि बोकेको छ

तर यति मात्र होईन कबिताले कहि त !

तितो यथार्थको धरतल पनि बोकेको छ

चेतनाको मधुर दियो पनि बोकेको छ

साहित्य र सृजनाको सम्बाहक बनेको छ

सृजनाको दरिलो मियो पनि बनेको छ

माया, पिरती, मिलन, बिछोड र सम्झना

बाँचा, चाहना, कामना, बेदना पोखेको छ

बिचरा कबिता माथीको कबिताले फेरि

रिमिक्स गित जस्तै हित हुने दाँऊ मा छ

एउटा बर्षौ पुरानो कबिता गाऊँमा छ

पुरानो कपिमा ध्वाँसोले पुरिएको छ

साहेद कति कबिता यसरी नै च्यातिए होला

कबिताको बाध्यता यस्तै नै रहेछ

कसैलाई नसुनाई, च्यातिनु परेको छ

यस्तै छ कबिता अचेल गालीले किच्चिएको छ

पार्टीको प्रचार र बिचारले थिच्चिएको छ

स्वार्थ र षड्यन्त्रको भण्डारले भरिएको छ

यस्तै छ अचेल कबिता को बाध्यता ।

लाहुरे सँग कबिता प्रदेस पोईल गएको छ ।

गाऊँको सम्झनामा धेरै चोटी कबिता रोएको छ।

October 20, 2008 Posted by | कबिता | 2 Comments

अन्तिम गीत

अन्तिम गीत : स्यानु पाईजा

लाउड स्पीकरमा दु:खको गीत

मिठो संगीतमा चर्को गरि बज्यो

गायकले दुखका शब्द खोजेर गायो

सबैले मुस्कान फिजाएर नाचे

दु:खमा पनि नाँच्न सक्ने हामी नेपाली

गीतको बोल थियो, कालापानी हाम्रै हो

गीतको बोल थियो, सिस्ता हाम्रो रोयो

गीतको बोल थियो, बुद्द हरायो

सन्सारकै एक मात्र देश जो कसैको दास बनेन

साम्रराज्य दुई हारे जिउँदो शान नेपाल हाम्रो

हामी जीतको उन्माद मै देशको बिकास गर्न बिर्सेछौ

कहिल्यै नझुक्ने सगरमाथाको शिर लिएको देश

खै कहाँ निउरिएको छ निउरी मुन्टे नको टाउको

कुन ज्योतिले हेर्ने, अध्यारोमा जुनकेरी

कहिले दुल्छ, या मेध गर्जनु पर्छ ?!!!!

देश बिमारीको दबाई गर्न नसक्दा

डाक्टर हरू औषधीको कमिशनमा थुक निल्दै छन

सगरमाथालाई हिऊ पगाल्ने कस्को समार्थ्य ?

स्वतन्त्रता बेचेछौ, नदीनाला बेचेछौ

युवा जमात बेचेछौ, चेलिहरु बेचेछौ

सगरमाथाको शिर कहिल्यै नबेचौ ।

आमाले नवजात शिशु भरखरै जन्माउनु भाको छ

नवजात शिशु नबेचौ, उस्ले गाउने यस्तो गीत लेखौ

जहाँ शब्द खुसीको होस, संगीत मिठो होस

जस्को तालमा सारा देश, मुस्कुराएर नाँच्नसकोस

हेर्ने लाई राम्रो लागोस, सुन्नेलाई राम्रो लागोस

दर्द बोकेको गीतमा कोहि मस्केर ननाँचोस

यो दु:खको गीत अन्तिम गीत हुन पर्छ ।

****************************

October 16, 2008 Posted by | कबिता | 2 Comments

मतलबी मान्छे

मतलबी मान्छे   : Sp

मिठा मिठा शब्दले म तिमिलाई

कति माया गर्छु भन्ने पारे पनि

तिमीलाई मेरो प्रतिक्षा नगर्नु भन्ने मै नै हुँ ।

जिवनको भरोसा छैन फर्कने टुङ्गो छैन

मेरो सम्झनामा नरोऊ भन्ने मै नै हुँ।

खै के को अल्झन हो फेरि मनमा अल्झेको ?

