Mleadbeni's Weblog

स्यानो झ्याल : मलाई-आफुलाई-अरुलाई चियाउनुस

अन्तराष्टिय कनेक्शन

अन्तराष्टिय कनेक्शन

हेलो, तिम्रो कस्तो याद आउँछ ।

हिजो राती सपना मा देखेर बाँकी रात निद्रै लागेन

मेरो चिठी पाऊनु भो ? तपाई पनि फोटो पठाउनुसन

यता त सबै लाई एकदम ठिक छ, ज्यानको ख्याल गर्नु होला

हाम्रो कुकुर ले छाउरा छाउरी जन्माको छ, छ-छ वटा ।

हेलो, गिताको बुढोले मुबाईल पठाको रै छ ।

तपाई पनि एउटा राम्रो खाले पठाई दिनुस न ।

रुम बाटै कस्तो मायाको कुरा गर्छ उनिहरुले

मैले I Love U भन्नु पनि आलुको बिऊ रोपे भन्नु पर्छ ।

मेरो भाई पनि यू .के. गयो अस्ती ।

हेलो, मुबाईल पायौ ? सिम मिल्दा बित्तिकै फोन गर है ।

माईला अर्को महिना आउछ के पठाऊ तिमीलाई ?

सारी किनेको छु , धडी किनेको छु ,

आमा बा लाई लुगा किने को छु ।

पोको पारेर रेडी राखेको छु ।

हेलो, यताउता समान किन्ने होईन है ।

पहिला रिण तिरने हो अनि बल्ल अरु कुरा

यहा सबैले के के गरि सके ००००००० ??

रुष्मा ले २७ लाखको धडेरी किन्यो

बुढाबुढी बाईकमा हुईकिन्छ। तपाँई पनि छिटो गर्नुस है ।

हेलो, मेरै मुबाईल बाट फोन गरे को

सुन्नु त मुबाईल कस्तो राम्रो छ ।

मेरिनाले पनि यस्तै मागाउ छरे

मोडेल न. टिपेर लाग्यो ।

अब सजिलो भो आई लभ यू.. बाई

हेलो, पैसा पठाउनुन मोबाईल रित्तै छ के

हेलो, तुरुन्तै कल गर्नुस न अर्जेन्ट छ के

हेलो, नन्दिताको धर छेऊको धर बेच्दै छ

हामीले किनौ न है ? ०००००००००००००

भाईले पनि पोखरा मा ५५ लाखको जग्गा किन्यो ।

मोबाईल कति बिजि राखेको सुन न. तिप त।

आइएमइ मा हो है,,पैसा निकाले पछि फोन गर न

२ लाख छ के बढी खर्च नगरनु नी

यहाँ कमाई नै कम्ति छ के कहाँ बाट बढि पठाउनु

यै त यताउता गरेर पठाको हो !!!!

हेलो, संगिता त ईजराईल गई

हेलो, बिनिता हङकङ गई

हेलो, बरू तपाई पनि ईराक जानुहोस न

त्यो कमाई नै नहुने ठाँऊ मा के ? बस्ने ?

बिशाल पनि अमेरिका गयो

हेलो, मलाई पनि बाबाले यू .के. बोलाउनु भा छ ।

हेलो, म पुगे पछि तपाई लाई फोन गरि हाल्छु नी

हेलो, बाबा को यू०के को पि० आर० ओके भयो के

मेरो पक्का भो भने तपाईलाई पनि बोलाई हाल्छुनी

माईन् नगरनु ल पहिल्यै भनेन भनेर बाई बाई

(साहेद यो ने आखिरी कुराकानी होला) ???????

*************************************

September 22, 2008 Posted by | कबिता | 1 Comment

लाचार मान्छे

लाचार मान्छे

जन्म संगै जोडिएका बाध्यता हरु

सुनपानीको कुरा पत्याउनु पर्छ ।

मन्तरेको पानीले बोको मन्छाउनु पर्छ ।

धामी झांक्रीको फुमन्तर भरेको

जन्तर भिरेर हिड्नु पर्छ ।

फेरि त्यहि गीत सुन्नु पर्छ ।

हरियो गोबरले धर लिप् ।

लक्छिमी को पुजा गर ।

हे गाऊँले हो तिमी गरिब छौ ।

त्यसैले अझै धर गोबर ले नै लिप ।

पञ्चगाब्यमा मिसाएर खुवाउनु मिल्ने गोबर

धर लिप्दै मा के हुन्छ ?

गहुत छरेर , खुवाएर चोख्याउ

अक्कलमा धाँसो लागेको ओम्खरा झिकेर

मण्डलीको भाकल पुरा गर ।

तिमी यसरी नै नअल्मलिए

सन्सारले कस्लाई ऊल्लु बनाउछ ?