साहेद म मेरो जिवनको एक्लोपनमा

तिम्रो मायालु साहारा पाउन ललायित भए हुँला।

मेरो मन मा फेरि कुन स्वार्थ जागे होला

कयौ पालुवा फेरेको तिम्रो मन

मेरो सम्झनाको काया पनि मरे होला ।

मायाले हेर्ने आँखाहरुमा कुनै आँखा मन परे होला ।

हामीले गरेका बाँचाहरु भुल्न धेरै बर्ष लागे होला

तिमीले ब्यक्त नगरेका पिडाहरुको कल्पना गरेर

म कति तिम्रो नजिक थिए भन्ने पार्न खोज्दैछु ।

या त तिम्रो ईमान्दारीताको पर्दा मा मैला छर्न खोज्दैछु ।

यो मतलबी दुनियाँको मतलबी मान्छे म

मलाई ग्लानी भैरहेको छ ।

एक्लो जिवनको दुखद पल हरुमा

तिम्रो सम्झना आईरहेको छ ।

October 16, 2008 Posted by | कबिता | 2 Comments

नरु राम्जाली: युवा र नेता

युवा र नेता          : नरू राम्जाली

कर्तब्य भुलेर मोजमस्ती गर्छन हाम्रो देशका नेताहरु

परदेशी भुमिमा पसिना बगाउदै छन हाम्रो देशका युवाहरु

कति मिठो भाषण छात्छन हाम्रो देशका नेताहरु

सिधा साधा जनतालाई बनाउछन भेडाहरु

नेपाललाई सिंगापुर बनाउछु भन्छन हाम्रो देशका नेताहरु

तर दलाल लगाएर बेच्दैछन देशका बलिया युवाहरु

जनयुद्दको नाममा मारे कयौ सिधा र निर्धोहरुलाई मारे नेताहरु

बाह्र बर्षमा कति मारे गरिब परिवारका युवाहरु

झुटो आश्वासन देखाएर दाजुभाई झगडा गराउछन नेताहरु

आफ्नै देशमा शरणार्थी झै बस्नु परेको छ युवाहरु

देशको लागी होईन कुर्चीको लागि लड्छन नेताहरु

अझै पनि तराईमा भुतिदैछन सोझा साझा युवाहरु

चुनाव जिते पछि गाँउ फर्कदैनन मख्खिचोर नेताहरु

भोट माग्न आउदा यस्तालाई बर्साउनु पर्छ जुत्ताहरु

शान्ती भुमिलाई युद्ध भुमि बनाई छाडे नेताहरु

यस्ताको चिप्लो भाषण पछि नलाग्नु है युवाहरु

लाज पचाएर सरकारी गाडीमा घुम्दैम्दैछन नेताहरु

यसतालाई कालो मोसो लगाउनु  पर्छ युवाहरु

शुरा र सुन्दरी नभई नहुने हाम्रो देशका नेता हरु

यिनिहरु देश चुस्ने धमिरा हुन बेलैमा चिन्नु पर्छ युवाहरु

के पायौ हामीले बाह्र बर्षमा ? केवल धनी बने नेताहरु

अब त शासन सत्ता सम्हाल्नु अघी बढ युवाहुरु

नेताहरु लाई तह लगाउन ल्याउनु पर्छ दरिलो मुद्दाहरु

बिरोध गर्नु पर्छ यिनीहरु लाई लगाई दिएर लुंङ्गीको फेताहरु

देश खोक्रो पारेर दोस्रो बिल गेटस बन्ने नेताहरु

अब नयाँ नेपाल निर्माण गर्नु कम्मर कस्नु पर्छ युवाहरु

NARU RAMJALI

WAKHET 9 MYAGDI

NOW

BALTIMORE CITY MARRYLAND AMERICA

email  naru_ramjali@yahoo.com

October 15, 2008 Posted by | कबिता | Leave a Comment

टेक थजाली: ममताको मुटु

ममताको मुटुटेक थजाली “मगर

उशा अनी गोधुली बिच प्रभातको भलाकुसारीमा
चन्द्रमा चाँदनी देखी लुकेको छैन
अनुपम आमोद-प्रमोद जिवन रेखा परिधीका साथ
बिवश आँशु पसिनासँगको मितेरिमा
अंजुलीको मनसुन यामलाई भुलेको छैन
पहाडमाथि कोरिएका प्रगतीपथका सुस्केराहरुमा
हिम खोलीको कन्चन जलनै आहाँ
संरक्षक बिहिन पहिरोले पुरेरहोकी सायद
चञ्चल सागरको बाधलाई अह तोड्न सकेको छैन
बिस्मातको आगोमानै जल्नु किन नपरोस
गगनको झर्नालाइनी कुर्नु छैन
लाग्छ,अबसर चुनौतीको संगम हो जिवन
त्यही जिवन धुवा अल्कोहल सित उदाएर
अबिनाशी बैमनस्य पवनहरु पनी भेतेको छु
छलेर जानु त सृस्तीको रिती
अजम्बरीको कुरा त कहा गर्याछुर
उफ! तिलाञ्जलीको नदी बग्नुनै पर्छ
अझै नियतीको रेखापनी केरेको छैन
मन मझेरीको भकारीमा यादहरु थन्काएर
एेस्वर्यको लागी अर्चना पनी गरेको छैनआजसम्म
कल्पित छु ममताको मुटुनै हो लहना
ममताकै मुटु साति कुसलनै छु
गन्तब्यको यात्रामा बिशालु काँडाले लगाएनी पर्म
समयको आरोह अबरोहहरुमा घर्सिनुनै पर्छ
तिरस्कार गर्नु यानकी भन्नु यो झेलीपन
चिर निन्द्रामा बिश्रान्ती पाउनु पर्दा
आखिर आचल तिम्रै पकर्नेछ यो मान्छे

-झिँ-८,म्याग्दी,हाल;यु,,

October 15, 2008 Posted by | कबिता | | Leave a Comment

प्रदेशको दशै

प्रदेशको दशै

किन किन ? तिम्रो यादले

म आज राती सुत्नै सकिन

लिङ्गे पिङको मच्चाईको यादले

मन मैले थाम्नै सकिन ।

जुनको उजेलीमा नानीहरु

यताउति दगुरेको देखे

चमच्चामा सौ फन्का धुमेर

नथाकेको मन जस्तै

एक्लो यादले फन्को मार्यो

तिम्रो सम्झनामा कोल्टो फेरे

कयौ कोल्टो फेरे ।

जुन अबेर गरेर आयो

निद्रा खै कुना गाँऊमा पिङ खेल्यो

म आज राती सुत्नै सकिन

दुई तले खाटमा साथीले

कोल्टो फेर्दै मा रात कात्यो

यो दशै याद नै याद मा बित्यो

यो रात यादै याद मा बित्यो ।

October 15, 2008 Posted by | कबिता | 1 Comment

बुदेशकालको लागी बचत गर्नुहोस

बुदेशकालको लागी बचत गर्नुहोस

नोट पुरानो तालेरै चल्छ

गहना पुरानो गालेरै नयाँ बन्छ

चप्पल पुरानो कवाडीमा बिक्छ

जाँतो पुरानो म्यूजियममा बिक्छ

आँटो पुरानो सुँगुरलाई दाना चल्छ

राँगो बुढो म:म: मा बिक्छ

तर यहाँ त मान्छे बुढो भयो !!

न परदेशमा बिक्छ न स्वदेशमा बिक्छ

पेन्शन हुनेलाई के को टेन्सन ??

तर म गल्फको भरिया के को पेन्शन

भकारोमा बुढो गोरु जस्तै ०००

उस्ले त आफ्नै खेत जोतेको हो

किलोमा भोकै डाम्लोमा अल्झेको छ।

म त अरुको भुमि जोतेको मान्छे

बुढेसकाल मा मृत्यु कुरेको मान्छे

मैले कमाएका चेकका फोटो कपि

सिरानीमा खकार पुछ्न काम आयो

कफको सिर्प किन्न होईन

मैले पनि साहेद बुढो गोरू

बैशमै देखेको भए, पैसा बचाउथे होला

या त बिष किनेरै राख्थे होला

तर अब बिष किन्ने पैसा नै कहाँ ?