नुन पानीको चिया पिऊदा बरु ग्लानी हुन्न ।

सुनपानीले चोख्याउन लाग्दा जति हुन्छ ।

कुरितिले गाँजेको यो समाजमा

परालाईज भएर जन्मेको मान्छे ले

के नयाँ दिशा देखाओस ।

यो मान्छे यस्तै बिबशता बिच मर्छ ।

जन्म संगै जोडिएका बाध्यता हरु बिच

निसासिएर जिवनको अन्त हुन्छ ।

**************************

September 19, 2008 Posted by | कबिता | 1 Comment

कतिन्जेल चल्छ ?

स्यानु पाईजा

कतिन्जेल चल्छ ?

बिहानै घरमा झगडा यति टगडा

लुकि लुकि नहेर यो हो धरभित्रको झगडा ।

आज बिहानै बिहानै झिकि ठुलै बखेडा

हिजो पनि रहेछ, चाउ चाउ मुस्किलले पाकेको ।

मैले बिहानै चिया हो मागेको ०००००

आफु दिन भर लाईन लागेर थाकेको

ग्याँस नपाको झोकमा अलिकति चाखेको

लर्खरउदै आधा राति धर गाको ।

खाना नखाई हो बाहिरै सुतेको

अरुले देख्लान भनि सबेरै हो उठेको

तर घरको कुरा छताछुल्ल भयो ।

केबुलको लाईन भोलि कातिन्छ

मुबाईल ईनकमिङ मात्रै आऊछ

पप्पुलाई फिस नतिरे स्कुलले नआऊ भनेको छ

पानीको लाईन कातियो, बिजुली कातिन्छ

बाईक बेचेर पेट्टरोल पाईएन पार्किङमा छ भने

पहिले औठी बेचे, छिमेकि लाई हरायो भने

त्सपछि सिक्री सोधनेलाई चोरि भो भने

अब बेच्न लाईक के छ?

घडी बिक्ला, डेक बिक्ला, टिभी बिक्ला

दश बर्ष बिदेश बसेर कमाको

चार बर्ष मा कँगाल बनाउने शहर

बल्ल अब गाँउको याद आयो

बिदेशले नपत्याएको लुलो पाखुरा लाई

बाँझो खोरियाले बोलायो ।

लाज जोगाऊन म अझै भन्छु

मलाई मेरै गाँऊमा मर्नु मन लाग्यो ।

बैश छँदा , पैसा हुदाँ मैले माया मारेको

बारी का गह्ररा अनि काल्लाहरु ले

बदला लिएन , माया मारेन

सिस्नु को दालले मलाई पोलेन

गाँऊमा कहिल्यै दया मर्दैन

गाँऊले कहिल्यै माया मार्दैन

मर्ने बाहानामा भए पनि सबैले

सबैले गाँऊ फर्कनुहोस-०००००००

……………………………………………….

September 14, 2008 Posted by | कबिता | 1 Comment

बुढो बस्ती

बुढो बस्ती -स्यानु पाईजा

मेरो गाउँ एक पुरानो बस्ती

बुढो मान्छे खोकेको आवाज

स्याल रातै भरी रोयो ।

ऊल्लु एकहोरो कराई रह्य़ो ।

जुनकेरी मलाई हेपेरै

घर भित्र छिरर्य़ो ।

मेरै नाक वरीपरी धुम्यो ।

मुजा परेको अनुहार हेरेर

धित मरुन्जेल हाँस्यो ।

जुनकिरी पस्दा पनि मलाई

मन खिन्न लागेन ।

गैरी खेत बाँझै छ ।

गोरु पालेका छैन्न

बाँझो खेत डिङगा चह्ररे के भो?

मैले बध्याकरण गरेको थिएन ।

चार छोरा जन्माए कै हो ।

मैले पढ्न सकिन भनि

लैनो भैसी बेचेरै पढाए कै हो ।

तर यो गाँऊ अचेल

नशबन्दी गरेको मान्छेहरुको

गाँउ जस्तै छ ।

बाँझी आईमाईको कोख जस्तै छ ।

खोई कुन छोराको कति?

नाति नातिनी छन ।

नदेखेको , नसुनेको जुगनै भयो ।

दशैमा आशिश दिन पाकै छैन ।

बर्षौ भयो आशाको डोरी सम्हालेको

दश साल पहिले मैनाले एैना हेरेर

अझै एउटा बच्चा जन्माऊ भन्दा

मैले गाली नगरेको भए ।

साहेद मनमा पछुतो नहुदो हो ।

म सँगै रुने अरु कोई हुन्दो हो

मैना बित्दा म एक्लै रोए ।

म मर्दा रुने कोहि त हुन्दो हो ।

म मरे पछि पनि यहाँ

कोहि त हुन्दो हो ।

यो बुढो बस्ती मेरो मृत्यु सँगै

मान्छे बिहिन नहुदो हो ।

September 12, 2008 Posted by | कबिता | 1 Comment

   

Follow

Get every new post delivered to your Inbox.