म तपाईलाई बिष किनेर राख्नुहोस भनेको होईन

बुढेसकालको लागि रकम बचाउनुहोस मात्रै भनेको

आज मेरै छेउ मा बुढो गोरु तिर्खाले मलाई हेर्दैछ

बर्खा भए म बलेसीको पानी खुवाऊथे

आज बुढो गोरुले खुट्टा तन्कायो

म मेरो पालो कुरेरै थाक्दैछु

यो लामो पर्खाई सानो पान्ना मा लेख्दैछु ।

बुदेशकालको लागी बचत गर्नुहोस

October 15, 2008 Posted by | कबिता | 1 Comment

पहिलो चरणको बिरोध

पहिलो चरणको बिरोध : स्यानु पाईजा

आन्दोलन नै आन्दोलनको देश मा

आन्दोलनको थालनी मेरै धरमा पनि भयो

रातभरि बिदेश नगई त गुजरानै चल्दैन ।

फलानोको कति वटा धडेरी र कति वटा धर

कस्को कति टोलाको सिक्री, औठी,

टिभी देखी डिभी लट्ररी भिषा सम्मको कुरा भयो

कर्म देखी धर्म सम्मको कुरा भयो

शरम र मनको मर्म मारेरै मन खिन्न पार्दै

पहिलो चरणको आन्दोलनको धोषणा भयो

मैले बिदेश जानै पर्छ नजादै सम्म

सानी छोरीले पेन्सिल तिखारेको तिखारै गर्ने रे

सिटी चाऊ चाऊको पाकेटमा १० को नोट नथपे

स्कुलनै नजाने भन्ने धोषणा नै भयो।

पहिलो १० दिन कालो चिया पाक्ने रे

त्यसपछिको १० दिन नुन बढी तरकारीमा

त्यसपछिको १५ दिन काँचो भात पाक्ने ।

त्यस पछि मेरो बिदेश जाने निर्णयको नआए

नानीका सबै साथी आएर घरको ढोकामा

पेन्सिल जलाऊने र टिफिन बक्स बजाउने रे

श्रीमती सँधको हुलले किचनमा टमाटर किच्याउने रे

अनि त्यस दिनको सहभागी सबैलाई

मैले नै म:म: खुवाएर पठाउनु पर्ने रे ।

भोलीपल्ट सवैले धरधरको झुठो भाँडा लिएर आउने रे

मैले माझेर पठाउनु पर्ने रे ।

त्यसपछि सबैले कपडा लिएर आउने रे ।

धोएर, सुकाएर, आईरन लगाएर पठाउनु पर्ने रे।

पहिलो चरणको बिरोध सहन नसकि

धर बन्धकी राखेर रुपियाँ निकाल्न बैक जादै छु ।

बुध्ढको चेला बने जापन जान पाईने भाकोले

टालु खुईलाएर ॐ नमो पेम जप्दैछु ।

श्यम्भुको वरिपरि माने धुमाउदै छु ।

भिक्षुको भेषमा ॐ नमो पेम जप्दैछु ।

*********************************

October 13, 2008 Posted by | कबिता | 1 Comment

नयाँ पुस्ता लाई आग्रह

नयाँ पुस्ता लाई आग्रह

यो देशले मलाई जन्मायो

हुर्कायो र लाठे तन्नेरी बनायो

दुई पाईला आफनै भुमिमा टेकौ

दुई थोपा पसिना स्वदेशमा पोखौ

मेरो पुर्खाको बहादुरीको थोत्रो बखानले

तिन पुस्ता हामी अरुको पहरेदार भयौ

बिदेशमा कमाएको चिल्ला नोटहरु मोहले

हामी बिदेशीको सदियौ दास मात्रै भयौ

हामीले सुन्दर घर बनायौ

तर समाजलाई सुन्दर बनाउन सकेनौ

बिदेशको भुमिलाई सुरक्षा दिने हामी

खोई कहाँ छौ हामी सुरक्षित ?

के हामी यति लाचार / बाध्य छौ

आफ्नै घरमा निदाउन सक्दैनौ ?

के हामी स्वदेश मै बसे भोकै मर्छौ

को हुन हाम्रा बैरी हरु जो देखि हामीलाई डर छ ?

नेता भाषण बेचेर दौलत भरे

ब्यापरी रासन बेचेर धन कमाए ।

केहिले किराया उठाएर गुजरा गरे

तर हामीले बिदेसमा पसिना बेचेर के पायौ ?

धर बेचेर किराया को घरमा सरेर्यौ

जग्गा बाँझो फालेर, भोक भोकै पर्यौ

नानी हरुमा फर्सटेशन दिर्यौ

ड्रक्सको लत मा धकेलिदियौ

आफुले चाहेको सुन्दर सपनाको

कुरुप रुप आफ्नै आँखाले देख्यौ

नयाँ पुस्ता ले नयाँ बिचार लिनुस

नयाँ संकल्प लिनुस,

बिदेशको जागिरले सदियौ लाई दास बनाउछ

स्वदेश मै कमाउन सिकौ, माटोको मायाले

आफ्नो सन्तान दर सन्तानको भबिश्यको मायाले

आफ्नो घर आफ्नै गाँउ बनाउ

यो देशले मलाई जन्मायो

हुर्कायो र लाठे तन्नेरी बनायो

दुई पाईला आफनै भुमिमा टेकौ

दुई थोपा पसिना स्वदेशमा पोखौ

आफु जन्मेको गाँउको माया गरौ ।

गाउँको बिकासको लागी केहि गरौ ।

October 13, 2008 Posted by | कबिता | 1 Comment

नेताको नयाँ दाऊ

नेताको नयाँ दाऊ : स्यानु पाईजा पात्लेखेत-७, म्याग्दी

नयाँ पार्टी खौलौ

नेपाल बेरोजगार पार्टी

कार्यकर्ताको के कमी?

पुरै नेपाल बेरोजगार छ

हाम्रो जित पक्का छ

कलकारखाना बन्द गराऔ

कामदार हरु बेरोजगार हुन्छन

हाम्रो कार्यकर्ता बढ्छ ।

जताततै हडताल मच्चाउ

अशान्ति फैलाई देउ

दुई को होईन दशलाई मार

शहिद धोषणा गरौला

क्षतिपूर्ति मागौला

हाम्रो पार्टीको नाम, गुण नाम

टिभीले फुक्छ ,रेडियोले फुक्छ।

अनि त के ? हामी ले नै हो

भबिस्यको नेपाल हाक्ने

तपाई राष्ट्रपति पक्का

उप-माथी सह-उप थपौला

बिशिष्ट, बलिष्ठ, तन्दुरुस्त, जागरुक

नाना थरी पदहरु सृर्जना गरेर

एउटा न एउटा त पक्कै बनाउला

युवा देशको शक्ति हो ।

युवा शक्ति संगठन खोलौ

रेलिङ भाँच्नु लागाउ

दयाम् दयाम् कुत्ने तालिम दिऊ।

यहाँ यति नगरि त को नेता बनेको छ?

दुई ,चार बैक लुटौ, दुई, चार अपहरण

जसरी हुन्छ नयाँ पार्टी खोलौ

नेपाल बेरोजगार पार्टी

October 13, 2008 Posted by | कबिता | 1 Comment

टेक्स ( कर)

टेक्स ( कर) : स्यानु पाईजा

बाबाआमाले बिबहा दर्ता शुल्क

तिरेर हनिमुन मनाऊनु भयो ।

जन्म दर्ता गरेको रू ५० को पर्ची

लिएर मलाई जन्माको टेक्स तिर्नु भो

तर देशले कुन सुबिधा दियो ।

जन्मदै गरिबीको प्रमाण पत्र दियो

हामी गरिब छौ, भन्ने शिक्षा दियो

अनि हाम्रो शिक्षाले कै काम लाग्दैन

डिग्री पछि पनि बेरोजगार बस्ने ज्ञान दियो

साहेद त्यसैले होला, गरिबले पढनै छाडे

धनीले देशनै छाडे, देशको पैसा सकेर

बिदेशकै कामदार बन्न सिके ।

सरकारी स्कुलले पढाउनै छाडे

निजी स्कुलले नेपाली बोले फाईन तोके

देशले टेक्स बढि सुबिधा कम दियो ।

पच्चिस रुपैयाँको आबेदन फर्ममा

रू ५ को टिकट ताँसेर कर असुलेर

बल्ल म यो देशको नागरिक भएको प्रमाण दियो

म गरिब भएको प्रमाण दियो

हत्या हिंसा, हडताल बन्द, द्वन्द्,आतंक दियो

यहा सबैको मनमा हिनताबोध दियो

दुध सस्तो, पानी महंगो भएको देश बनायो

संसारकै जलस्रोतको दोस्रो धनी देश लाई

खडेरी र अन्धकारको देश बनायो

खाली पेत्तोलको पम्प बनायो

खल्तीमा पैसा बोकेर लाईन लाग्ने जनता बनायो

कृर्षी प्रधान देशमा अनिकाल र भोक मरि दियो

एक क्वीनटल चामल भन्दा, युरिया महंगो

किसानले खेतीनै गर्न नसक्ने देश बनायो

एक दिन यहाँ मृत्यु टेक्स लाग्ने छ

टेक्स तिर्ने पैसा नहुनाले यहाँ बृद्दाहरु

मर्नु पाउने छैन, बृद्दाहरुको देश बन्ने छ

एक दिन यहाँ दाहसंस्कार टेक्स लाग्ने छ

मरेको मान्छेको टेक्स कस्ले तिरीदिने ?

मरेका मान्छेको लास हरुको देश बन्नेछ ।

हामी नयाँ नेपाल होईन, हाम्रो नेपाल चाहान्छौ

सबैको मनमा यहाँ महेनत गरे सुन फल्छ

भन्ने शन्देस दिने शिक्षा दिने स्कुल चाहान्छौ

धनीले मात्र पढने स्कुल सक्ने होईन,

सबैले पढ्न सक्ने स्कुल चाहान्छौ ।

यो मेरो देश हो भनि सबैले गर्ब गर्ने देश चाहान्छौ

जनता माथी टेक्स थोपर्ने हरू

न्युनतम सुबिधाको बारेमा सोच्नुहोस

गरिब जनताले कति सुबिधा पाए

कति टेक्स तिर्न सक्छन ?

************************

October 13, 2008 Posted by | कबिता | 1 Comment

मिठो अचार चार

मिठो अचार चार -Sanu Paija

भष्टचार

दुराचार

बिभिचार

लोकचार

समाजका परचलित चार हरु

हाम्रै मौलिक चाँडबाड जस्तै हुन

हाम्रो वरिपरी धुमिरहन्छन

अचार जस्तै मिठा हुन

सबैको मुखै रसाउछन ।

यी चार नभए यहाँ के हुन्छ ?

यि चार भएन भने देश

देश रहन्न रे ।

यो माटो लाई लुट्न

बिदेशी छिर्नु पर्छ रे

बिदेशीको लुटाईमा

चेलीको सिन्दुर पुछिन्छ रे

अनि आमा हरु बिदेशीको

कोठी कोठीमा पुग्नु पर्छ रे

त्यसैले हामीले पनि

यी चार लाई जोगाकै छौ

आफ्नै बाट

बेचिएर

बलत्कार सहेर

शोषित भएर

दमित भएर

यो देश बचाएकै छौ।

यि चार चार लाई जोगाएर

भष्टचार

दुराचार

बिभिचार

लोकचार

*******************

October 13, 2008 Posted by | कबिता | 1 Comment

दशै

( यसपालीको दशैको सबैलाई अग्रिम शुभकामना सहित

हिसां रहित दशै मनाऔ। असोज ३ गते )

-स्यानु पाईजा

दशै

अब दशै पनि आऊँ छ

अब दशा पनि आऊँ छ

देबी देबताको नाममा बली चढाई

राक्षस बनाउने महान दिन आँउछ।

बढिबढाऊ बोल्दै बहादुर बनेर

अबोधको धाँटी छप्काउने दिन आँउछ।

गरिबको झुपडीमा दशै बनेर

बर्ष दिनलाई पुग्ने रिण आउँछ ।

किन हुन्छ दशै दशा जस्तो ?

किन हुन्छ दशै बाध्यता जस्तै ?

मेरो बारीमा अन्न मात्र किन फल्छ ?

मेरो बारीमा पैसा किन फल्दैन ?

मैले बारीमा पैसा फलाए भने

दशै दशा लाग्ने छैन ।

दशैमा कातमार भएन भने

दशै सँग मेरो गुनासो पनि हुने छैन ।

अब दशै पनि आऊँ छ

अब दशा पनि आऊँ छ

देबी देबताको नाममा बली चढाई

राक्षस बनाउने महान दिन आँउछ।

**************************

October 13, 2008 Posted by | कबिता | 1 Comment

छाँया चित्र

छाँया चित्र  : Sanu Paija

म मेरा छाँया चित्रमा

न मुस्कुराउन सक्छु ।

न रुनु नै सक्दछु ।

अद्श्य मनका धाऊहरु

न कसैलाई देखाउन सक्छु

एक्लो रातहरुको कथा

न आफ्नै हो भन्न नै सक्छु ।

म नाम बिर्सिएको मान्छे।

म गाऊँ बिर्सिएको मान्छे।

छायाँ चित्रमा सजिएको मान्छे

रातलाई यादमा सात्ने मान्छे

धण्टालाई रुपैयामा सात्ने मान्छे

यस सर, ओके सर, नो प्रोबलम

ओठमा रेकर्ड भएको मान्छे

मन भरि भावना हुदा हुदै पनि

एक शुन्यतता बोकेको मान्छे ।

म मेरा छाँया चित्रमा

न मुस्कुराउन सक्छु ।

न रुनु नै सक्दछु ।

****************

October 13, 2008 Posted by | कबिता | 1 Comment

धर्तिको स्वर्ग

धर्तिको स्वर्ग - स्यानु पाईजा पात्लेखेत-७, म्याग्दी

कुमारीको बैस जस्तै धौवलागिरी मुस्कराएको छ।

काखैमा कालिको पानी सल सल कल कल सुस्ताएको छ।

अन्नपूर्ण को काखै बाट झलमल्ल सूर्य झुल्किएको छ ।

डाँडा काँडा नै सुनको जस्तै बनाऊदै सूर्य अस्ताएको छ।

वाह् ! कुनै कबिको कबिता मा भन्दा सुन्दर मेरो गाँउ छ ।

आफैले आफैलाई सिगार्दै ऐना मा भुतुक्कै लजाएको छ ।

रातम्य पैञ्युँका फूलहरुले बैशाखे धुम्तो ओदाएको छ।

इण्देणीले पारीपाखा मा कति सुन्दर गेट बनाएको छ।

कुन चराको गीत सुन्ने ? कुन भाका मा पिरती सुन्ने ?

कुन फलको स्वाद चाखने? कुन फूलको सुवास लिने ?

कुन धाराको पानी पिऊने ? कुन चौतारीमा थकाई मार्ने ?

कुन अग्लो डाँडा बाट ? कुन छितिज लाई हेर्ने ?

रंग रंगका लाली गुँराश धकमक् फुल्ने फुलबारीमा

कुन फूल तिपी देउराली लाई कहाँ चढाऊ म ?

कुन ढुँगा मा चिप्लेटी खेलौ ? कुन भाकाको गीत लेखौ ?

बाँसुरी को धुनमा हाँसौ कि ? मारुनी को ताल मा नाचौ ?

हिउँद मा हिउँ को सेतै शिरबन्दी लाउने मेरो गाउँ छ।

कार्तिकमा पहेलै धानको सारीमा लहराउछन फाँतहरु ।

बैशाखमा हरियो चोलीमा सजिन्छन बनपाखा हरु ।

कुन सिजनको कुन शब्दले लेखिन्छन बयान बरु ।

बैशालु योवन जस्तै सुन्दर छ मेरो गाँउ ।

कविको कबिता भन्दा पनि सुन्दर छ मेरो गाँउ।

मन पर्नेको मुस्कान जस्तै मिठो छ मेरो गाँउ।

धर्तिकै स्वर्ग हो मेरो सुन्दर प्यारो गाँउ ।

************************************

October 13, 2008 Posted by | कबिता | 1 Comment

Follow

Get every new post delivered to your Inbox.